Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1774




फलेवासमा व्यवसाय सचेतना तालिम शुरु
फलेवासमा व्यवसाय सचेतना तालिम शुरु

बैशाख १३, पर्वत । न्यून आर्यश्रोत भएका व्यक्तिहरुका लागि पर्वतको फलेवास नगरपालिकामा व्यवसाय सचेतना तालिम शुरु भएको छ । मंगलवार देखी शुरु भएको तालिम २० गतेसम्म सञ्चालन हुने जनाईएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पर्वत, लघु उद्यम विकास कार्यक्रम  क्षेत्रिय कार्यालय पोखराको सहयोग र ग्रामिण उद्यमशिलता विकास केन्द्र र चौतर्फी विकास श्रोत मन्च पर्वतको आयोजनामा तालिम शुरु भएको हो । तालिममा देविस्थन र मुडिकुवाका २० जना महिलाहरुको सहभागिता रहेको छ । तालिमको फलेवास नगरपालिका मेयर पदमपाणि शर्माले अवलोकन गर्नुभएको छ ।

अवलोकन पश्चात बोल्दै मेयर शर्माले महिलाहरुको तालिममा सिकेका सिपलाई व्यवहारमा लागू गरि उद्यमशिलता बन्न सुझाव दिनुभयो । नगरको ध्यान महिला र युवाहरु प्रति रहेको बताउँदै व्यवसायक बन्न आवश्यक पर्ने औजारहरु सहयोग गर्ने बताउनु भयो ।

साथै उहाँले नगरको बृहत विकासका लागि सबैले आ–आफ्नो ठाउँवाट सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा फलेवास नगरपालिका ६ देविस्थानका वडा अध्यक्ष भोलानाथ भुषाल, ठानामौलाका वडा अध्यक्ष मानवहादुर कुवँर , देविस्थानका वडा सदस्य राजकुमार क्षेत्री लगायतले महिलाहरु उद्यमशिल बन्न आग्रह गर्नुभएको थियो ।

१० दिन सम्म सञ्चालन हुने तालिममा महिलाहरुलाई स्वरोजगार बन्न आवश्यक पर्ने आधारभुत कुराहरु जानकारी गराईने छ । उक्त तालिममा सहजिकरण उद्यम विकास सहजकर्ता उषा पुर्जा र संगिता परियारले गर्नुहुने छ ।  

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)