Correspondent, ParbatNepal
8 years ago
1616
बैशाख १३, पर्वत । कमजोर आयस्रोत भएका महिलाहरुद्धारा गठीत कालिका बाख्रा पालन महिला समुहका महिलाहरुलाई बाख्रा हस्तान्तरण गरिएको छ । फलेवास नगरपालिका पशु शाखा खानीगाउँ र पाङराङ वडाको पहलमा २० बटा बाख्रा र एक बोका हस्तान्तरण गरिएको हो ।
बाख्रा बितरण पछि बोल्दै वडाध्यक्ष जित बहादुर सुनार‘शेरबहादुर’ले आय स्रोत कम्जोर भएकाहरुलाई एक छाक दिनु भन्दा जीवनभर छाक पाउँन सकने अभ्यास वडाले गरेको बताउनुभयो । उहाँले बाख्रोपालन गरेर व्यवसायीक बन्न पनि महिलाहरुलाई सुझाब दिनुभएको छ ।
हस्तानतरण कार्यक्रमका अतिथी वडा नम्वर ८ का वडाध्यक्ष मन बहादुर कुवंरले कार्यको प्रशसां गर्दै अन्य वडाहरुले पनि यस्ता कार्य अंगालनु पर्ने तर्क राख्नुभयो । उहाँले सवै वडाहरुमा भएका यी र यस्ता गतिबिधीहरु एकआपसमा आदनप्रदान गर्ने परम्पराको बिकास हुनुपर्ने धाराण राख्नुभयो ।
कार्यक्रममा कालिका बाख्रा पालन समुहका अध्यक्ष सरिता पौडेलले पशुसेवा शाखा र पाङराङ वडालाई समुहको तर्फदेखि धन्यवाद दिदैं उपस्थितहरुलाई मन्तव्य मार्फत स्वागत गर्नुभयो ।
बाख्रा उपहार पाउँदा समुहका महिलाहरुमा खुशिको सिमा छैन । वडाध्यक्ष जित बहादुर सुनार‘शेरबहादुर’को अध्यक्षतामा कार्यक्रम समपन्न भएको थियो भने कार्यक्रमको सञ्चालन फलेवास नगरपालिका पशु शाखाका प्रमुख बिष्णु बहादु पाण्डेको संचालनमा समपन्न भएको थियो ।
