Author
ParbatNepal
Correspondent, ParbatNepal
8 years ago
1832
गुराँस लाईफद्धारा अभिकर्ता उत्प्रेरणा तालिम
पुष ११ पर्वत -
पर्वत, वागलुङ र म्याग्दीका अभिकर्ताहरुलाई उत्प्रेरणा तालिम प्रदान गरिएको छ । गुराँस लाईफ ईन्स्योरेन्स कम्पनीको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो । सोमवार वागलुङमा तीनै जिल्लाका ९३ जनाको सहभागीतामा उत्प्रेरणा तालिम सञ्चालन गरिएको वागलुङ शाखा प्रमुख विष्णु तिवारीले जानकारी दिए ।
तालिममा कम्पनीका नयाँ स्किम, विमाका नयाँ नीतिगत व्यवस्था, नयाँ संरचनामा गर्नुपर्ने कार्यहरु र विमामा जनमानसको विश्वास वढाउने तरिकाको वारेमा जानकारी दिइएको तिवारीले वताए । तालिमको सहजीकरण गुराँस लाईफ इन्स्योरेन्स पोखराका मार्केटिङ प्रमुख श्यामप्रसाद तिमिल्सीनाले गरेका थिए । उनले तालिम लिएपछि अभिकर्ताहरुमा थप उर्जा मिलेको वताए ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2248
