Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1608




टौवामा आगोलागीका घटना बढेपछि कृषक चिन्तामा
टौवामा आगोलागीका घटना बढेपछि कृषक चिन्तामा

मङसिर ९, पर्वत । जलजला गाउँपालिका ४ मा पर्ने लुङदी र मोहनचोक क्षेत्रमा केहीदिनयता टौवामा आगोलागीका घटना बढेपछि कृषकहरु चिन्तामा परेका छन् । गाईभैसीको आहराका लागि घाँस भण्डारण गरेर राखिएको टौवामा एक पछि अर्को गर्दै नियोजित रुपमा आगोलागी हुन थालेपछि कृषकहरु त्रसीत भएका हुन् ।

केही दिनअघि मोहनचोकमा लक्ष्मी मल्लको टौवामा आगोलागी भएको घटना सेलाउन नपाउँदै शनिबार राती साढे ९ बजे लुङदीका रवी खत्रीको टौवामा आगोलागी भएको वडा अध्यक्ष भिष्म मल्लले बताउनुभयो । 

आगोलागीबाट मल्लको टौवामा रहेको करिब ९० बिटा पराल जलेर नष्ट भएको छ । यसअघि मल्लको टौवामा आगोलागी हुँदा करिब २० बिटा पराल जलेर नष्ट भएको थियो । उच्छीङखल गतिबिधि गर्ने, कृषकलाई दुख दिने र सताउने नियतले टौवामा आगजनी गरेको देखिएपछि त्यस्ता व्यक्तिहरुको प्रहरीको सहयोगमा खोजी र अनुसन्धानलाई तिब्रता दिएको वडा अध्यक्ष मल्लले बताउनुभयो । 


सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)