Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1871




गुप्तेश्वर बहुमुखी क्याम्पसमा खेलकुद प्रतियोगिता सम्पन्न
गुप्तेश्वर बहुमुखी क्याम्पसमा खेलकुद प्रतियोगिता सम्पन्न

पुष २० पर्वत -

पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ इकाई कार्य समिति गुप्तेश्वर बहुमुखी क्याम्पसको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको अवसरमा बास्केट बल, घैटो फुटाउने र म्युजिकल चियर सम्पन्न भएको नेपाल विद्यार्थी संघले जनाएको छ । 

घैटो प्रतियोगितामा स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्री विजेता बन्नुभएको छ । बास्केट बल प्रतियोगिता सुजन क्षेत्रीको समुह पहिलो भएको छ । त्यस्तै म्युजिकल चियर प्रतियोगितामा सम्झना पौडेल पहिलो, देवी नेपाली दोस्रो र रेस्मा हमाल तेसो हुनुभएको नेपाल विद्यार्थी संघ इकाई कार्य समिति गुप्तेश्वर बहुमुखी क्याम्पसका सभापति शिशिर पौडेलले जानकारी दिनुभयो । 

कार्यक्रमको उद्घाटन गुप्तेश्वर बहुमुखी क्याम्पसका प्रमुख सुवास पन्तले गर्नुभएको थियो । उद्घाटन शत्रमा बोल्दै पन्तले विद्यार्थी जिवन सँगै खेलकुद क्षेत्रलाई अगडी बढाउन विद्यार्थीलाई आग्रह गर्नुभयो 

नेपाल विद्यार्थी संघ इकाई कार्य समिति गुप्तेश्वर बहुमुखी क्याम्पसका सभापति शिशिर पौडेलको सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल विद्यार्थी संघ गुप्तेश्वरका सचिव सन्तोष पाठक र कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी संघ इकाई कार्य समिति गुप्तेश्वर बहुमुखी क्याम्पस उपाध्यक्ष अमृतप्रसाद पोखरेलले गर्नुभएको थियो । 


सम्बन्धित समाचार (जिल्ला )