Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1698




गण्डकी गोपाल गौशालामा भौतिक संरचना बिस्तार गर्न डिपिआर शुरु
गण्डकी गोपाल गौशालामा भौतिक संरचना बिस्तार गर्न डिपिआर शुरु

फागुन २७, पर्वत पर्वतको जलजला गाउँपालिका धाईरिङमा गण्डकी गोरक्ष गौशालालाई नेपालकै पवित्र तिर्थस्थल अध्ययन केन्द्रको रुपमा विकास गरिने भएको स्थानीय मौलिक गाईको संरक्षण गर्दै आएको गण्डकी गोपाल गौशला क्षेत्रलाई तिर्थस्थल, पर्यटकिय क्षेत्र बनाउने विश्वको ध्यान तान्ने योजना रहेको

 

गण्डकी गोपाल गौशाला सञ्चालक समितिका अध्यक्ष राजु आचार्यले गौशालालाई व्यवस्थित गर्ने, आश्रम स्थल बनाउने, मन्दिर निर्माण गर्ने लगायतका योजना रहेको बताउनुभयो २०७१ सालमा पञ्चकोटको परिकल्पना गर्दा ताका वटा गाई बाँधेर शुरु भएकोमा अहिले ३२ वटा पुगेका छन् गौशालाको विकासमा गत मंसिरमा आयोजना गरिएको महायज्ञबाट संकलित रकम, प्रदेश सरकार स्थानीय सरकारको अनुदान बाट भौतिक पूर्वाधार विकास गर्ने गरि डिपिआर निर्माण गर्न थालिएको आचार्यले जानकारी दिनुभयो एक महिनाभित्रमा डिपिआर तयार गरिने आचार्यले बताउनुभयो डिपिआर बनाएर गौशालामा भौतिक पूर्वाधारका काम शुरु हुने उहाँले बताउनुभएको

 

मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयन आचार्यको संकल्पमा २०७१ सालमा धाईरिङमा स्थानीयको सक्रियतामा गौशला निर्माण गरिएको थियो गाईको संरक्षण गर्ने गाईको महत्व मानिसहरुलाई बुझाउन गौशाला स्थापना गरिएको हो स्थानीय जातको गाई धार्मिक रुपमा मात्रै नभई बैज्ञानिक दृष्टिले पनि उपयोगी मानिन्छ धार्मिक कर्मकाण्डमा गाईको गोबर, गहुँतको प्रयोग हुँदै आएको आयुबेर्दिक उपचारमा गाईको गहुँत गोबरको प्रयोग हुने गरेको गाईको गहुँत नियमित सेवन गर्दा विभिन्न खालका जटिल रोगहरु निको हुने गरेको चिकित्सकहरु बताउँछन्

 

गण्डकी गोपाल गौशाला प्रसिद्ध कालञ्जर क्षेत्रमा रहेको हुनाले यो क्षेत्रलाई धार्मिक तिर्थस्थलको रुपमा विकास गर्न सकिने प्रसस्त संभावना स्थानीय बासिन्दाहरुको सक्रियतामा गौशाला निर्माण गरि भौतिक पूर्वाधार निर्माण गर्न थालिएकोमा गण्डकी प्रदेश सरकार स्थानीय सरकारले पनि आर्थिक रुपमा सहयोग गर्दै आएका छन्


सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)