Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1525




जलजला गाउँपालिका : हम्पालको कालाञ्जर क्षेत्रमा सडक पु¥याउँदै
जलजला गाउँपालिका : हम्पालको कालाञ्जर क्षेत्रमा सडक पु¥याउँदै

पर्वत । पर्वतको जलजला गाउँपालिकाले ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल हम्पालको कालाञ्जर क्षेत्रमा सडक पु¥याउन थालिएको छ । सामुन्द्रिक सतहदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको हम्पालमा जलजला गाउँपालिकाले धमाधम सडक पु¥याउन थालिएको हो । शालिजाको ओख्रेनी हुँदै हम्पालसम्म सडकको ट्रयाक खोल्न थालेकोमा अब डेढ किलोमिटर मात्रै रहेको गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो ।

धार्मिक, पर्यटकीय र आकर्षक ठाउँ भएपनि शालिजाको तारेबाट तीन घण्टा पैदल हिडेर मात्रै पुग्न सकिने हम्पालमा सडक पुगेपछि त्यहाँ जान सहज भएको छ । आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म कालाञ्जर भुमिलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा पहिचान बढाउन प्रचारप्रसार गर्ने र बिश्वभरका हिन्दुधर्मावलम्बीलाई भित्राउनका लागि आयोजना गरिएको बृहत महायज्ञलाई लक्षित गरेर गाउँपालिकाले हम्पालसम्म सडक पु¥याउने अभियान चलाएको हो ।

महायज्ञको मुल आयोजक समितिमा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) हुनुहुन्छ । जलजला गाउँपालिकाले हम्पालसम्म सडक पु¥याउनका लागि केही हप्ताअघि सम्पन्न गाउँसभाबाट २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

विभिन्न पुराणमा वर्णन गरिए पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै १०८ श्रीमदभागवत तथा विराट ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो । कालञ्जर पर्वतलाई बराहपुराणले भगवान् शिवको बासस्थानका रूपमा व्याख्या गरेको छ । तरपनि कालञ्जर पर्वत र यससँग जोडिएका अन्य तीर्थस्थलहरू प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको अध्यक्ष मल्लको गुनासो छ । कालीगण्डकी नदीसँग जोडिएको कालञ्जर पर्वतको जलजला र मोदी गाउँपालिकामा पर्दछ । यसको केही भाग म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग पनि जोडिएको छ ।

 

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)