Correspondent, ParbatNepal
8 years ago
1912
स्थानीय तहको निर्वाचनपछि गाउँ गाउँमा अहिले नगरपालिका र गाउँपालिकामा जनप्रतिनिधी वनेका छन् । जनताको आवश्यकता हेरेर अहिले योजना वनाउने, दैनिक प्रसासनिक काम गर्ने र दिर्घकालिन महत्वका योजनाहरु कार्यान्वयन गर्ने कार्य भैरहेका छन् । स्थानीय सरकारको रुपमा यि निकायमा रहेका जनप्रतिनिधीहरुले जनतालाई सेवा दिएका छन् । रोशन तिवारीले कुश्मानगरपालिकाका मेयर रामचन्द्र जोशी संग कुराकानी गरेका छन् ।
१) तपाईं मेयर भएपछि नगरको समग्र विकासमा तपाईंले के काम थालनी गर्नुभएको छ ?
हेर्नुस पर्वतका ७ स्थानीय तहमध्ये कुश्मा नगरपालिका जिल्लाका अन्य स्थानीय तहभन्दा विकासको दृष्टिले अगाडी छ । तैपनी हामीसंग समस्या र चुनौती भने नभएका हैनन् । जनताले चाँडै विकास होस भन्ने चाहन्छन् । मैले जनताको चाहना वुझेर विकासलाई कसरी तिव्रता दिन सकिन्छ भनेर पहिले दिर्घकालिन र अल्पकालिन योजना वनाउन समय दिएको छु । नगर प्रमुखमा निर्वाचित भएपछि पहिलो बैठकबाट नगरपालिकाभित्रका मुख्य–मुख्य चोकमा सौर्यबत्ती राख्ने निर्णय गराए । यहाँ अहिले पनि एक घर एक धारा भएको अवस्था छैन । एक घर एक धारा अभियान पनि पहिलो बैठकमै निर्णय गरेर अगाडी बढाएको छु । मैले हरेक वडा कार्यालय खोल्ने काम गरेको छु ।
२) यी योजनामध्ये प्राथमिकताका योजनाहरु के के हुन् ?
सदरमुकाम वाहेक अन्य ठाउँमा पक्कि वाटो छैन । शिक्षा, स्वस्थ्य, विद्युत, खानेपानीको पहुँच सदरमुकामका नागरिकहरुले सहज रुपमा उपभोग गरेपनि गाउँका नागरिकहरुले पाएका छैनन । सबैलाई समान रुपमा सेवाको पहुँच दिने मेरो ध्येय छ । पाँच वर्षभित्र सबै वडामा पक्कि सडक वनाउने मेरो प्राथमिक योजना छ । हरेक घरमा एक धारा पु¥याउने, प्रत्येक वडामा प्राविधिक शिक्षालय वनाउने, हरेक स्वास्थ्यचौकीमा सहज रुपमा औषधी र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने, विद्युतका काठेपोल पुरै फेरेर फलामका पोल हाल्ने, पर्यटन प्रवद्र्धन गरि गाउँ गाउँमा आयआर्जनमुलक उद्यम सञ्चालन गर्ने योजना छ ।
३) यी योजना सम्पन्न गर्न नगरपालिकालाई कति बजेटको आवश्यकता पर्छ र त्यसका स्रोतहरु के के हुन् ।
हामीले स्रोतको समुचित प्रयोग गर्ने हो भने हामीलाई स्रोतको कमी छैन । हाम्रो जिल्लामा जलविद्युत आयोजना प्रर्याप्त छन् । विद्युत रोयल्टीले मात्रै पनि हामीले नगरपालिका चलाउन सक्ने अवस्था छ । मोदीखोलामा सात वटा जलविद्युत दर्ता छन् । तीन वटा त कुश्मा नगरपालिकाभित्र पर्छ । त्यसबाहेक कालीगण्डकी नदी, पर्यटकिय क्षेत्र, कृषि, जडिबुटी लगायत नै नगरका मुख्य स्रोत हुन् । मालपोत, एकिकृत सम्पतीकर र विद्युत रोयल्टी मुख्य आर्थिक स्रोत हो । कृषी क्षेत्र, वनजन्य उद्यम, जडिबुटी लगायत नै नगरका मुख्य स्रोत हुन् । मालपोत, एकिकृत सम्पतीकर र विद्युत रोयल्टी मुख्य आर्थिक स्रोत हो ।
४) अहिले स्थानीय तहले स्थानीय सरकारको रुपमा भूमिका निर्वाह गर्नुपर्ने संवैधानिक व्यवस्था छ, यो भूमिकालाई प्रभावकारी ढंगले सम्पादन गर्न केके चुनौती देख्नुहुन्छ ?
केन्द्रमा सरकार भएजस्तै स्थानीय तहमा हामी सरकारको भुमिकामा रहेका कारण हामीलाई पनि स्थानीय सरकारको अधिकार दिनुपर्छ भन्ने हो । हामीले जनतालाई सिंहदरवारको अधिकार गाउँसम्म भन्ने नारालाई पुरा गर्न सकेका छैनौँ । हामीले कर्मचारी अभाव झेलिरहेका छौँ । जनतालाई भने जस्तो सेवा दिन सकेका छैनौँ । हामीले सरकारको भुमिका खेल्न नसक्नुको अर्को कारण म अल्पमतमा छु । नगर प्रमुखले केही निर्णय नै गर्न सक्दैन । अब नेपाली काँग्रेसबाट निर्वाचित भएपनि म साझा व्याक्ति भएको छु । म कुनै पार्टिको टिकट ल्याएर आएको भएपनि म साझा हुँ भनेर काम गर्न पाएको छैन । मैले यो वा त्यो, पक्ष वा विपक्ष भनेको छैन । तर नगर कार्यपालिकामा एमालेको वहुमत हुँदा मैले संवैधानिक अधिकार सही रुपमा प्रयोग गर्न पाएको छैन । त्यैपनी सेवामा मैले कुनै कसुर वाँकि राखेको छैन । मेरो स्वार्थका लागि नभएर नगरवासीहरुको हितमा काम गरेको छु ।
५) स्थानीय तहमा राजनीतिक दलहरुलाई विकासको मुद्दामा सहभागी बनाउन तपाईंको भूमिका के हुन्छ ?
यहाँका सबै दल एक नहुँदा नगरबासीका आशा र अपेक्षा पुरा हुन सक्दैनन । एकैपटक सबै काम गरेर मैले पुरा गर्न त सक्दिन । राजनीतिक दलहरुमा जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने राम्रो थाहा छ । जनतालाई विकास दिन राजनीतिक दल एकमत भएर लाग्नुपर्छ भनेर मैले आफ्नो पदको हैषियतले सहजीकरण गरिरहेको छुु । राजनीतिक रुपमा वजेटको वाँडफाँड गर्नुहुन्न हामीले जनताको आवश्यकताको आधारमा वाँडफाँड गर्नुपर्छ, योजना छनौट गर्दा तल्लो स्तरका गर्नुपर्छ भनेर राजनीतिक दलका साथीहरुलाई भनेको छु । सबैका मागलाई अहिले नै समाधान गर्न नसक्नु अहिलेको मुख्य चुनौतिका रुपमा लिएको छु । यस्ता समस्यालाई राजनीतिक रुपमा नभई आवश्यकताका रुपमा वुझनुपर्छ भन्ने मेरो मान्यता हो ।
६) तपाईंको नगरलाई अन्य नगरभन्दा फरक नगरको रुपमा विकास गर्न नगरमा भएका सम्भावनाका क्षेत्रहरु के के हुन् ?
मैले हाम्रो नगरपालिका अरुभन्दा फरक छ भनेर मैले भन्न पर्दैन । कुश्मा चिनाउन धेरै टाढा जानुपर्दैन । मुलुककै अग्ला पुलको शहरका रुपमा कुश्मा चिनिएकै छ । कुश्मामा पर्यटकीय माध्यमबाट धेरै विकास गर्न सकिन्छ । अग्ला पुलसँगै चर्चित गुफाहरु यहि छन् । कालीगण्डकी नदीमाथि बञ्जीजम्प निर्माणको क्रममा छ । कालीगण्डकी राजमार्ग निर्माणाधिन छ । कुश्मा धौलागिरीकै प्रवेशद्धार पनि हो । मुस्ताङसम्म जाने पर्यटकलाई कम्तीमा पनि एक रात कुश्मामा राख्ने ब्यवस्था मिलाउन जरुरी छ । अहिले मुस्ताङ जाने अधिकांश पर्यटकहरु कुश्मा झरेर अग्ला पुलसहित यहाँका पर्यटकीय क्षेत्रको अवलोकन गरेर फर्कने गरेका छन् । यो सकारात्मक पाटो हो । स्थानीय, राष्ट्रिय तथा बिदेशी लगानीलाई कुश्मामा भित्राउन पहल गर्ने, उर्जा, पर्यटन, कृषिका साथै उत्पादनमुलक उद्योग र नयाँ प्रविधि एवम् ब्यापारयोग्य सेवाहरुमा आकर्षित योजना ल्याउने सोचमा छु यो भयो भने हामी अरु भन्दा धेरै फरक र धेरै समृद्ध वन्छौँ । उन्नत बीउ, कर्जा, बीमा, बैकल्पिक उर्जा, साना जलबिद्युत र सिंचाईका आयोजनाहरुमार्फत उत्पादकत्व बढाउने, बैदेशिक रोजगारबाट फर्केका तथा जान तयार युवालाई सीप दक्षता, पुँजी र रेमिट्यान्सलाई उत्पादनमुलक प्रयोजनमा लगानी गर्ने कुश्मामा उत्पादकत्व बढाएर समृद्धि गराउने मेरो परिकल्पना रहेको छ ।
७) लामो समयदेखि स्थानीय निकाय कर्मचारीले सञ्चालन गर्दै आइरहेको अवस्थामा हाल जनप्रतिनिधि निर्वाचित भएर आउँदा काम गर्न कर्मचारीसँग समन्वयको समस्या छ कि छैन ?
जनप्रतिनिधी र कर्मचारीहरुको वीचमा द्धन्द भयो भने सेवा प्रवाह प्रभावित हुन सक्छ भन्नेमा म सचेत छु । शुरुमा हाम्रो कर्मचारीहरुका वीचमा जनप्रतिनिधीहरुको सम्वन्ध निकै राम्रो छ । उहाँहरुमा प्रसासकिय क्षेत्रमा लामो अनुभव छ । हामी समाज र जनआकांक्षाका वारेमा अनुभवी छौँ । हामीले यि दुर्व अनुभवहरुको समायोजन गरेर काम गरिरहेका छौँ । कर्मचारीहरुले जनताको चाहना अनुसार काम गर्न पाउनुपर्छ भनेर मैले भन्ने गरेको छु । मेरो उदेश्य आफुले पनि एक रुपैयाँ भष्ट्रचार गर्दिन र कर्मचारीहरुले पनि एक रुपैयाँ भष्ट्रचार गर्न पाउन्न भनेर मैले पहिलो वैठकमै कर्मचारी संग वसेर प्रतिवद्धता जाहेर गरेको छु । कर्मचारी लाई द्धिविधा भएको कुरा जनप्रतिनिधी र जनप्रतिनिधीलाई अप्ठ्यारो लागेको कुरा कर्मचारीलाई सोधेर सहजीकरण गर्ने काम गछौँ । हामीहरुको वीचमा सुमधुर सम्वन्ध छ ।
