Correspondent, ParbatNepal
7 years ago
6357
पर्वत
जिल्लाको जलजला गाउँपालिकामा
जन्मिएका नरवहादुर रोका हाल
नेदरल्याण्डमा छन् ।
विभिन्न संघ–संस्थामा
आवद्ध भएका रोकाले
सामजिक तथा रचनात्मक
काम गदै आएका
छन् । हाल
उनी पर्वत समाज
नेदरल्याण्डका तदर्थ समितिका
अध्यक्ष हुन् ।
जिल्लाको विकास र
समृद्धिको यात्रामा सहयोग पु¥याउने उद्देश्यले
गठन गरिएको पर्वत
समाज नेदरल्याण्डले केही दिनमा
पुर्णता पाउने छ
। संस्थाको अवस्था, यसले गर्ने
काम र नेदरल्याण्डमा
नेपालीको अवस्था र
प्रवासी पर्वतलीहरुको भूमिकाका विषयमा हाम्रा
पर्वत नेपालका प्रतिनिधी साजन परियारले
गर्नुभएको कुराकानी ।
पर्वत समाज नेदरल्याण्डले के काम गर्छ ?
‘जननी जन्मभूमि स्वर्गदपी गरियसी’ अर्थात जन्मदिने आमा जन्मभूमि सवैका लागि उत्तिकै महान हुन्छन् उत्तिकै प्रतिभाशाली पनि । हामी नेदरल्याण्डमा पनि थुप्रै पर्वतेली नेपाली दाजुभाई छौँ । जो जन्मभूमिभन्दा निकै टाढा । हामीमा जन्मभूमि प्रतिको माया र सद्भाव अथह छ । त्यसैले पनि जन्मभूमिप्रति केही गरौँ भन्ने सोच म लगायत यहाँका पर्वतेलीे दाजुभाईहरुको समुहवाट उठेको भाव हो । विशेष गरि पर्वतेली दाजुभाईहरुलाई एकतामा बाँधेर समुन्नत समाज निर्माण गरि समृद्ध पर्वत निर्माणमा सहयोग पु¥याउने उद्देश्यले पर्वत समाज नेदरल्याण्ड गठन गरेका हौँ । अन्तराष्ट्रिय पर्वत समाजको उपशाखा हो । ‘यसले पर्वत जिल्लाको विकास र समृद्धिमा टेवा पु¥याउने छ –उनले भने, ‘हामीले खाजा खान छुट्टाएको रकम जोगाएर जन्मभूमिप्रति केही गरौँ भन्ने सोच बनाएका छौँ ।’
जलजलाका पहिरो पीडित राहात वितरण गदै पर्वत समाज नेदरल्याण्ड अध्यक्ष नरवहादुर रोका
त्यहाँ पर्वतेहरु कति छन् र
उनीहरुको अवस्था कस्तो छ ?
संख्याको हिसावले यहाँ पर्वतेलीहरु थोरै छन् । तर, एकता र भावनात्मकले हामी सवैभन्दा अगडी र नजिक छौँ । हामी यहाँ सवै दाजुभाई जस्तै मिलेर बसेका छौँ । यहाँ पर्वत जिल्लाको आर्थिक, सामजिक, साँस्कृतिक लगायत शिक्षा, स्वास्थ्यका विषयमा छलफल भईराख्छ । यसले गर्दापनि मातृभूमिप्रतिको माया र सद्भावले हामीलाई पे्ररित गरिराखेको छ । अर्का कुरा नेदरल्याण्डमा बस्ने पर्वतेमात्र होईन यहाँ बस्ने नेपालीको जीवन सुखद् नै छ । पर्वत जिल्लामा जन्मिएर नेदरल्याण्डमा बस्ने पर्वतेले जिल्लाको मात्र होईन नेपालकै गरिमा बढाएको मैले महशुस गरेको छु । पर्वतेहरु विभिन्न संघसंस्थामा आवद्ध छन् । ठुला–ठुला व्यापारी छन् । रोजगारीको अवस्था र मुल्याङकनमा पनि पर्वतेहरु अव्वल ठहरिन्छन् । गैर आवसिय नेपाली संघ नेदरल्याण्डको अध्यक्षमा पनि पर्वतेकै हुनुहुन्छ । त्यस्तै प्रवासी नेपाली मञ्च, जनसम्पर्क समिति, प्रवासी नेपाली एकता समाज लगायत अन्य संघसंस्थाको पनि पर्वतेहरु अग्रपंक्तिमा छन् ।
त्यसैले पनि जन्मभूमिप्रति केही गरौँ भन्ने सोच म लगायत यहाँका पर्वतेलीे दाजुभाईहरुको समुहवाट उठेको भाव हो विशेष गरि पर्वतेली दाजुभाईहरुलाई एकतामा बाँधेर समुन्नत समाज निर्माण गरि समृद्ध पर्वत निर्माणमा सहयोग पु¥याउने उद्देश्यले पर्वत समाज नेदरल्याण्ड गठन गरेका हौँ ।
यहाँहरुले जलजलाका पहिरो पीडितको घर बनाउनु भयो , यो कसरी सम्भाव भयो ?
सामाजिक विकास र समाज परिर्वतको चाहाना सवै नागरिकमा छ । नागरिकहरु व्यक्तिगत रुपमा यस्तो चाहाना पुरा गर्न सक्दैन । ‘एक थुकी सुकी, सय थुकी नदि’ भनेजस्तै एक्लैले जलजलामा घर बनाउन सम्भाव थिएन । हामी रोजगारीको सिलसिलामा नेदरल्याण्डमा रहेका पर्वतेलीको सहयोगमा जलजला गाउँपालिका–७ धाइरिङ लस्तीका पहिरोपीडितका लागि घर निर्माण गरिएको हो । गत साउन १ गते रातिको बर्षातका कारण पहिरोले क्षति पु¥याएको विस्थापित लक्ष्मी शर्माको घर निर्माण गरि हस्तान्तरण गरेका थियौँ । नेदरल्याण्डमा रहेका पर्वतेलीवासीको आर्थिक सहयोगमा शौचालय सहित तीन कोठे घर निर्माण गरि हस्तान्तरण गरिएको थियो । यस घर निर्माण गरेपछि नेदरल्याण्डमा बस्ने पर्वतेलीहरुमा एकता छ भन्ने सन्देश दिएको थियो । अर्का कुरा पर्वतेलीहरु आफ्नो जन्मभूमिप्रति बफादार छ भन्ने कुरा पनि पुष्टि गर्छ ।
जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल सँग रोका
संस्थाका भावी रणनिति के–के छन् ?
पर्वत समाज नेदरल्याण्डले पर्वतको विकासमा सहयोग पु¥याउने उद्देश्यले स्थापना भएको संस्था हो । हामीले कोष स्थापना गरेका छौँ । कोषलाई बढाउँदै लगेका छौँ । केही दिनमा संस्था दर्ता गर्ने तयारीमा छौँ त्यसपछि यसले आफ्नो कामलाई तिव्र रुपमा अगडी बढाउने छ । संस्थाले पर्वत जिल्लाको समस्यालाई आफ्नो पहिलो प्राथमिकतामा राखेर काम गर्छ । पर्वतका नागरिकहरुको हकहित, उन्नति, प्रगतिमा मात्र होईन । जिल्लामा आउने भईपरि समस्यामा पनि सहयोग गर्छ । त्यतिमात्र होईन जिल्लाको विकासमा निर्माणमा समेत काम गर्ने हाम्रो चाहाना छ ।
यहाँहरुले अन्तराष्ट्रिय पर्वत समाजसँग यहाँहरुले कत्तिको समन्वय हुन्छ ?
अन्तराष्ट्रिय
पर्वत समाज हाम्रो
माउ संस्था हो
। पर्वतको समृद्धि
र विकासमा सहयोग
पु¥याउने उद्देश्यले
अन्तराष्ट्रिय पर्वत समाजले भर्खरै
दुवईमा बृहत
भेला आयोजना गरि
९ बुँदे घोषणपत्र
जारी गरेको छ
। यसले पर्वत
जिल्लाको समृद्धिमा टेवा पुग्ने
विश्वास लिईएको छ । पर्वत जिल्लाको फलेवास
नगरपालिका सँगै
जलजला र पैयु
गाउँपालिका प्रसुती निर्माण गर्ने
कुराले हामीलाई उत्साहित बनाएको
छ । हामी
भुगोलले जहाँभएपनि आफ्नो मातृभूमिप्रति
कर्तव्य निष्ठावान छौँ भन्ने
सन्देश यो भेलाले
दिएको छ । पर्वत समाज नेदरल्याण्ड
पनि यस संस्थाको
एउटा अभिन्न्न अंक
हो । यसले
गर्ने हरेक गतिविधीले
अन्तराष्ट्रिय पर्वत समाजलाई सहयोग
गर्न । समन्वय
गर्छ ।
अन्तराष्ट्रिय पर्वत समाजले दुवईमा आयोजना गरेको बृहत भेला तथा साँस्कृतिक कार्यक्रममा सहभागी जनाउँदै रोका
जिल्लाको विकासमा प्रवासी पर्वतेलीहरुको कस्तो भूमिका हुन्छ ?
देशले
अव कथन सुन्ने
होईन कारण खोज्ने
बेला आएको छ
। समृद्ध नेपाल
बनाउन तपाई हामी
सवैको दायित्व उत्तिकै
छ । यो
अभियानमा सवै आ–आफ्नो ठाउँवाट जागरुकताका
साथ लाग्नुपर्ने अवस्था
छ । समृद्ध
पर्वत निर्माणमा प्रवासी
पर्वतेलीहरुको भूमिका पनि उल्लेखनिय
छ । पर्वतको
ईतिहासमा देशको सार्वभौम र
राष्ट्रियतालार्ई अक्षुण उल्लेख्य योगदान
गरेर पर्वत जिल्लाको
विकासका पर्याप्त सम्भावनाहरु बोकेको
छ । त्यसो
त प्राकृतिक स्रोत
सम्पदा र जैविक
विविधताको हिसावले समेत पर्वत
जिल्ला धनी मानिन्छ
।यस जिल्लामा स्थानीय
सरकारका तर्फवाट जनतामा सेवा
पु¥याईरहेको छ
। जिल्लाको विकासमा
प्रवासीको सहभागिता मौसमी बहसमात्र
नभएर हरेक कोणवाट
अपरिहार्य बनेको छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
भौगलिक दुरीले हामी जिल्लाभन्दा धेरै टाढा छौँ । तर, जिल्लाप्रति हेर्ने हाम्रो दृष्ट्रिकोण फरक भएको छैन । मातृभूमीप्रतिको माया मुटु भन्दा पनि प्यारो छ । पर्वत जिल्लाले समृद्धिको यात्रा थालेको छ । यो यात्रामा प्रवासी पर्वतेलीहरु लागेका छौँ । समृद्ध जिल्ला बनाउन सवै आ–आफ्नो ठाउँवाट लाग्यौँ । साथै आफ्नो विचार राख्न दिएकोमा पर्वत नेपाल अनलाईनलाई धैरै–धेरै धन्यवाद । पर्वत जिल्लाको समृद्धिमा पर्वत नेपाल अनलाईनले महत्वपूर्ण भूमिका खेलेको छ । प्रवासीहरुलाई आफ्नो जन्मभूमीप्रतिको माया यस अनलाईनले बोध गराएको छ आफ्नो विचार राख्न दिनुभएको साजन भाई लगायत अनलाईनका सम्पूर्ण टिमलाई धन्यवाद दिनचाहान्छु ।
