Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

3036




‘सालको पातको टपरी’ बोलको गित सुपर हिट हुनुका कारण कुलेन्द्रले खोले
‘सालको पातको टपरी’ बोलको गित सुपर हिट हुनुका कारण कुलेन्द्रले खोले

नेपाली लोक गीतको क्षेत्रमा कुलेन्द्र विश्वकर्मा नयाँ नाम होइन यो नाम झण्डै ढेड दशकदेखि नेपाली संगीतमा छाएको लोक दोहोरी क्षेत्रमा सफल अनि कुसल गायकमा पर्छन् कुलेन्द्र विश्वकर्मा कुलेन्द्र विश्वकर्मा  पछिल्लो समयका चर्चित गायक हुन् पर्वतको महाशिला गाउँपालिका लुङखुमा जन्मिएका गायक विश्वकर्मालाई गायन क्षेत्रले उनलाई नाम, दाम काम सबै दिएको पछिल्लो समय उनले गाएकोसालको पातको टपरी हुने हे बरै सल्लैको नहुने गीतले यति बेला धेरैको मन जितेको तीन महिनाअघि युट्युबबाट सार्वजनिक भएको गीत आजकाल हरेक समारोह तथा भोजभतेरमा घन्किने गरेको नाच्न उपयुक्त मानिएको यो गीतले युट्युबमा पनि उधुम मच्चाएको । युट्युबमा सबैभन्दा बढी हेरिएको लोक दोहोरी गीतको रेकर्ड यसले राखेको नेपाली लोक दोहोरी गीतको इतिहासमै युट्युबमा यो गीतले नयाँ रेकर्ड बनाएको हो यसै विषयमा पर्वत नेपाल डट कमले गायक कुलेन्द्र विश्वकर्मा सँग केही समसायिक कुरा गरेको

सालको पातको टपरी ========= बोलको गीत के कारणले चर्चित भयो

संग के कारणले चर्चित भयो भन्ने उत्तर छैन स्रोताले रुचाउने कुरा हो उहाँहरुले रुचाउनुभयो स्रोताले रुचाउनुका पछाडीका कारणहरु भने मैले भन्न सक्छु जस्तै यो गितको लय फरक संगित पनि जुनसुकै मोडमा सुन्दा पनि रमाउने खालको साना देखि ठुलो उमेरकाले पनि नाच्न सक्ने खालको संगीत, शब्द , लय , भिडियो सबै अंग बलिया भएकोले जतिचोटि सुन्दा पनि झन्झटिलो छैन यिनै कारणहरुले चर्चित भयो भनेर मैले सुन्ने गरेको छु

यो गित स्रोताले सुनेर कस्तो प्रतिक्रिया दिईरहेका छन्

स्रोताहरुले यो गितले सबै खाले गित सुन्ने स्रोतालाई समेट्यो भन्ने प्रतिक्रिया मैले सुनेको छु यो गितमा कुनै उत्ताउलो भाव छैन् शब्दहरु पनि गहकिला छन् संगीत झर्रो छैन् मेला महोत्सवमा पुग्दा मैले यो गित गाउनै पर्ने बाध्यतामा पर्छु अहिलेसम्म राम्रो गित भनेर स्रोताको प्रतिक्रिया आएको

अरु लोकदोहोरी गित यो गितमा रहेको भिन्नता के के हुन

अरु गितभन्दा एकदमै फरक हैन तर, केहि भिन्नता पक्कै छन् अन्त्यानुप्रास मीठो भएको थेगो लेखनशैली फरक हे बरै.... थेगो वा शैलीलाई मेलोडीमा ढालिएको हाम्रो गाउँघरमा पाईने ठेनपनलाइ गितले छोएको मौलिकपनलाई समेटेको यो गितमा मैले विष्णु माझीले स्वर दिएका छौँ संगित बसन्त थापाको भिडियोमा बसन्त थापा सहित मरिस्का पोखरेल हुनुहुन्छ गुणस्तरिय छायाँकनलाई हामीले प्रयोग गरेका छौँ नवराज पन्तका शब्दहरु दम्दार भएका कारण पनि अरु भन्दा केहि भिन्न


कुलेन्द्र विक बसन्त थापाको यो गितमा कस्तो सम्वन्ध

हामी दुई जना मित हौँ हामी बिच जति सुमधुर सम्बन्ध यो गित संग पनि हाम्रो त्यस्तै राम्रो सुमधुर सम्बन्ध मलाई उहाँले लौ यस्तो गित गाउँ भन्नुभयो संगै मिलेर गित बजारमा ल्यायौँ हामी दुईजनाको एउटा संयूक्त मिहेनत भएकाले हामी बिचमा संगित लयको जस्तो सम्बन्ध त्यस्तै सम्बन्ध जस्तो लाग्छ कुलेन्द्र बसन्तले बराबर मिहेनत गरेर नै यो गित चर्चामा आयो भन्ने लाग्छ

तपाईको यो गितले सदाबहार छवि बनाउला कि हराउला

यो गित क्षणिक रुपमा मात्रै चर्चामा रहने पछि हराउने खालको छैन यो गितले एउटा पन बोकेर आएको यो गित स्रोता दर्शकका बिचमा कालजयी बन्ने विश्वास

 गित संगित हिट हुन के कुरा महत्वपूर्ण हो भन्ने लाग्छ

कुनै पनि गितमा संगीत, शब्द , लय नै उत्कष्ठ हुनुपर्छ सुन्दा बित्तिकै मान्छेको मनले ग्रहण गर्ने खालको हुनुपर्छ सिर्जना गर्ने व्यक्तिमा जाँगर हुनुपर्छ   मान्छेको भावनामा बहकिएर सृजना सबै हिट बन्न सक्छन्


यो गित पछि विष्णु माझी कहाँ होलिन भनेर खोजी भएको भन्ने सुनिन्छ नि

हुनसक्छ फेरि विष्णु माझीको जहिले पनि खोजी भैरहेकै थियो यो गितपछि उहाँलाई सबैले स्टेजमा पनि देख्न चाहे  खोजी बाक्लियो होला उहाँको विषयमा हामीले खासै जान्न खोजेनौँ तर स्रोता दर्शक उहाँको परिवारले आम कलाकार जस्तै बाहिर देखिए हुन्थ्यो भनेर खोजी गरेका होला मैले बिष्णु माझीका बारेमा धेरै जानेको पनि छैन व्याक्तिगत सावलमा बोल्नु उपयुक्त पनि नहोला

अन्तमा पर्वत नेपाल डट=कम=लाई के भन्न चाहानुहुन्छ

पर्वतको एउटा कलाकार पर्वत नेपाल डट=कम. भन्ने नाम सुन्दा बित्तिकै मलाई आफ्नोपनको आभास भैहाल्यो मलाई आफ्नो गितको बारेमा जानकारी लिएर स्रोतामाझ पु¥याउन खोजेकोमा धन्यवाद दिन्छु संधै कलाकारिता कलाकारको बारेमा यसरी चासो चिन्ता लिएर कुराकानी गर्नुहोला यहाँहरुको सहयोगको अपेक्षा सहित धन्यवाद दिन चाहान्छु

गितको भिडियो हेर्नुहोस् 




सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( अन्तर्वार्ता)