Correspondent, ParbatNepal
6 years ago
2565
अन्तराष्ट्रिय पर्वत समाजले पर्वत जिल्लाको समृद्धि र विकासमा काम गदै आएको छ । प्रवासमा रहेका पर्वतेहरुका साझा संस्थाका रुपमा स्थापित यस संस्थाले पर्वतको विकास सँगै जिल्लामा भैपरी आउने समस्या परेका नागरिकहरुलाई सहयोग गदै आएको छ । समुन्नत पर्वत निर्माणको पवित्र उद्देश्यले स्थापना भएको समाजको गत असोजमा भएको दोस्रो अधिवेशनले झलक केसीलाई बरिष्ठ उपाध्याक्षमा चयन गरेको छ । पर्बत जिल्ला जलजला गाउँपालिका–८ नाग्लिवाङमा जन्मिनुभएको केसी लामो समयदेखी सामजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । हाल बेल्जियममा बसोबास गर्ने सफल व्यवसायी केसीले पर्वत समाज बल्जियमका अध्यक्ष समेत हुन् । अन्तराष्ट्रिय पर्वत समाजका गतिविधी सँगै जिल्लाको विकासमा प्रवासीहरुको भूमिका विषयमा पत्रकार साजन परियारले गरेको कुराकानी :
तपाई बरिष्ठ उपाध्याक्षमा चयन हुँदा कस्तो महशुस भएको छ <
अन्तराष्ट्रिय पर्वत समाजको दोस्रो अधिवेशनवाट सर्वसम्मत रुपमा बरिष्ठ उपाध्याक्ष भएको छु । बरिष्ठ उपाध्याक्षमा चयन हुँदा उत्साहित तुल्याएको छ । सामाजिक काम गर्न अझै उत्साहित भएको छु । अघिल्लो कार्यकाल उपाध्याक्ष पदमा बसेर काम गरेको अनुभव संगालेको छु । समाजसेवामा मेरो लगाव देखेर नै साथीहरुले मलाई यो जिम्मेवारी सुम्पेजस्तो लाग्छ । साथै आफूलाई सुम्पिएको जिम्मेवारी बहन गर्न प्रतिबद्धता छु । प्रवासी पर्वतेसँग अझै धेरै भिज्ने मौका मिलेको छ । जन्मभूमि
प्रति आफ्नो दायित्व त छँदै थियो अझै जिम्मेवारी थपिएको महसूस गरेको छु । साथै यस पदलाई मैले काम गर्ने अवसर र चुनौतिका रुपमा लिएको छु । यस संस्था शिशु अवस्था मै छ । बामे सदै छ । त्यसैले हामी देश बिदेशमा रहेका साथीहरू सँग हातेमालो गरेर काम गर्न तयार गरिरहेको छु ।
संस्थाले पर्वतमा के–कस्ता काम गर्छ <
सर्वप्रथम संसारभर फैलिएर रहनु भएका पर्वतवासीलाई एकिकृत गराई समाजको एउटै छानामुनी गोलबन्द गराउने उद्देश्यले यस समाजको स्थापना भएको हो । हाम्रो मुख्य उद्देश्य भनेको जिल्लाको विकास र समृद्धिमा सँग जोडिएको छ । यसै अनुरुप हामीले हाम्रा गतिविधीलाई अगडी बढाएका छौँ । संस्थाको पहिलो प्राथमिकतामा शिक्षा र स्वास्थ्यलाई हो । अन्तराष्ट्रिय पर्वत समाजले जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गदै आएको छ । साथै भैपरि आउने समस्याबाट पिडित बनेकाहरुको लागि सहयोग गदै आएका छौँ ।स्वास्थ्य क्षेत्रमा केही दिर्घकालिन योजनाहरू पनि छन । हामीले मौलिक परम्परा, कला संस्कृतीको संरक्षण एवम् पर्वद्धनको निम्ति समाजले काम गदै आएको छ । अशिक्षित,बिपन्न बर्ग, पिछडिएको बर्ग तथा जातजाति एबम् निम्न आयश्रोत भएका व्यक्तिको शैक्षिक गुणस्तरलाई मजबुत बनाउन सहयोग गदै आएका छौँ । अन्तराष्ट्रियस्तरमा पर्यटकिय स्थलको प्रचार प्रसार गरि सरकारले मनाउन लागेको भ्रमण बर्षलाई सफल बनाउन हाम्रो अथक प्रयास भईरहेको छ । यस संस्थालाई गैर राजनीतिक, गैर ब्यबसायिक, जाती, धर्म वा बर्गिय आधारबाट निर्दे्शित नभई बिशुद्ध सहयोगात्मक सामाजिक संस्थाको रूपमा बिकशित गर्दै त्यस उदेश्य प्राप्तीका लागि हामीले काम गदै आएका छौँ ।
अन्य संघ संस्था र तपाईहरुले गर्ने काममा के फरक छ <
अन्तराष्ट्रिय पर्वत समाज एउटा विशुद्ध सामजिक संस्था हो । प्रवासमा रहेका पर्वतेहरुद्धारा स्थापित यस संस्था संचालन गर्नका लागि आफ्नै नियम र कानुन छ । कुनै पनि संस्था संचालनका लागि विधान अनिवार्य आवश्यक हुन्छ । यस संस्थाको आफ्नै बिधि विधान छ । संस्थाको विधि विधान अनुसार चल्नु नै हाम्रो दायित्व हो । सर्वप्रथम यो मुनाफा कमाउन खोलेको संस्था होईन । हामी बिच कुनै स्वार्थ छैन । छ भने जिल्लाको समृद्धि सँग हाम्रो स्वार्थ जोडिएको छ । हामीले प्रवासमा पसिना र रगत सँग साटेर कमाएको रकमको केही अंश पर्वतको विकास र समृद्धिमा खर्च गदै आएको छौँ । अन्य संघ संस्थाहरुले जिल्लामा कसरी काम गरेका छन् । मलाई यो विषयमा जानकारी भएन । तर हामीले निस्वार्थ भावनाले पर्वत जिल्लाको विकास र समृद्धिलाई शिरमा राखेर काम गरेका छौँ । र भोली पनि गर्ने छौँ । देशमा होस या प्रबासमा सामाजिक संघ सस्थाहरू संग सहकार्य गरिनअगाडी बढि रहेकाछौ ।
समाजको भावी कार्यदिशा कस्तो छ <
कुनै पनि संस्था गठन हुँदा यसको उद्देश्य र भावी योजना पहिले नै तय हुन्छ । हामीले पनि संस्था गठन गर्नुभन्दा पहिले नै समाजको कार्यदिशा तयार गरिसकेका छौँ । अन्तराष्ट्रिय पर्वत समाजको मुख्य उद्देश्य पर्वत जिल्लाको विकास र समृद्धि सँगै जोडिएको छ भन्ने कुरा मैले पहिल्यै पनि भनिसके । साथै
जिल्लामा आउने भैपरि समस्या र विकास निर्माणमा सहयोग गर्न समाज जुनै सुकै बखत पनि अगाडि उभ्भिन तयार छ । त्यसका निम्ति हामीले शुरु गरेका कामलाई निरन्तरता दिदै अगाडी बढिरहका छौं ।
तपाई पर्वत समाज बेल्जियमको अध्यक्ष पनि हुनुहुन्छ । अन्तराष्ट्रिय पर्वत समाजले विभिन्न देशमा रहेका पर्वत समाज सँग कस्तो समन्वय गर्छ <
तपाईले राम्रो प्रश्न उठाउनु भयो । म पर्वत समाज बेल्जियमको पनि अध्यक्ष पनि छु । हामीले यहाँको चौथौ अधिवेशन छिट्टै गर्न गई रहेकाछौ । विभिन्न देशमा छरिएर रहेका पर्वतेहरु अन्तराष्ट्रीय पर्बत समाज मा आवद्ध हुनुहुन्छ । अमेरिका ,युरोप, मध्यपूर्व, जापान, एशिया प्याशिफिकमा पर्वत समाज गठन भईसकेको छ । गठन भएका समाजले अन्तराष्ट्रिय पर्वत समाजको शाखाका रुपमा काम गदै आएका छन । प्रवासमा रहेका पर्वतेहरुका मुद्धा साझा छन् । हामी संस्था र व्यक्तिगत भन्दा पनि सामुहिक मुद्धामा बढि केन्द्रित हुन्छौँ । हरेक साथीहरु सँग सल्लाह गरेर सहज र सरल तरिकाले समन्वय गरेका काम गरिरहेका छौँ ।
तपाईले संस्थामा देख्नु भएका मुख्य चुनौती के के हुन् <
आफ्नो जन्मभूमि छोडर परदेशमा दैनिकी बिताउन लाखौँ नेपाली बाध्य छन् । अझ प्रवासमा रहेर सामजिक कार्य गर्न धेरै चुनौतीपुर्ण छ । प्रवासमा अभाव र व्यस्तताका बिच सामजिक क्षेत्रमा हात हालेकाहरुले खुलेर काम गर्न सकिने अवस्था छैन । चुनौती र आफ्नो जन्मभूमि छोडर परदेशमा दैनिकी बिताउन लाखौँ नेपाली बाध्य छन् । अझ प्रवासमा रहेर सामजिक कार्य गर्न धेरै चुनौतीपुर्ण छ र समय अभावका कारण प्रवासमा गठन भएका धेरै संघसंस्था बन्द भईसकेका छन् । प्रवासमा रहेर सामजिक काम गर्न निकै चुनौतिपूर्ण छ । तर, हामीले बिशुद्ध सामजिक कार्य गर्ने उद्देश्यले संस्था स्थापना गरिएको हो । संस्थाका गतिविधीलाई प्रभावकारी रुपमा अगडी बढाउन चुनौती सँगै अवसर पनि छ ।
अर्को कुरा हामीले प्रवासमा जम्मा गरिहेको लगानी ज्ञान र अनुभवको अर्को चुनौती हो । राजनीतिक एवं सामाजिक वातावरण अर्को चुनौती हुन सक्छ ।
स्थानीय तह र जनप्रतिनिधी सँग यहाँहरुको कस्तो समन्वय हुन्छ <
अन्तराष्ट्रिय पर्वत समाजले पर्वत जिल्लालाई कार्यक्षेत्र बनाएर काम गदै आएको छ । पर्वतमा दुई नगरपालिका र पाँच गाउँपालिका छन् । हामीले गर्ने काम पनि कुनै न कुनै नगरपालिका र गाउँपालिका सँग जोडिन्छ । त्यसैले हाम्रा हरेक क्रियाकलाप र गतिविधी स्थानीय तहमै हुन्छन् । हामीले संस्था गठन भएदेखी निरन्तर पर्वत जिल्लाका राजनितिक दल, जनप्रतिनिधी, सामजिक व्यक्तित्व लगायत विभिन्न संघ संस्था समन्वय गदै काम गरेका छौँ । जस्तै हुवासमा सम्पन्न दोस्रो अधिवेशन पनि हामीले पैयु गाउँपालिका सँग समन्वय गरेका हौँ । जलजलाका पहिरो पीडितका निम्ति निर्माण गरेका घर हामीले जलजला गाउँपालिका सँग समन्वय गरेर काम गरेको हो । हाम्रा दिर्घ कालिन योजना हरू पनि गाउपालिका र नगर पालिका संग समन्यन गरि अगाडी बढाएका छौ ।
जिल्लाको विकासमा पर्वते प्रवासीहरुको भूमिका कस्तो हुनुपर्छ <
जिल्लाको समृद्धि र विकासमा प्रवासीको सहयोग सम्भव छ । मुलुक बाहिर रहँदै आएका पर्वतेहरुको ज्ञान,सिप र पुँजी भित्राएर जिल्लाको आर्थिक, सामजिक र साँस्कृतिक विकासमा टेवा पु¥याउने उद्देश्यले सन २०१७ मा स्थापित अन्तराष्ट्रिय पर्वत समाजले आफ्नो अभियानमा सहभागी गराउन विश्वभरीका पर्वतेहरुलाई एकिकृत गरिरहेको छ । पर्वतमा प्रचुर सम्भावनाका क्षेत्र जस्तै धार्मिक पर्यटकिय क्षेत्र गुप्तेश्वर गुफा, मोदीवेणीको स्तर बृद्धी, पर्यटन प्रवद्र्धन, जडिबुटी उत्पादन तथा पैठारी, आधुनिक कृषी, बैज्ञानिक पशुपालन र जलविद्युत आर्थिक विकासको आधार हुन् । जलबिद्युत, कृषि, पर्यटन, सूचना तथा संचार र ग्रमिण विकासको पूर्वाधारहरु जस्तै अन्य रोजगार मुलक क्षेत्रमा लगानी गरि जिल्ला भित्रका यूवा जनशक्तिलाई सहि मार्ग निर्देशनका साथ रोजगारि श्रृजना गर्दै आत्मर्निभर जिल्लाको रुपमा विकसित बनाउन सकिने छ । हाम्रो सोच लागनशिलता र कर्मबाट हाम्रा जनशक्तिलाई जिल्ला प्रतिको दायित्वलाई बहन गराउन उनीहरुको ज्ञान सिप र क्षमतालाई पहिचान गरि सहि ठाउमा उपयोग गराउन पनि हामी कटिबद्ध रहेका छौ ।
अन्त्यमा के भन्न चाहानुहुन्छ <
सर्वप्रथम पर्वत नेपाल अनलाईनलाई धन्यवाद दिन चाहान्छु । बिभिन्न ब्यक्तिगत समस्याको बाबजुद पनि आफु जन्मिएको, हुर्किएको, खेलेको ठाँउलाई विकासको फुलफुलाउन प्रवास बाटै भए पनि केहिगर्न सक्छौ भन्ने ध्यले संगठित भएका हौ । यस संस्था प्रवासमा रहने पर्वतेहरुको मात्र नभई सम्पूर्ण पर्वतवासीको साझा संस्था हो । समुन्नत पर्वत निर्माणको यो महाअभियानमा जिल्लावासीको सहयोग र सदभावको खाँचो अपरिहार्य रहेको छ । जिल्लाको उज्जवल भविश्य निर्माण गर्ने महान अभियानमा सहयोग पु¥याउनुहुन सम्पूर्ण जिल्लावासीमा म बिनम्र आग्रह गर्दछु ।
