Correspondent, ParbatNepal
6 years ago
2156
चैत्र १२, पर्वत । छिमेकी
भारतमा समेत पछिल्लो दिनमा कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमितको संख्या बढेपछि रोजगारीका
लागि गएका फर्कने क्रम जारी छ । केही दिन यता भारतलगायत बिदेशबाट फर्केकालाई जलजला
गाउँपालिकाले निगरानीमा राखेको छ । गाउँपालिकाले नौ वटै वडाका वडा अध्यक्षलाई
त्यस्ता ब्यक्तिको सुचना संकलन गर्न र निगरानी बढाउन आग्रह गरेको छ । गाउँपालिकाका
अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले विगत १५ दिन यता भारतलगायत विभिन्न देशबाट
फर्किएकालाई निगरानीमा राख्न, सुचना संकलन गर्न थालेको जानकारी दिनुभयो ।
यसैगरी भारतबाट फर्केका जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीवाङका १३ जनालाई बुधबारदेखि होम क्वारेन्टाइनमा राखिएको छ । आर्थिक रुपमा बिपन्न परिवारका उनीहरुलाई दुई साताका लागि पुग्ने खाद्यान्नसहयोगसहित होम क्वारेन्टाइनमा राखिएको जलजला गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो । उहाँले अन्य बाहिरबाट गाउँ फर्केकाको पनि सुचना संकलन र निगरानी गरिरहेको पनि बताउनु भयो ।‘भारतबाट जलजलाका मात्रै ३५्४० जनाको समुह नै संगै आएको भन्ने सुचना पाएका छौ, गाउँमै पुगेका १३ जनालाई आजदेखि होम क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरेका छौ’ वडा अध्यक्ष जिसीले भन्नुभयो –‘अन्य ब्यक्तिहरु कुश्मा, बेनी र बागलुङबजारमा आफन्तको घरमा बसेको भन्ने सुचना प्राप्त गरेका छौ ।’
जलजला गाउँपालिकाका
बासिन्दा अहिले सामान्य बिरामी हुँदासमेत कुश्मा, पोखरा, बागलुङ, बेनी अस्पतालमा उपचारका लागि समेत जान गाह्रो भएको भन्दै
वडाका स्वास्थ्य चौकीमा आवश्यक बेड र औषधीको ब्यवस्था मिलाएको जनाएको छ । सामान्य
ज्वरो, रुघाखोकी, टाउको दुःख्ने, टाइफाइड, झाडापखालालगायतका
सम्भावित बिरामीहरुलाई मध्यनजर गर्दै अस्पताल जानसमेत समस्या भएको बेलामा
उनीहरुलाई वडाकै स्वास्थ्य चौकीमा उपचार गर्ने ब्यवस्था मिलाउन गाउँपालिका लागेको
अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले जानकारी दिनुभयो । ‘जलजला
गाउँपालिकाले सबै वडाका स्वास्थ्य चौकीमा अनिवार्य रुपमा कम्तीमा दुई देखि चार
वटासम्म बेडसहितको बिरामी उपचार कक्ष बनाउने, ज्वरो, रुघाखोकी, टाउको दुःख्ने, टाइफाइड, झाडापखालालगायत त्यस्ता रोगबिरुद्धका औषधीको प्रायाप्त
मात्रामा ब्यवस्था मिलाउन नौ वटै वडाका वडा अध्यक्षलाई निर्देशन दिएको छ’ अध्यक्ष मल्लले
भन्नुभयो ।
