Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1697




वस्ती जोगाउन ३ करोड खर्च गरिँदै
वस्ती जोगाउन ३ करोड खर्च गरिँदै




रोशन तिवारी माघ ६ पर्वत - जिल्लाको जलजला गाउँपालिकामा पर्ने कालीगण्डकीको तटिय क्षेत्रको वस्ती जोगाउन तटवन्धको काम थालिएको छ । कालीगण्डकी नदी किनारमा रहेको वारीवनी , वगरफाँट , मिलनचोक , लामाखेतको वस्ती जोगाउन ३ करोड खर्च हुँदैछ । कालीगण्डकीको भेलका कारण हुने जोखिम घटाउन म्याग्दीको सदरमुकाम वेनीवजार तर्फ पक्कि पर्खाल वनेपनि पर्वत क्षेत्रमा भने पर्खाल नहुँदा वर्खाको समयमा वाढि पस्ने समस्या रहेको छ । वस्ती नै नदीको कटानले जोखिममा परेपछि वस्ती जोगाउन तटवन्ध गर्न थालिएको हो ।


जलाधार नियन्त्रण कार्यक्रम अन्तर्गत उक्त वजेट विनियोजन भएको हो । चालु आर्थिक वर्षभित्र वारीवेनी र वगरफाँटमा पक्कि पर्खाल गरिने भएको छ भने लामाखेत र मिलनचोकमा तारजाली लगाईने जनाइएको छ । पूर्व साँसद अर्जुनप्रसाद जोशीको पहलमा थालिएको उक्त आयोजनाले करिव एक हजार घरधुरी लाभान्वित हुने जनाइएको छ । उक्त वस्ती जोगाउन गत वर्ष पनि एक करोडको काम भैसकेको छ । कालीको तिरमा रहेका वस्ती वर्षेनी आउने भेलले जोखिममा रहँदै आएको छ । ‘वर्खा लाग्दा सबै जाग्राम वस्नुपर्ने अवस्था रहेको छ स्थानीय भुवन जिसीले भने,‘ वस्ती जोगाउन पहल भएकोमा यहाँका वासिन्दा खुशी छन् ।’

अघिल्लो वर्ष कालीगण्डकी थुनिँदा उक्त वस्तीमा पसेर अधिकाँश घर डुवानमा परेका थिए । मानविय वस्ती नजिकै रहेको खेत समेत वगरमा परिणत भएको थियो । हिउँदको समयमा खासै समस्या नहुने भएपनि वर्खामा घरभित्रै वाढि पस्ने समस्याले वस्तीका वासिन्दा त्रसित हुने गरेको गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले वताए । ‘गाउँपालिकाले यस वर्ष वजेट कम भएकाले सहयोग गर्न नसकेपनि केन्द्रिय योजनाले काम थालेकोमा हामीलाई सहज भयो,’ मल्लले भने,‘ वाँकि रहेको काममा हामीले पनि अर्को वर्ष सम्बोधन गर्ने सोचमा रहेका छौँ ।’ यो वस्तीलाई संरक्षण गर्न पहल गरेकोमा उनले पूर्व साँसदलाई धन्यवाद पनि दिए । वजारउन्मुख ति वस्तीहरुमा मानविय चाप वढ्दो छ । नदी किनारमा रहेका कारण कटानको समस्या ठुलो छ । अव तटवन्धको काम शुरु भएपछि त्यहाँका वासिन्दा ढुक्कको महसुस गरेको गाउँपालिका अध्यक्ष मल्लले वताए । 


सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)