Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1632




म्याग्दीमा डेङगु देखिए सँगै जलजलामा उच्च सकर्तता
म्याग्दीमा डेङगु देखिए सँगै जलजलामा उच्च सकर्तता

बैशाख २४, पर्वत ।  छिमेकी जिल्ला म्याग्दीमा डेङ्गुका बिरामी भेटिएपछि पर्वतको जलजला गाउँपालिकामा उच्च सतर्कता अभियान थालिएको छ । जलजला गाउँपालिकाले स्वास्थ्य कार्यालय पर्वतसँग समन्वय गरेर डेङ्गु फैलिन नदिन पुर्वतयारी, सचेतना र लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान शुरु गरेको हो । लामखुट्टेको बासस्थान हुने पानी जमेका टायर, झाडी, खाल्डाखुल्डी नष्ट गर्नका लागि सचेतना अभियान थालिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

एडिज एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको औषधी बनि नसकेकाले टोकाइबाट बच्न लामखुट्टे बस्ने ठाउँलाई नष्ट गरेर सरफाई गर्नुनै उपयुक्त विकल्प हो । पछिल्लो एक सातामा छिमेकी जिल्लामा म्याग्दीको बेनी अस्पतालमा आएका तीन जनामा डेङ्गु भेटिएको थियो ।

सिमाना जोडीएको बेनीमा डेंगु भेटिएपछि गाउँपालिमा संक्रमण नफैलियोस भनेर मंगलवारदेखि जनप्रतिनिधि, स्वास्थ्यकर्मी र अगुवाहरुलाई सामाजिक दुरी कायम हुने गरि भेला गराएर डेङ्गु नियन्त्रण सम्बन्धी अभिमुखीकरण गर्न थालिएको अधिकृत शर्माले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा। भोजराज गौतमले सहजिकरण गर्नुभएको कार्यक्रममा प्रशासकीय अधिकृत अर्जुन शर्माले बेनीसंग सिमाना जोडिएका कारण जलजलाको बगरफाँट, वारीबेनी, लामाखेत, मिलनचोक, मल्लाज क्षेत्रमा सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

५ देखि ७ दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरिरमा बिमिरा आउने, हाड जोर्नी तथा मांसपेसीहरु दुख्ने डेगुको मुख्य लक्षण रहेको स्वास्थ्य कार्यालयका प्रमुख डा। गौतमले जानकारी दिनुभयो ।

मुख्यगरी टिन, रंगका खाली डब्बा, टायर ट्युब, खाली ड्रमहरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याकीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्ने भएकाले लामो समय पानी जम्न नदिनुनै मुख्य उपाय भएको गौतमले बताउनुभयो ।

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)