Correspondent, ParbatNepal
6 years ago
2115
बैशाख २७,
पर्वत । लकडाउनका कारण पर्वतको जलजला गाउँपालिकाका किसानले लाखौको तरकारी बारीमै खेर
फाल्नुपरेको छ । बजार नपाउदा किसानको तरकारी बारीमै कुहिएको हो । जलजला ७ धाइरिङ स्थित
सल्यान र बास्कोटका करिव ५० जना किसानको तरकारी खेर गएको हो ।
अगुवा किसान
एकनारायण पौडेलका अनुसार बन्दा, काउली, ब्रो काउली लगायतको तरकारी बिक्री नभएर खेर
गएको छ । सल्यान र बास्कोटमा ४० रोपनी खेतमा रोपिएको तरकारी नस्ट भएको पौडेलले गुनासो
गर्नुभयो । कृषि ज्ञान केन्द्रका कार्यलय प्रमुख बासुदेब रेग्मीले खेतमै पुगेर किसानले
ब्यहोरेको क्षतिको अनुगमन गर्नुभएको छ । उहाले किसानको उत्पादन खेर गएको बारेमा प्रदेश
र संघमा जानकारी दिइएको बताउनुभएको छ ।
किसानहरुले वर्ष भरिको मिहेनत लकडाउनको कारण खेर गएको गुनासो गर्दै उचित क्षतिपूर्ति माग गरेका छ्न । किसानहरु आफ्नो उत्पादन बजार पठाउन सवारी नपाउदा बारिमै कुहाउन बाध्य भएको किसान नरबहादुर केसिले बताउनुभयो । जलजला ७ का अधिकाश परिवार तरकारी खेती गरेर जिबिकोपार्जन गर्दै आएका छ्न ।
