Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1949




अग्नी पीडितको मलम बनिन् दधि आचार्यकी श्रीमती
अग्नी पीडितको मलम बनिन् दधि आचार्यकी श्रीमती

पर्वत–  पर्वत जलजला गाउँपालिकाका अग्नी पीडितलाई यहाँका एक व्यक्तिले आर्थिक सहयोग गर्नुभएको छ । पर्वतको जलजला घर भई हाल बेलायत बस्ने पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्यकी धर्मपत्नी राधिका आचार्यले आर्थिक सहयोग गर्नुभएको हो । 

आचार्यले जलजला गाउँपालिका धाईरिङ निवासी गम्भीरबहादुर नेपाली र सोही ठाउँका इन्द्रमणि सुवेदीलाई ६० हजार रुपैयाँ सहयोग गरेकी हुन् । सहयोग प्राप्त भएपछि पीडितहरुले राहातको महशुस गरेका छन् । उनीहरु राधिका आचार्यलाई भगवानका संज्ञा दिएका छन् । रकम हस्तान्तरण कार्यक्रममा जलजला गाउँपालिका–७ का वडा अध्यक्ष टुङगानाथ आचार्यको विशेष उपस्थिती रहेको थियो । 

आर्थिक वअस्था कमजोर भएका सुवेदी र नेपालीको परिवारलाई बेलायतमा बस्ने धाइरिङवासी राजेन्द्र आचार्य, भाई ध्व्र आचार्य र नारायण आचार्यले पनि रकम सहयोग गर्नुभएको थियो । आगलागीवाट नेपालीको घर जलेर पूर्ण रुपमा ध्वस्त हुनुका साथै खाद्यान्न, लत्ता कपडा र भाँडाकुडा सबै जलेर नष्ट भएका थिए । पीडित परिवार अहिले छिमेकीको घरमा आश्रम लिएर बसेका छन् । आगलागीबाट सुवेदीको करिव २५ लाख रुपैयाँ र नेपालीको करिव ६ लाख रुपैयाँ बरावरको क्षत्री भएको अनुमान गरिएको छ । 


सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)