Correspondent, ParbatNepal
8 years ago
1659
साजन
परियार चैत्र २४, पर्वत ।। पर्वतको
कुश्मामा मदिरा नियन्त्रण अभियान अन्तर्गत अबैध मदिरा र मदिरा बनाउने भाँडाकुँडा बरामद
गरिएको छ ।
शुक्रवार
कुश्मामा मदिरा सहित मदिरा वनाउने भाडा बरामद गरिएको हो । कुश्माको शिवालयचोक,साझाचोक,पुरानोबजार
बाट सामाग्रीहरु बरामद भएको हो । सामुदायीक प्रहरी सेवा केन्द्र पर्वतले आज उक्त क्षेत्रहरुवाट
घरेलु कच्चा पदार्थ सहितको ८३ वटा ड्रममा रहेको ५६ सय लिटर मदिरा र १० सेट मदिरा बनाउने
भाडा बरामद गरेको प्रहरी सहायक निरिक्षक पुर्णिमा थापाले जानकारी दिनुभयो ।
उहाँका
अनुसार यो अभियानलाई निरन्तरता दिदै सभय नगरी निमार्ण गरि बिकृती र बिसंगतीलाई नियन्त्रण
गर्ने रहेको छ । पछिल्ला दिनहरुमा सामुदायीक प्रहरीसेवा सेवा समाज पर्वतले यो अभियान
संञ्चालन गरे संगै नागरीकहरुमा सचेतना फैलीदै गएको सरोकारवालहरुको भनाई रहेको छ ।
प्रहरीले मदिरा निषेध गर्ने कार्यक्रम अन्तर्गत घरेलु मदिरा उत्पादन गर्ने भटिट्हरुमा पनि अनुगमन तिव्र पारेको प्रहरी सहायक निरीक्षक पूर्णिमा थापाले बताउनुभयो ।
