Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2576




विद्यालय भत्कीने अवस्थामा , जनप्रतिनिधीद्धारा वेवस्ता
विद्यालय भत्कीने अवस्थामा , जनप्रतिनिधीद्धारा वेवस्ता

साजन परियार वैशाख ९, पर्वत । पर्वतको जलजला गाउँपालिकामा रहेको एक विद्यालय जिर्ण अवस्थामा रहेको छ  । जलजला गाउँपालिका–८ नाग्लीवाङमा रहेको जनजागृती प्राथमिक विद्यालय जिर्ण भएर भत्कीने अवस्थामा रहेकाले पानी परेको दिन विद्यार्थीहरु त्रासका बीच कक्षाकोठामा अध्ययन गर्न बाध्य भएका छन् ।

वि.स २०५७ सालमा स्थापना भएको उक्त विद्यालयमा कार्यालय सँगै ५ वटा कक्षाकोठा रहेका छन् । अधिकाँस दलित समुदायका विद्यार्थीहरुले अध्ययन गर्ने उक्त विद्यालयमा पानी परेको दिन चुहिने भएकाले पठनपाठनमा अवरोध हुनुका साथै अफिसका काम कार्वाहीमा पनी अवरोध हुदै आएको विद्यालयका प्रधानाध्यापक तारा महतले बताउनु भयो । कक्षा ३ सम्म अध्ययन गराउँदै आएको उक्त विद्यालयमा ४१ जना विद्यार्थी अध्ययनरत छन् । 

स्थानीय समुदायका नागरिकहरुको श्रमदानमा निर्माण गरिएको विद्यालयमा हाल अझै २ कोठे भवनको आवश्यक रहेको महतको भनाई छ ।विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कमलवहादुर खड्काले आफुले पटक पटक विद्यालयको समस्याका वारेमा जनप्रतिनिधीहरुलाई जानकारी गराएपनि कुनै सुनुवाई नभएको गुनासो गर्नुभयो ।

उहाँले विद्यालयका समस्याका वारेमा कसैले चासो नदेखाएको गुनासो गर्नुभयो । यता जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल‘रामकृष्ण’ले विद्यालय मर्मतका लागि १ लाख विन्योजन भएको बताउनु भयो । 

उहाँले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि गाउँपालिकाले गुरुयोजना बनाएर काम गरेको दावी गर्नुभयो ।


नेविसंघद्धारा उक्त विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको फोटो ।

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)