Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1729




बाँसखर्कका वडा अध्यक्ष अभिभावक बने
बाँसखर्कका वडा अध्यक्ष अभिभावक बने

संगिता क्षेत्री बैशाख १३, पर्वत । अहिले देशैभर विद्यालय भर्ना अभियान चलिरहेको छ । विद्यालयबाहिर कोही पनि नरहुन् भन्ने सरकारको नीतिअनुसार जनप्रतिनिधि र उच्च सरकारी अधिकारीहरुले विपन्न समुदायका बालबालिकालाई विद्यालयमा लगेर भर्ना अभियान सञ्चालन गरेका छन् ।

यसैविच जलजला गाउँपालिका १ बाँसखर्कका वडा अध्यक्ष तुलसीराम रेग्मीले सरकारको भर्ना अभियानलाई साथ दिनुभएको छ । उहाँले सोही वडाका १२ बर्षिय गमवहादुर वि.कलाई ज्योतिमण्डल मा.वि कक्षा ७ मा भर्ना गरेर अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

अभिभावकत्व ग्रहण गदै  वडा अध्यक्ष रेग्मीले कक्षा १० सम्म पढाउने गरी परियारलाई भर्ना गरेकोे जानकारी दिनुभयो । साथै उहाँले उक्त विद्यार्थीलाई पोशाक र पाठ्यपुस्तक समेत वितरण गर्नुभएको थियो । बुवा आमा दुवै सुस्त मनस्थितीका भएका कारण विद्यार्थीको पढ्नपठनमा समस्या भएको थियो । 

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)