Correspondent, ParbatNepal
7 years ago
3965
स्थानीय
तहको निर्वाचन भएको
डेढ बर्ष पुग्यो
। यो बीचमा
वडाले विकासका योजना
धमाधम शुरु हुन
भन्ने नागरिकको अपेक्षा
छ । जिल्ला
सदरमुकामबाट विकट क्षेत्रमा
रहेको रानीपानीका बासिन्दा
आफ्नो वडालाई विकट
भनेर कसैले नभनुन
भन्ने चाहान्छन् ।
जिल्लाकै सबैभन्दा बढि भूकम्पले
क्षती पु¥याएको
यो गाउँमा अधिकाँशले
घर बनाएर सकेका
छैनन् । गाउँमा
खानेपानीको चरम समस्या
छ । शिक्षा,
स्वास्थ्य, कृषि,यातयात
लगायतका अन्य क्षेत्रमा
पनि उत्तिकै समस्या
छ । तिनै
समस्या किनारा लगाउँछु भनेर
वडाध्यक्षमा चयन भएका
वडाध्यक्ष रणवहादुर आलेलाई समस्या
समाधान गर्ने चुनौती छ
। विहादी गाउँपालिका–३ रानीपानीको
वडाध्यक्षमा निर्वाचित भएको डेढ
बर्षमा आलेले बनाएका योजना
कति पूरा भए
र कति अधुरै
छन भनेर पर्वत
नेपाल डटकमले कुराकानी
गरेको छ ।
तपाईको संक्षिप्त राजनितिक र सामाजिक पृष्ठ भूमिका विषयमा बताईदिनुस न ?
मैले राजनितिक यात्रा नेवि संघवाट शुरु गरेको हुँ । विंसं २०५० सालमा नेपाल तारा मा.वि रानीपानीवाट नेपाल विद्यार्थी संघको उपाध्यक्ष भएर काम गरँे । त्यसपछि अध्ययनका लागि म काठमाडौँ गएँ । अध्ययन सँगै राजनिति थाले । म त्यहाँ हुँदा धेरै नेतालाई चिन्ने मौका पाएँ । त्यसपछि गाउँमा आएर व्यवसाय थालँे । व्यवसाय सँगै म पार्टीका विभिन्न भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध भएर राजनीतिमा थप भिज्दै गएँ । पछिल्लो समयमा म राजनिति भन्दा पनि सामाजिक काममा बढि सक्रिय भएर काम गर्न थालेको महसुस भएको छ । म सबै दलको साझा व्याक्ति भैसकेको छु । मलाई स्थानीय तहको निर्वाचनमा पार्टीले विश्वास गरेर टिक दियो । जनताका सेवा गरेकै कारण हाल रानीपानीको वडाध्यक्ष भएर सेवा गर्ने मौका पाएको छु ।
निर्वाचित भएको डेढ बर्षमा के–के काम गर्नुृभयो ?
स्थानीय तहको निर्वाचन भएको करिब डेढ वर्ष भईसक्यो । यो समयमा हामीहरुले सोचेका सबै काम गर्न सकेका छैनौँ । अहिलेपनि कर्मचारीको अभाव, पूर्वाधारको अभावमा काम गर्न अप्ठ्यारो छ । नीतिगत र कार्यगत नियमको अभाव हामीले झेल्दै आएका छौँ । हामीले बजेटको अभावले पनि कतिपय जनताका समस्या सामाधान गर्न सकेका छैनौँ । तर, केहि पनि नभएको भने हैन । गर्न सक्ने धेरै काम गरेका छौँ । हामीले रानीपानीलाई अव विकट बनाउन चाहान्नौ । कालिगण्डकी लोकमार्गलाई पुरा गर्न हामीले निरन्तर दवाव दिईरहेका छौँ । हामीले यहाँको कुँडादी र चोर्दीमा खानेपानीको समस्या लिफ्ट खानेपानी अयोजना पुरा गरेका छौँ । जनता आवास कार्यक्रम अन्तर्गत वोटे समूदायका घर बनाउने काम गरेका छौँ । भूकम्प पीडितहरुका समस्या समाधानमा हामीले दिनरात काम गरिरहेका छौँ । यो वडा दलित, जनजाति लगायत सबै जातिहरुको बसोवास रहेको क्षेत्र रहेकाले क्षमता अभिवृद्धिलगायतका आत्मनिर्भर बनाउने काम पहिलो वर्ष ग¥यौं । यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिने विचार गरेका छांै । वडावासीको माग र आवश्यकतालाई मध्यनजर गरी वडामा सडकको स्तरोन्नति, ‘एक घर एक धारा’ को अवधारणा तय गरेका छौँ । खानेपानीको सुविधाका लागि लिफ्ट सिस्टमवाट घरघरमा खानेपानी पु¥याउने उद्देश्यले काम गरेका छौँ । त्यस्तै वडालाई कृषि पकेट क्षेत्रका रुपमा विकास गर्न सिंचाईको लागि डिपबोरिङ, लिफ्ट सिँचाई निर्माणको तयारी थालेका छौँ ।
एक वर्षको अवधिमा विकासको लागि वडावासीको मुख्य अपेक्षा के पाउनुभयो ?
यसका बारेमा मैले अघि भनिसकेको छु । यो वर्ष सिकाईको वर्षका रुपमा बितेको छ । जनताले विकासको तुरुन्तै प्रतिफल खोज्ने गरेका हुन्छन् । तथापि हामीहरुले गर्न सकेका छैनांै । पहिला गाविस हँुदा काम गर्न जति सजिलो थियो, अहिले छैन । कर गाविसले लिने गर्दथ्यो र उक्त बजेट त्यही खर्च हुने व्यवस्था थियो । तर अहिले पनि गाउँपालिकावाट चल्नुपर्ने हुँदा केही असजिलो र झन्झटिलो छ । अहिले पनि वडावासीको मुख्य चाहना भनेको खानेपानी हो । खानेपानीको मुहान नहुँदा केहि समस्या भएको छ । कालीगण्डकीको पानी तानेर त्यसलाई प्रसोधन गरि वितरण गर्ने योजनाका बारेमा मैले सोचेको छु । यो प्रविधि महंगो पर्ने देखिएको छ । तैपनी सरकारले सहयोग गरेमा त्यो योजना पुरा हुनेछ । तैले आँट मैले पु¥याउँछु भन्ने उखान अनुसार हामीले आँटेका छौँ पक्कै पुरा हुनेछ । त्यस्तै कृषिको विकासका लागि सिंचाई, खानेपानीका व्यवस्थासँगै वडावासीहरुलाई स्वरोजगार बनाउने खालका कार्यक्रमहरुको नागरिकहरुले अल्लि बढि अपेक्षा लिएका छन् । हामीले बसाईसराई रोक्ने योजनामा छौँ ।
वडाको विकासका लागि तपाईका योजना के–के छन् ?
वडाको विकासका लागि मैले योजनाबद्ध रुपले काम गरेको छु । विकट भनेर बोलाउने भएपनि रानीपानी विकासको हिसावले धेरै सम्भावना बोेकेको ठाउँ हो । सम्भावना भएरपनि विकासको दृष्ट्रिकोणले पछाडि परेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी विद्युत र सडक लगायतका योजनामा यस वडा पछाडि रहेकाले यसलाई नै प्राथमिकता दिएका छौँ । भौतिक पूर्वाधारतर्फ पनि समस्या रहेकाले योजनामा समावेश गरिएको छ । यस वडाको प्राथमिकताको योजना भनेकै विकासका पूर्वाधार हुन् । त्यसमा सबैभन्दा महत्व खानेपानी योजना रहेको छ । हाम्रो वडाको मुख्य समस्या भनेकै खानेपानी हो । त्यसैले नागरिकलाई स्थानिय तहकोे अनुभूति दिन खानेपानी योजना महत्वकाँक्षी हुनेछ । वडामा शान्ति सुव्यवस्था काम गर्न, वडामा दुव्यर्सनी नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं ।
यी योजनामध्ये विशेष प्राथमिकता खानेपानी हो । खानेपानीका कारण यहाँका नागरिकहरु बसाईबसाई गर्ने बाध्य छन् । बर्षौदेखी काकाकुल बनेका नागरिकहरुलाई खानेपानीको पहुँचमा पु¥याउनु नै मेरो पहिलो प्राथमिकता हो । हामीले ‘एक घर एक धारा’को अवधारण तय गरेका छौँ । हाम्रो खानेपानीको मुख्य स्रोत(मुल) नजिक छैन । त्यसका लागि विहादी –१ बाच्छा पुग्नुपर्दछ । त्यहाँका वडाध्यक्षसँग छलफल गरेका छौँ । उहाँ पनि सकरात्मक हुनुहुन्छ । दोस्रो योजना मध्ये शिक्षा हो । विध्यालय बाहिर रहेकालाई विद्यालय पढाउन पठाउने बातावरण सृजना गर्नु र सामुदायिक विद्यालयमा गुणस्तरिय वातावरण सृजना गछौँ । तेस्रोमा सडक पर्छ । वडामा कच्ची र जीर्ण सडक रहेकाले स्तरोन्नतिको योजना बनाएका छौँ । वडामा रहेको स्वास्थ्य संस्था पर्छ । स्वास्थ्य बीमादेखी स्वास्थ्यचौकीको स्तरीकरण गर्ने लगायत स्वास्थ्य संस्थामा पुगेका विरामीहरुलाई सहज र सरल सेवा सुविधा दिनेतर्फ वडाको ध्यान छ ।
यो क्षेत्रको विकासको मुख्य चुनौति के पाउनुभएको छ ?
चुनौति र अवसरको बीचमा काम गरिरहको छु । रानीपानीको समस्याका विषयमा म धेरै विज्ञ छु जस्तो लाग्छ । विकास निर्माणमा यसअघि लथालिङग अवस्था थियो । जे काम गर्दा पनि राजनीतिक हस्ताक्षेप गर्ने अवस्था थियो । हामीले राजनीतिक संस्कार परिवर्तन गर्दै आएका छौँ । मैले कसैलाई पनि राजनीतिक आँखाले हेर्ने गरेको छैन । राजनीतिक रुपमा काम नगर्ने भएकाले काम गर्न सहज वातावरण बन्दै गएको छ । यस वडाको विकास, समृद्धि र जनताको आधारभूत आवशयकता पुरा गर्ने चुनौति छ र गर्नसके अवसर पनि प्रशस्त छ । जनतालाई मैले सबैभन्दा बढि ध्यान दिएर काम गर्दै आएको छु । तत्कालिन, दिघकालिन र अल्पकालिन योजना बनाएर अघि बढिरहेकाले विकासले बिस्तारै गति लिँदै जाने अपेक्षामा छु । मलाई सबैको हात चाहिएको छ तर, अवरोध भयो भने मैले काम गर्न सक्दिन ।
चुनावताका तपाईको मुख्य नारा के–के थियो । त्यसलाई सम्बोधनको शुरुवात के भयो ?
यो ठाउँको विकास गर्नेका लागि म हिजो पनि हिँडेको मान्छे हुँ । यस वडाको विकास गर्ने र जनताको आधारभुत आवशयकता पुरा गराउने प्रतिवद्धता गरेको थिएँ । यहाँका नागरिकको पहिलो आवश्यकता खानेपानी हो । मैले अगाडी पनि भनिसकेको छु । कालिगण्डकी लोकमार्गको काम पुरा गर्ने पनि मेरो प्राथमिकता हो । भूकम्प पीडितको घर बनाउनु मेरो दायित्व हो । त्यसका लागि मैले काम गरिरहेको छु । साना र टुक्रे योजनाहरु भने खासै सम्बोधन हुन नसक्दा नागरिकहरु सन्तुष्ट नभएको मैले वुझेको छु । सबै काम एकै पटक हुन सक्दैनन् । विस्तारै सबै काम हुन्छन् ढुक्क हुुनुहोस ।
वडा कार्यालयले प्रदान गर्ने सेवा कतिको प्रभावकारी छ ?
जनताको सेवाका लागि हामी कार्यालयमा अपडेट छौ । कार्यालयमा कर्मचारीहरु पनि हुनुहुन्छ । हाम्रो वडा सचिव पनि विगत लामो समयदेखि नै यस क्षेत्रका काम गरेकाले वडामा काम गर्न हामीलाई समस्या भएको छैन । वडाको विकासमा स्थानीय जनप्रतिनिधी र नागरिकको सक्रियता उत्साहजनक छ । नीतिगत समस्याका कारण केही काममा सेवाग्राहीले दुःख पाउनुभएको हुन सक्छ तर कार्यालयबाट सहजै हुन सक्ने सेवामा हामीले कुनै पनि सेवाग्राहीहरुलाई दुःख दिने गरेका छैनौ । यसैले गर्दा हामीले प्रदान गर्ने सेवाहरु प्रभावकारी नै रहेका छन् । वडा कार्यालयमा पुग्दा कर्मचारी नभेट्ने समस्या अहिले छैन । हामी विहान देखि राती अबेर सम्म वडामै जनताका समस्या सुनेर बसेका हुन्छौँ । सिँहदरबार गाउँमै आएको अनुभुती दिईरहेका छौँ ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
हामी जनताका प्रतिनिधि हौं त्यसैले जनताको काम गर्नैपर्ने हुन्छ । जनताको काम गर्ने सवालमा कुनैपनि बहानामा सम्झौता नगर्ने मेरो प्रतिबद्धता छ । हामिलाई आफ्नो बिचार राख्ने र वडामा भए गरेका कामको विषयमा वडाबासीलाई जानकारी गराउने अवसर दिनुभएकोमा यहाँहरुलाई धन्यवाद । हामीबाट कहींकतै कमजोरीहरु भएभने खबरदारी गर्ने क्षेत्रमा यहाँहरु हुनुहुन्छ । रचनात्मक खबरदारीको हामी सधैं प्रतिक्षामा रहने छौं । जनता संग आफ्ना कुरा राख्ने र जनताका पक्षमा भएका कामका बारेमा जानकारी दिने अवसर दिनुभएकोमा पर्वत नेपाल डटकम अनलाईनलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । यो अनलाईन मैले दैनिक खोलेर हेर्ने गरेको छु । अरुले पनि यो अनलाईन हेरेर जनताका पक्षमा लेखिएका निष्पक्ष, पारदर्शी र समृद्धिका समाचार पढ्न मैले हृदयदेखि अनुरोध गर्दछु ।
