Correspondent, ParbatNepal
7 years ago
3697
सदरमुकाम कुश्मा बजार सँगै जोडिएको साविकको चुवा गाविस हाल कुश्मा नगरपालिका–८ विकासका सम्भावनाले धेरै अगाडी रहेको ठाउँ हो । सदरमुकामबाट नजिक रहेको चुवामा मध्यपहाडी लोकमार्ग बिस्तारको काम भैरहेको छ । त्यस्तै अशोक्त मुक्ति मार्ग निर्माणको चरणमा छ । लालेश्वर गुफा पनि यहिँ छ । दलित, क्षेत्री, व्राह्मण लगायतका जातजातीहरु मिलेर बसेको सानो गाउँ चुवामा अधिकाँशको मुख्य पेशा कृषि नै हो । यो गाउँ कुश्मा बजारबाट नजिक रहेको हुनाले कुश्माकै हैषियतमा आर्थिक विकासमा सहभागी हुन चाहान्छ भने सबै नागरिकहरु धनी बन्ने चाहना राखेका छन् । नागरिकहरुमा रहेकोे विकास प्रतिको चाहना पुरा गर्न के गर्दैछन् जनप्रतिनिधीहरुले प्रस्तुत छ कुश्मा नगरपालिका ८ चुवाका वडाध्यक्ष राजकुमार क्षेत्री संग पत्रकार साजन परियारले गरेको कुराकानी ।
तपाई निर्वाचित भएको करिव २ बर्ष पुरा भयो । यो अवधिमा के परिवर्तन देख्न सकिन्छ ?
वडाबासीले महसुस गर्ने परिवर्तन भएको छ । पुर्वाधार विकास, आर्थिक, सामाजिक विकास, संस्थागत सुशासन तथा सेवा प्रवाह लगायतका सवै क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको छ । हामीले चुवामा ‘एक घर एक धारा’ अभियान शुरु गरेका छौँ । अभियान अन्र्तगत साबिकका ३ वटा वडामा ‘एक घर एक धारा’ कार्यक्रम सम्पन्न भएको छ । थप दुई वटा वडामा उक्त कार्यक्रम शुरु भएको छ । वडाका नागरिकलाई स्वच्छ खानेपानी पु¥याउने उद्देश्यले शुरु गरेको अभियान अबको दुई बर्ष भित्र सम्पन्न हुने छ । त्यस्तै वडाका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमवाट पठनपाठन शुरु गरिएको छ । एक देखी तिनसम्मका सम्पूर्ण विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेका छौँ । जसका कारण विद्यालमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि हामीले विभिन्न कार्यक्रम संचालन गरेका छाँै । चुवा चक्रपथको काम शुरु भएको छ । त्यस्तै चुवा मल्याङसिँङ देखी दुर्लुङ÷चुवा आहलडाँडा मल्याङसिङ सडक खण्डको डिपिआर शुरु भएको छ । यसले चुवा बासि उत्साहित भएका छन् । त्यस्तै कृषि आधुनिकरण अन्र्तगत एक घर एक टनेल खेती अभियान शुरु गरेका छौँ । कृषि क्षेत्रलाई प्रोत्साहन स्वरुप मिनीटेलर वितरण भईरहेको छ । वडालाई विश्वसामु चिनाउने लक्ष्यका साथ पर्यटन पर्वद्धनका निम्ति १५ करोडको लागतमा बिष्णुबाटिका निर्माण कार्य शुरु भएका छौँ ।
तपाईका वडाबासीहरु चुवा समृद्ध होस भन्ने चाहान्छन् । त्यसका लागि कस्तो योजना छ ?
सदरमुकाम सँगै जोडिएको भएपनि चुवा विकासको हिसावले धेरै पछि परेको ठाउँ हो । अब चाँडै जिल्लाकै सुन्दर र सुविधा सम्पन्न ठाउँ बनाउने परिकल्पना गरेको छु । यो वडा प्राकृतिक सौन्दर्य, धार्मिक, पर्यटकीय, सामाजिक एवं सांस्कृतिक विविधता बोकेको वडा हो । विशेष गरि हाम्रो वडा कृषि उत्पादन र पर्यटनको लागि योग्य छ भन्ने हाम्रो ठम्याई हो । त्यसैले कृषिको क्षेत्रमा व्यवसायिक कृषि प्रणाली अपनाएर उत्पादनमुखी बनाउने योजना छ । अर्को कुरा पर्यटनमा हामीसँग प्रसस्त सम्भावनाहरु छन् । त्यसैले हामीले चुवालाई विष्णुवाटिका अश्वत्थ मुत्र्ति मार्ग नामकरण सहित १ सय ८ पीपलका चौतारी, १ सय ८ तुलसी मठ र नेपालको सवैभन्दा अग्लो विष्णुको मुर्ति बनाउन थालेका छौँ । अबको तिन बर्षमा साविक चुवा गाविसका प्रत्येक वडामा व्यवस्थित सड्क, एक घर एक धारा, टोलटोलमा इन्टरनेट तथा व्यवस्थित चक्रपथ आदिको व्यवस्था हुनेछ । सामुदायिक विद्यालयमा निशुल्क दिवा खाजा सहित प्रविधीमैत्री शिक्षामा जोड दिने छु । पर्यटन प्रवद्र्धन गरी स्थानीय स्तरमै अर्थोपार्जनको व्यवस्था मिलाउने छु । युवाहरूलाई यही बसेर स्वरोजगार बन्ने अवसरहरू सिर्जना गर्नेछु । महिला, जेष्ठ नागरिक, अपांग, अशक्त, असहाय तथा बालबालिकालाई विशेष अधिकारसहितको व्यवस्था हुनेछ । वर्षांैदेखि अधुरा, अपुरा विकासे गतिविधिहरू पूरा गर्नेछु । कसैलाई काखा र कसैलाई पाखा हुन दिनेछैन र त्यो मेरो नैतिकता पनि होइन ।
चुवामा विकास निर्माणका सम्भावनाहरु के–कस्ता देख्नुभएको छ
?
सामान्यतया चुवा विल्कुलै ग्रामिण परिवेशको वडा हो । वडाबासीको कृषि क्षेत्रमा बाहुल्यता बढी भएको र खेती योग्य जमिन पनि पर्याप्त हुँदा प्रमुख सम्भावना भनेको कृषि नै हो । कृषि क्षेत्रको विकासले यहाँका जनताको जिवन स्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने आधारहरु छन् । वडाले बनाउने नीति तथा कार्यक्रममा पनि कृषि क्षेत्रलाई विशेष महत्व दिईएको छ । जसअन्र्तगत कृषि क्षेत्रमा आत्मनिर्भर बन्नको लागि किसानहरुलाई प्रोत्साहन हुने खालका विभिन्न योजनाहरु अगाडी सारेका छौं ।
वडामा विकासमा देखिएका समस्या तथा चुनौतीहरु के–कस्ता छन् ?
भौगोलिक बनावटको कारणले पहाडी क्षेत्रमा विकास निर्माणका कार्यहरु सम्पादनमा धेरै समस्याहरु हुन्छन् । तर समस्याहरु छन् भनेर केही नै नगरी बस्ने कुरा पनि हुँदैन । यहाँ पनि विगतदेखि नै धेरै समस्याहरु थिए । २० औं वर्षसम्म स्थानीय तहको चुनाव हुन नसक्दा जनप्रतिनिधिविहीन हुँदा समयमै विकासले गति लिन नसकेको अवस्था थियो । जनप्रतिनिधि आउनुभन्दा पहिले ४०÷५० प्रतिशत काममै बिल भर्पाई भएका कागजी प्रक्रियाका यथार्थलाई चिरफार गर्दै दैनिक बैठक बस्नेदेखि लिएर वादविवाद गर्दै सही र सत् मार्गको बाटोमा सबैलाई हिंडाउने प्रयास गर्दै अगाडि बढेको छु । कुनै पनि योजनाको विनियोजित बजेटमा शतप्रतिशत काम गर्नुपर्ने प्रावधानअनुसार काममा कैफियत भेटिए रकम कट्टा गरेर दिएका छौं । जसले गर्दा एकातिर जनतामा सकारात्मक सन्देशको प्रवाह भई प्रशासन भएको अनुभूति पनि मिलेको छ भने अर्कोतर्फ सही ढंगले कार्यसम्पादन गर्नुपर्ने स्थिति बस्दै गएको छ ।
वडालाई समृद्धितर्फ लिएर जाने आधार के हो
?
विभिन्न भौतिक पूर्वाधार निर्माण, गरिब बिपन्नलाई निशुल्क शिक्षाको व्यवस्था, बेरोजगार र अपांगलाई सीपमूलक तालिम प्रदान गर्ने, चुवालाई पर्यटन र कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्ने छौँ, चुवामा सिँचाईको स्रोत नभएका कारण सिँचाई स्रोत तत्काल खोजी गरि वडालाई बाहैमास हरियाली बनाउने छौँ । आवश्यक विउविजनकालागि समन्वय गर्ने काम हामीले गर्नेछौँ । अर्को कुरा मुत्तिनाथ, पञ्चकोट लगायतका विभिन्न धार्मिक स्थलमा जाने पर्यटकलाई चुवामा र्झान सकियो भने पनि यस क्षेत्रका नागरिकको आर्थिक तथा सामजिक विकासमा टेवा पुग्ने विश्वास छ । वडामा बाह्रैमास सिंचाईको व्यवस्था मिलाउने छौँ । यसक्षेत्रमा आर्गनिक तरकारीको उत्पादनका लागि हामी किसानलाई प्रोत्साहन गर्नेछौँ । उत्पादनलाई मुख्य प्राथमिकतामा राख्यौँ भने हामी समृद्धि तर्फ जानेछौँ भन्ने विश्वास र योजना समेत बनाएका छौँ । अर्का तर्फ धौलागिरी क्षेत्रमा प्रवेश गर्ने पर्यटकलाई चुवामा रोक्न सकियो भने पर्यटनको क्षेत्रमा उल्लेखनिय काम हुने छ ।
वडामा महिला तथा बेरोजगार युवाहरुको लागि के योजना बनाउनु भएको छ ?
हाम्रो योजना बेरोजगार महिलाहरुको लागि सिप मुलक तालिम जस्तै सिलाई कटाई ब्युटीसियन लघु उधम जस्ता विभिन्न किसिमका सिप सिकाई उहाहरुलाई रोजगारी दिन सक्षम बनाउने हाम्रो योजना छ । वेरोजगार युवाहरुको लागि यहि आफ्नो देशमा केही सिपहरु सिकेर आफै देशमा रोजगारीको सिर्जना गराउने लक्ष्य दिएका छौ । यस वडामा विभिन्न उधोगहरु सन्चालन गरि वेरोजगारी युवाहरुलाई अवसर प्रदान गराउन उद्देश्य राखेको छु ।
वडाध्याक्ष भएपछि पार्टीका मान्छेलाई कतिको सहयोग गर्नु भएको छ ?
म सवैको साझा व्यक्ति हुँ । कुनै पनि कार्य गर्दा पार्टीको मान्छे होस वा अन्य मान्छे सवैलाई समान दृष्टिकोणले हरेको छु । हाम्रो वडामा भएको जुनसुकै काममा पनि समिति बनाएर सबैको समन्वयमा योजना र बजेट अनुसारमा नै सबै काम गएको छु ।
आगामी कार्ययोजना के के छ ?
शिक्षा, स्वास्थ, सडक र सामजिक स्तर उन्नती गरी गरिब, दलितका बालबालिकालाई विद्यालय भर्ना गराई सबै समुदायको आर्थिक स्तर उकास्ने कार्यमा लागेका छौ । वडामा ठुला ठुला योजना भित्राउन प्रयास गरेका छौँ ।
योजनाहरु पारित गर्दा नगर प्रमुखको कत्तिको साथ पाउनु भएको छ ?
नगर प्रमुख विकास प्रेमी र विकास गर्ने उद्देश्यलेनै आएकोले मैले राखेका एजेण्डाहरुमा कुनै रोक तोक भएन र योजना पारित गर्दा पनि नगर प्रमुखको पूर्ण साथ सहयोग रह्यो । वहाको निरन्तर साथ र सहयोगले गर्दा हामीलाई पनि कार्य सम्पादन गर्न निकै सहज भएको छ । बेला बखतमा वहाले पनि के गर्ने ? कसो गर्ने भनेर छलफल गर्दै सल्लाह दिनु हुन्छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा यस कुश्मा नगरपालिका–८ चुवाका दाजुभाइ दिदीबहिनीलाई के भन्न चाहन्छु भने यो वडाकोे विकास गर्ने जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीहरुको मात्र नभएर हामी सबैको हो । यस क्षेत्रको विकासमा तपाईं हामी सबै हातेमालो गरेर अगाडि बढ्नुपर्छ । असम्भव भन्ने केही छैन, असम्भवलाई सम्भव पार्न ऐक्यबद्धताको आवश्यकता भएको हुँदा सोहीअनुसार विकास निर्माणमा कुनै सम्झौता नगरी अगाडि बढ्नुपर्छ ।
