Correspondent, ParbatNepal
7 years ago
3471
संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचन भएको डेढ बर्ष भयो । २० वर्षदेखि जनप्रतिनिधिविहीन बनेको स्थानीय सरकार अहिले पूर्णरुपमा क्रियाशील छ । धेरै अपेक्षा, योजना र आश्वासन बोकेर आएका जनप्रतिनिधिहहरुको डेढ बर्ष अलमलमै बितेको आरोप थुप्रै सुनिन्छ । उसो त समस्या, चुनौती, जटिलताहरु पनि स्थानीय तहमा उत्तिकै छन् । नागरिकहरु चुनौतीका विचमा जनप्रतिनिधी मिहेनतमै लागेका छन् भने नागरिकहरु अवसरको प्रतिक्षामा छन् । आज हामीले फलेवास नगरपालिका–५ खानीगाउँका वडाध्यक्ष दिपक शर्मा पौडेल सँग उनी निर्वाचित भएपछिको एक बर्षको अनुभवका बारेमा कुराकानी गरेका छौँ । प्रस्तुत छ, पत्रकार साजन परियारले उनीसँग गरिएको कुराकानीको अंश ।
तपाईको राजनितिक र सामाजिक पृष्ठ भूमि बताईदिनुस न ?
म राजनितिक पृष्ठभूमीमा हुर्केको व्यक्ति हुँ । राजनितिमा मेरो
सानै देखी
रुची थियो
। मेरो
परिवार नै
राजनीतिक वातावरणमा हुर्किएको हुनाले सानैदेखि समाजप्रति उत्तरदायी हुन
सिकेको छु
। मैले
विद्यार्थी कालदेखी नै राजनिति शुरु गरेको
हुँ । स्कुल देखी
क्याम्पस तहसम्म पुग्दा राजनितिवाट धेरै सिक्ने मौका पाएँ
। विद्यार्थी कालमा सिकेको ज्ञानलाई आत्म
साथ गदै
अगडी बढँे
। अनेरास्ववियूमा आवद्ध भएर
मैले नेतृत्वको पाठ सिकेको हुँ । तत्कालिन नेकपा
एमालेको गाउँ
कार्यसमितिका विभिन्न पदमा वसेर
मैले राजनीतिक यात्रा अगाडी
बढाएको छु
। खानीगाउँ गाविसमा ३ बर्ष जति
संयन्त्र दलको
प्रतिनिधीत्व गरेँ
। पार्टीले मेरो काम
र जिम्मेवारीलाई सम्मान गदै
मलाई स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको टिकट
दियो । जनताको सेवा
गरेकै कारण
हाल खानीगाउँको वडाध्यक्ष भएर
जनताको सेवा
गर्ने मौका
पाएको छु
।
वडाध्यक्ष भएको डेढ बर्षमा के–के काम गर्नुभयो ?
हामी आएपछि जनताका आधारभूत आवश्यकता पूरा गरेका
छौँ । हामीले धेरै
चुनौती मोल्दै जनताका आवश्यकता पुरा गर्दै
आएका छौँ
। हाम्रा जनताले हामीवाट जुन अपेक्षा लिएका थिए
र हामीले चुनावमा जति
ठुला सपना
बाँडेका थियौँ
ति पुरा
गर्न सकेका
छैनौँ । यसमा विभिन्न नीतिगत र प्रक्रियागत समस्या रहेको कुरा
कसैबाट छिपेको छैन् । तर, निराश भैहाल्नुपर्ने अवस्था छैन् । हामी काम
गर्दैछौँ । सबै कुरा
एकैपटक हुँदैनन् । विस्तारै विकासले गति
लिन्छ भन्ने
मेरो विश्वास छ । हामीले खानीगाउँमा अहिले मुडिकुवा हुँदै पक्कि
सडक बनाईसकेका छौँ । हामीले खानीगाउँलाई जिल्लाकै दोस्रो पूर्ण सरसफाई युक्त वडा
घोषणा गरेका
छौँ । गाउँमा जुवातास मदिरा बिक्रि वितरणमा रोक
लगाएका छाँै
। यहाँका नागरिकहरुलाई विभिन्न आय मुलक
सिप सिकाउन स्वरोजगार मुलक
तालिम दिएका
छौँ । यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी लगायत जनता
सँग प्रत्यक्ष सरोकार राख्ने बिषयमा हामी
केन्द्रित भएर
काम थालेका छाँै । सडक विस्तारको क्रममा नयाँ
ट्याकहरु खोल्न
सफल पनि
भएका छौं
। हामीले वडाका
सबै सडक
८–११
मिटर फराकिलो बनाएका छौँ
। गण्डकी प्रदेश सरकारले तिन
जिल्ला जोड्ने गरि निर्माण गर्न लागेको स्याङजाको नौडाँडा, पर्वतको कार्कीनेटा हुँदै खानीगाउँ, जैमिनीघाट हुँदै
बागलुङ जोड्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकमा
रहेको सडकलाई जोड्न थालेका छौँ । त्यस्तै जैमिनीघाटबाट बाटो चक्लाबन्दी गदै झकलाक
हुँदै चितीपानी, शंकरपोखरी जोडेका छौँ । यो सडक
फलेवास नगरपालिका र प्रदेश राजधानी जोड्ने रणनीतिक सडक
हो । हामीले ‘एक घर एक
धारा’ जोड्ने अवधारणा पनि
तयार पारेका छौँ । सडकको अवस्था राम्रो हुँदामात्र सहजता आउँछ
भन्ने कुरालाई हामीले बुझेर
नै सडक
विस्तार र नयाँ ट्रयाक खोल्ने कुरालाई प्राथमिकतामा राखेका हौँ । अरु थप
विकास निर्माणका कार्य र वडाबाट जनतालाई प्रदान गर्ने
सेवा सुविधालाई प्रभावकारी र सहज बनाउन
हामीले ठूलै
प्रयास गरेको
महसुुस भैरहेको छ । जुन कुरा
मैले भन्दा
जनताको मुखबाट हजुरले सुन्न
पाउनुहुन्छ ।
जनताले महसुस गर्ने खालका काम भएजस्तो लाग्छ ?
जनप्रतिनिधिहरु निर्वाचित भइसके पछि
प्रत्यक्ष अप्रत्यक्ष रुपमा जनताप्रति हामी उत्तरदायी बनेका छौं
। रोकिएका कामहरु, बर्ष अगाडि कागजमा मात्र सिमित
भएका कुराहरु व्यवस्थापन गर्न,
अत्यावश्यक कुराहरु जस्तै बाटोघाटो, शिक्षा, स्वास्थ्य, खानीपानी र सरसफाईलाई प्राथमिकताका साथमा अगाडि
बढाउने र महिला, पिछडिएका वर्ग, जनजाती, दलित सबै
वर्ग र तहका समुदायलाई नेतृत्व विकास,
उद्धमशिलता जस्ता
कुराहरुमा आत्मनिर्भर बनाउने कार्यमा अगाडि बढिरहेका छौँ । जनताले प्रत्यक्ष महसुस गर्नेगरी विकास निर्माणका कार्यमा लागिरहेका छौं ।
वडा भित्रका मुख्य समस्या के हुन् त ?
भौगोलिक रुपमा सुगम रहे पनि हाम्रो वडामा अहिले खानेपानीको समस्या छ । सिँचाईका लागि फलेवास सिँचाई कुलो मर्मत नहुँदा विग्रिँदै गएको छ । नगरपालिकाको केन्द्र तोकेपनि हामी खुल्ला आकाशकै अवस्थामा छौँ । यूवाहरु विदेश कुदिरहनुभएको छ । यहाँको मुख्य समस्या भनेकै बेरोजगार हो । यहाँका अधिकाँस युवाहरु विदेश पलायन हुनुपर्ने बाध्यता छ । गाउँमा दक्ष जनशक्तिको अभाव छ । गाउँमा भएका महिलाहरु पनि चुलोचौकोमा मात्र सिमित छन् । उनीहरुलाई आत्म निर्भर बनाउन आवश्यक सिप मुलक तालिम संचालन गर्नुपर्ने आवश्यक छ । यहाँका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा छैन । त्यसकारण गरिव जनताहरुले दुख गरेर नीजि विद्यालयमानै पढाउनु पर्ने बाध्यता छ । त्यस कारण हामीले सामुदायिक विद्यालयको गुणस्तर बृद्धिमा ध्यान दिएका छौं, कार्यक्रमहरु पनि सञ्चालन गरियो । वडाका अपांग र छात्रामैत्री छैनन् । छात्राहरुले महिनावारीको समयमा विद्यालय छाड्नु पर्ने अवस्था छ । सुविधा सम्पन्न अस्पतालको आवश्यक छ । वडाबासीहरु औषधी उपचारका लागि पोखरा, काठमाडौँ जानुपर्ने अवस्था छ । खानेपानीको अवस्था पनि त्यस्तै चिन्ता जनक छ । हामीले ‘एक घर एक धारा’ कार्यक्रम पनि लागू गदै छौँ । बृहत फलेवास खानीपानी योजना अन्र्तगत वडाका सबैै घरमा धारा जडान हुन लागेको छ । कृषिमा पनि राम्रो सम्भावना छ । उहाँका युवाहरुलाई कृषि पेशामा आकर्षण गर्न सकियो भने यहाँका नागरिकहरुको जिवनस्तर धेरै माथि उठ्ने थियो । म यहाँको स्थानीयबासी भएका कारण पनि यहाँ समस्या र चुनौतीका विषयमा म पूर्ण जानकार छु । यहाँको समस्या समधान गर्न म कार्यभार सम्हाले देखिनै विषेश महत्व दिएर लागेको छु । वडाको विकासमा थुप्रै समय खर्च गरेको छु ।
पाँच बर्षमा वडालाई कस्तो बनाउने योजना छ ?
सोँच र चाहना
त ठूलो
छ । तर, ती सबै यही
कार्यकालमा पूरा
गर्न असम्भव छ । यो पाँच
वर्षे कार्यकालमा बजेटले भेट्ने र वार्डलाई आवश्यक सम्पूर्ण कामहरु निष्पक्ष रुपमा सम्पन्न गर्नेछु । मेरो कार्यकालमा बजेटले भ्याएसम्म कालोपत्रे सहितका व्यवस्थित सडकहरु हुनेछन् । वडा भित्रका सबै सडक
८–११
मिटर फराकिलो हुनेछन् । यस वडामा
सुविधा सम्पन्न खेलमैदान निर्माण गर्ने छौँ
। यहाँका सबै विद्यालय प्रबिधीमैत्री बनाउने योजना छ । यस
क्षेत्रमा साना तथा
मझौला उद्योगहरुको स्थापना गरेर
यहाँका युवाहरुलाई स्वरोजगार बनाउने सपना देखेको छु । बेरोजगारीको समस्याबाट ग्रसित युवा पुस्ता आज खानीगाउँबाट सयौंको संख्यामा विदेश पलायन
भइरहेका छन्
। उनीहरूलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न
सुलभ मूल्यमा मलबीउको उपलब्धता, कृषि अनुदान र व्यावसायिक तालिमको व्यवस्था गरिने छ । कृषियोग्य जमिनमा सिँचाइको व्यवस्था गरी
व्यावसायिक कृषि
पशुपालन र तरकारी खेतीमार्फत कृषकहरूको जीवनस्तर उकास्न पहल
गर्नेछु । खेल क्षेत्रको विकासका लागि
सुविधा सम्पन्न खेलमैदान र कभर्ड हलको
निर्माण गर्न
पहल गर्नेछु ।
वडाका अन्य राजनीतिक दलसँग कसरी सहकार्य गर्दै गर्नुभएको छ ?
म पनि राजनिति गरेर आएको
व्यक्ति हुँ
। मूलतः
यो स्थानीय सरकार हो
। यसलाई
नेपालको संविधान २०७२ ले
पर्याप्त अधिकारसँगै स्थानीय सरकारको रूपमा स्वीकार गरेको छ । यति
हुँदाहुँदै पनि
खानीगाउँका सबै राजनीतिक दलका साथीहरूसँग छलफल र समन्वय गरी
यहाँका समस्या समाधान गर्न
सहकार्य गरिरहेका छौँ । तत्कालिन एमालेको तर्फवाट टिकट
पाएर म प्रतिनिधी भएपनि
म सबैको
साझा व्याक्ति भएको छु
। म साझा भएपछि
मैले गर्ने
निर्णय साझा
हुन्छन् । नेपाली काँग्रेस, राप्रपा, जनमोर्चा लगायतका पार्टि मात्रै हैन
सर्वसाधारण सबैका
विचार आफैँमा महत्वपूर्ण छन्
। वडाको
विकासमा सबैको
सहयोग आवश्यक छ । सबैको सहकार्य आवश्यक छ । राजनीतिवाट निरपेक्ष रहेर
सबैलाई समान
हैषियतमा सम्मान गरेकै कारण
सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेका
छन् । व्यक्तिगत स्वार्थ भयो भने
टकराव बढ्न
सक्छ । हामीले राजनीतिक, व्याक्तिगत र साना कुरामा बिबाद गर्ने
हो भने
जनताका काम
अवरुद्ध हुन्छन् र जनताले राहातको महसुस
गर्दैनन् । हामी सहकार्यलाई आत्मासाथ गरि
कार्यसम्पादन गरिरहेका छौँ ।
खानीगाउँले मन्त्री पनि पायो, उपमेयर पनि यहाँको हुनुहुन्छ । मेयर पनि तपाईकै पार्टी समर्थक हुनुहुन्छ । खानीगाउँ विकासमा अगाडी हुनुपर्ने भन्ने कुरा सुनिन्छ नि ।
हामी आफैमा भाग्यमानी छौँ । यहि वडाको नेता विकास लम्साल प्रदेशसभाको माननिय मन्त्री बन्नुभएको छ । उपमेयर मन्जु अधिकारी पनि यहि वडाको हुनुहुन्छ । मेयर पदमपाणी शर्मा पनि मेरो समर्थक पार्टिको हुनुहुन्छ । यहि कारण खानीगाउँ विकासमा अगाडी हुनुपर्ने कुरामा तपाई जस्तै अरुको पनि आँकलन हुनु नौलो हैन् । मन्त्री, उपमेयर यहि वडाको हुँदैमा सबै विकास यहाँ हुनुपर्छ भन्ने छैन् । पहुँच भएको ठाउँमा मात्रै विकास भयो भने अरु ठाउँमा हुँदैन् । समानुपातिक विकास भयो भने मात्रै देश अगाडी बढ्छ । स्वभाविक रुपमा मन्त्री ज्यूले खानीगाउँको विकासमा धेरै लगानी गर्नुभएको छ । उपमेयर र मेयर पनि यहि वडा केन्द्र भएकाले यहाँको विकासमा केन्द्रित भएर सकरात्मक सहयोग गरिरहनुभएको छ । खानीगाउँ फलेवासका सबै वडामध्ये विकासमा अगाडी रहेको सबैले देखेका छन् । तर यो विकास मन्त्री, उपमेयर, मेयर र मेरो प्रयासले मात्रै भन्दा पनि सबै समूदाय, वर्ग, व्याक्ति र संस्थाको कारण पनि विकासमा अगाडी बढेको मेरो ठहर छ ।
वडाले प्रदान गर्ने सेवा र दिने सुविधामा ढिलासुस्ती हुन्छ भन्ने जनताको गुनासो छ नि ?
हामीले चाहेर ढिलासुस्ती गरेकै छैन
। जनताको सेवालाई चुस्त
र छिटो
बनाउन हामी
लागि परेका
छौं । केही कुराको पनि प्रक्रिया हुन्छ । ती प्रक्रिया त जनताले पूरा गर्नुपर्छ नि । हामी पनि
नयाँ छौं,
हामीले पनि
धेरैकुरा सिकिरहेकै पनि छौं
। यहाँबाट प्रदान गरिने
सेवालाई छरितो
पार्ने कार्य
जारी छ । आर्थिक पक्षमा हामीले निश्चित पकृया
पूरा गर्ने
पर्छ, त्यसका लागि केही
समय लाग्न
सक्छ । यसलाई अन्यथा मान्नु हुन्न
। हामी
कसैलाई भेदभाव नगरी सहज
ढंगले सेवा
प्रदान गर्ने
कुरामा प्रतिबद्ध छौँ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ
?
तपाईंहरुसँग गरेका प्रतिवद्धताहरु हामी अबश्य
पूरा गछौं
। धैर्य
गर्नुभएको छ,
जसका लागि
म आभार
प्रकट गर्छु
। २०
वर्षपछि भएको
निर्वाचनबाट यहाँहरुले धेरै अपेक्षा गर्नु, र छिटोछिटो काम
होस् भन्ने
चाहनु ठिकै
हो । हामी प्रतिनिधी जनताकै लागि
हो । तपाईंहरुसँग गरेका
प्रतिवद्धता पुरा
हुने छन्
धैर्य गर्नुहोस् । र पर्वत नेपाल
अनलाईन पत्रिकाले पर्वत जिल्लाका गतिविधीलाई समेटेर अगाडी बढेको
छ । जनताको मन
जितेको छ । आगमी
दिनमा पनि
सत्य तथ्य
र चेतना
मुलक जानकारीलाई प्राथमिकता दिएर
विकास र समृद्धि टेवा
पुग्ने पत्रकारिता गर्नुहोला धन्यवाद ।
