Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

3063




जीन्दगीनै समाजसेवाका लागि सुम्पेको छु ।
जीन्दगीनै समाजसेवाका लागि सुम्पेको छु ।

सामाजिक सेवा विकासको थालनी आफ्नै क्षेत्रबाट गर्नुपर्छ भन्ने मान्यता बोकेर निरन्तर सामाजिक काममा सक्रिय एक योद्धा हुन् दुर्गा गुरुङमिलन पर्वतको मोदी गाउँपालिका बाजुङमा जन्मिएका गुरुङ हाल हङकङमा छन् समाजको तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर सेवा गर्दै आएका गुरुङ मुलुकलाई केन्द्रमा राखेर सेवामा जुटेको छन् उनले मिलन फाउण्डेशन नेपाल नामक संस्था खोलेर सामाजिक काम गर्दै आएका छन् उक्त संस्थाको गुरुङ संरक्षक हुन भने उनकी श्रीमती गंगा गुरुङ संस्थाको अध्यक्ष हुन्  यसै विषयमा हामीले उनको जीवनी सँगैमिलन फाउण्डेशन नेपालनामक संस्थाका बिषयमा केन्द्रित रहेर पत्रकार साजन परियारले गर्नुभएको कुराकानी

मिलन फाउण्डेशन नेपाल नामक संस्था कस्तो संस्था हो ?

यो संस्था मुनाफारहित सामाजिक संस्था हो संस्थाको विधानमा हामीले नेपालको दुर्गम क्षेत्रमा पनि शिक्षा स्वास्थ्य मा काम गर्ने भनेर उल्लेख गरिएको यसले विशेष गरि शिक्षा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको संस्था स्थापना भएको बर्ष पुरा भयो हामीले २०७१ सालमा स्थापना गरेका हौँ यसको सदरमुकाम कुश्मा बजारमा कार्यालय रहेको यस संस्थाले खासगरी, पर्वत जिल्ला लगायत नेपालका विभिन्न ग्रामीण बस्तीहरुमा शिक्षा स्वास्थ्य क्षेत्रमा सामाजिक सेवामूलक कार्य गर्दछ ग्रामीण क्षेत्रको शैक्षिकस्तर उकास्न तथा स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउनका निमित्त सरकारी एवं गैरसरकारी संघसंस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने कार्यमा यस संस्था प्रतिबद्ध पर्वत जिल्ला तथा नेपालका गरिब, जेहेन्दार, दलित, पिछडिएको वर्ग, अल्पसंख्यक समुदायका विद्यार्थीहरुको शैक्षिकस्तर सुधार्नका लागि छात्रवृत्ति, खेलकुद सामग्री लगायतका शैक्षिक सामग्रीहरु प्रदान गदै आएको त्यस्तै पिछडिएको वर्ग, गरिब तथा जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री वितरण एवं विभिन्न निःशुल्क स्वास्थ्य शिविर, रोजगारमूलक तथा सीपमूलक तालिमलगायतका कार्यमा पनि सक्रिय हुँदै आएको


संस्था खोल्नुका पछाडी के के उदेश्य रहेका छन् ?

संस्था खोल्नु मेरो एउटै उद्देश्य नितान्त समाजसेवा गर्ने यो संस्थाले मुलुकका सबै क्षेत्रमा रहेका गरिब, जेहेन्दार, दलित, पिछडिएको वर्ग अल्पसंख्यक समुदायका बालबालिकालाई शिक्षा क्षेत्रवाट बञ्चित हुन नदिनु हो त्यस्तै गरि कृषि, ऊर्जा, वन, शैक्षिक, ग्रामीण पूर्वाधार जस्ता क्षेत्रमा सरकारी, गैरसरकारी क्षेत्रबाट गरिने कार्यक्रमहरुलाई समावेश गरी विभिन्न वर्गलाई हित का गर्ने लक्ष्य रहेको बालबालिकालाई खेलकुदका माध्यमबाट समेत देशको नाम विश्वमा परिचित गराउनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्व राख्ने विभिन्न खेलकुदहरु युवा, विद्यार्थीलाई कक्षाकै रुपमा सिक्ने सिकाउने कार्य सञ्चालन गर्ने महिला तथा विपन्न वर्गको सँगसँगै अन्य वर्गका जातजातिहरुमा पनि समूह गठन गरी आफ्ना आवश्यकताहरु आफैं पहिचान गरी समाधान गर्न उत्प्रेरित गर्ने लक्षित वर्ग, युवालगायत समाजमा रहेका सम्पूर्ण वर्ग तथा समुदायका व्यक्तिहरुलाई व्यवसायको रुपमा अँगाली आत्मनिर्भर हुन सक्ने खालका विभिन्न सीपमूलक तालिमहरुको व्यवस्था गर्ने वृद्धवृद्धा, महिला तथा बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यहरु गर्ने वातावरण संरक्षणका लागि वृक्षारोपण, वन व्यवस्थापन भूक्षय नियन्त्रणका लागि समुदायमा रहेका व्यक्तिहरुलाई क्रियाशील बनाउने ।। सामाजिक सेवाका लागि स्थापना भएका समान उद्देश्य रहेका राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय संघ, संस्थाहरुसँग समन्वय सहकार्यमा सहयोगको आदानप्रदान गरी समाज परिवर्तनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने


तपाईलाई समाजसेवामा लाग्ने प्रेरणा कसरी मिल्यो ?

मैले मेरो जीवन नै समाजसेवाका लागि सुम्पेको छु समाज जन्मिसकेपछि केही गर्न पर्छ भन्ने मेरो पहिलै देखिको सोच थियो गाउँमा कसैलाई दुःख परेको देखेभने मलाई अप्ठ्यारो लाग्थ्यो हाम्रो गाउँ विकटमा पर्छ त्यहाँ स्कुल थिएन स्वास्थ्य अवस्था त्यस्तै थियो गाउँमा खानेपानीको समस्या त्यस्तै थियो यि घटनाहरुले मलाई झस्काईरहन्थ्यो गाउँका अधिकाँश बालबालिका विद्यालय बाहिर देख्दा मन खिन्न हुन्थ्यो त्यस्तै आर्थिक अवस्थाका कमजोर भएका कारण रोग लुकाएर बसेका महिलादिदि बहिनीहरु देख्दा झन् पीडा हुन्थ्यो अर्को कुरा मेरो बुवा सामजिक काममा निकै खट्नु हुन्थ्यो गाउँमा धार्मिक तथा विकास निर्माणमा उहाँका सक्रियता देख्दा मलाई थप उर्जा प्राप्त भयो बुवाले बाजुङमा धेरै सामाजिक काम गर्नुृभएको उहाँकै पहलमा विद्यालय, स्वास्थ्य चौकी, खानेपानी, मन्दिर निर्माण लगायतका विभिन्न सामाजिक तथा रचनात्मक काम गर्नुभएको थियो सामजिक काममा सर्वप्रथम बुवावाट प्ररित भएँ त्यसपछि श्रीमती छोराहरुको साथ मिल्यो झन् उर्जा प्राप्त मिल्यो काम गदै गएपछि सबैको साथ पाएँ अहिले धेरै ठाउँवाट फोन आउँछ हजुर जस्ता संञ्चारकर्मीहरुको साथ मिलेको आफ्नो बाल्यकालदेखि नै समाजमा पीरमर्का समस्या बुझेको भएर पनि होला मलाई यो क्षेत्रमा लाग्ने अवसर प्राप्त भयो  

परदेशमा बसेर स्वदेशमा सामाजिक काम गर्न सजिलो छैन होला नि ?

सबैभन्दा पहिलो कुरा इच्छा शक्ति हो त्यो इच्छा शक्ति मनवाट आउनु पर्दछ परदेशी जीवन स्वदेशमा भएजस्तो किन हुन्थ्यो रु मेरो अधिकांश समय काम गर्दैमा बित्छ बाँकी रहेको समय साथीभाई भेटघाट तथा सामजिक सेवामा खर्च गर्छु मलाई काम गर्न अप्ठ्यारो छैन सामाजिक काम गर्दा आनन्द प्राप्त हुन्छ दुःखी गरिवको ओठमा मुस्कान देख्दा खुशी लाग्छ त्यसैले पनि होला मैले काम गर्दा अप्ठ्यारो लाग्दैन समाजसेवामा समर्पित हुँदा जीवनमा सबै भन्दा बढि उर्जा प्राप्त भएको महसुस गरेको छु  

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( अन्तर्वार्ता)