Correspondent, ParbatNepal
7 years ago
3063
सामाजिक
सेवा र विकासको
थालनी आफ्नै क्षेत्रबाट
गर्नुपर्छ भन्ने मान्यता
बोकेर निरन्तर सामाजिक काममा सक्रिय
एक योद्धा हुन्
दुर्गा गुरुङ ‘मिलन’
। पर्वतको मोदी गाउँपालिका
५ बाजुङमा जन्मिएका गुरुङ हाल
हङकङमा छन् ।
समाजको तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर सेवा
गर्दै आएका गुरुङ
मुलुकलाई केन्द्रमा राखेर सेवामा
जुटेको छन् ।
उनले मिलन फाउण्डेशन
नेपाल नामक संस्था
खोलेर सामाजिक काम गर्दै
आएका छन् ।
उक्त संस्थाको गुरुङ संरक्षक
हुन भने उनकी
श्रीमती गंगा गुरुङ
संस्थाको अध्यक्ष हुन् ।
यसै विषयमा हामीले
उनको जीवनी सँगै
‘मिलन फाउण्डेशन नेपाल’ नामक
संस्थाका बिषयमा केन्द्रित
रहेर पत्रकार साजन परियारले
गर्नुभएको कुराकानी ।
मिलन फाउण्डेशन नेपाल नामक संस्था कस्तो संस्था हो ?
यो संस्था मुनाफारहित सामाजिक संस्था हो । संस्थाको विधानमा हामीले नेपालको दुर्गम क्षेत्रमा पनि शिक्षा र स्वास्थ्य मा काम गर्ने भनेर उल्लेख गरिएको छ । यसले विशेष गरि शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । संस्था स्थापना भएको ४ बर्ष पुरा भयो । हामीले २०७१ सालमा स्थापना गरेका हौँ । यसको सदरमुकाम कुश्मा बजारमा कार्यालय रहेको छ । यस संस्थाले खासगरी, पर्वत जिल्ला लगायत नेपालका विभिन्न ग्रामीण बस्तीहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक सेवामूलक कार्य गर्दछ । ग्रामीण क्षेत्रको शैक्षिकस्तर उकास्न तथा स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउनका निमित्त सरकारी एवं गैरसरकारी संघसंस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने कार्यमा यस संस्था प्रतिबद्ध छ । पर्वत जिल्ला तथा नेपालका गरिब, जेहेन्दार, दलित, पिछडिएको वर्ग, अल्पसंख्यक समुदायका विद्यार्थीहरुको शैक्षिकस्तर सुधार्नका लागि छात्रवृत्ति, खेलकुद सामग्री लगायतका शैक्षिक सामग्रीहरु प्रदान गदै आएको छ । त्यस्तै पिछडिएको वर्ग, गरिब तथा जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री वितरण एवं विभिन्न निःशुल्क स्वास्थ्य शिविर, रोजगारमूलक तथा सीपमूलक तालिमलगायतका कार्यमा पनि सक्रिय हुँदै आएको छ ।
संस्था खोल्नुका पछाडी के के उदेश्य रहेका छन् ?
संस्था खोल्नु मेरो एउटै उद्देश्य छ । नितान्त समाजसेवा गर्ने । यो संस्थाले मुलुकका सबै क्षेत्रमा रहेका गरिब, जेहेन्दार, दलित, पिछडिएको वर्ग र अल्पसंख्यक समुदायका बालबालिकालाई शिक्षा क्षेत्रवाट बञ्चित हुन नदिनु हो । त्यस्तै गरि कृषि, ऊर्जा, वन, शैक्षिक, ग्रामीण पूर्वाधार जस्ता क्षेत्रमा सरकारी, गैरसरकारी क्षेत्रबाट गरिने कार्यक्रमहरुलाई समावेश गरी विभिन्न वर्गलाई हित का गर्ने लक्ष्य रहेको छ । बालबालिकालाई खेलकुदका माध्यमबाट समेत देशको नाम विश्वमा परिचित गराउनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्व राख्ने विभिन्न खेलकुदहरु युवा, विद्यार्थीलाई कक्षाकै रुपमा सिक्ने र सिकाउने कार्य सञ्चालन गर्ने । महिला तथा विपन्न वर्गको सँगसँगै अन्य वर्गका जातजातिहरुमा पनि समूह गठन गरी आफ्ना आवश्यकताहरु आफैं पहिचान गरी समाधान गर्न उत्प्रेरित गर्ने । लक्षित वर्ग, युवालगायत समाजमा रहेका सम्पूर्ण वर्ग तथा समुदायका व्यक्तिहरुलाई व्यवसायको रुपमा अँगाली आत्मनिर्भर हुन सक्ने खालका विभिन्न सीपमूलक तालिमहरुको व्यवस्था गर्ने । वृद्धवृद्धा, महिला तथा बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यहरु गर्ने । वातावरण संरक्षणका लागि वृक्षारोपण, वन व्यवस्थापन र भूक्षय नियन्त्रणका लागि समुदायमा रहेका व्यक्तिहरुलाई क्रियाशील बनाउने ।। सामाजिक सेवाका लागि स्थापना भएका समान उद्देश्य रहेका राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय संघ, संस्थाहरुसँग समन्वय र सहकार्यमा सहयोगको आदानप्रदान गरी समाज परिवर्तनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने ।
तपाईलाई समाजसेवामा लाग्ने प्रेरणा कसरी मिल्यो ?
मैले मेरो जीवन नै समाजसेवाका लागि सुम्पेको छु । समाज जन्मिसकेपछि केही गर्न पर्छ भन्ने मेरो पहिलै देखिको सोच थियो । गाउँमा कसैलाई दुःख परेको देखेभने मलाई अप्ठ्यारो लाग्थ्यो । हाम्रो गाउँ विकटमा पर्छ । त्यहाँ स्कुल थिएन । स्वास्थ्य अवस्था त्यस्तै थियो । गाउँमा खानेपानीको समस्या त्यस्तै थियो । यि घटनाहरुले मलाई झस्काईरहन्थ्यो । गाउँका अधिकाँश बालबालिका विद्यालय बाहिर देख्दा मन खिन्न हुन्थ्यो । त्यस्तै आर्थिक अवस्थाका कमजोर भएका कारण रोग लुकाएर बसेका महिलादिदि बहिनीहरु देख्दा झन् पीडा हुन्थ्यो । अर्को कुरा मेरो बुवा सामजिक काममा निकै खट्नु हुन्थ्यो । गाउँमा धार्मिक तथा विकास निर्माणमा उहाँका सक्रियता देख्दा मलाई थप उर्जा प्राप्त भयो । बुवाले बाजुङमा धेरै सामाजिक काम गर्नुृभएको छ । उहाँकै पहलमा विद्यालय, स्वास्थ्य चौकी, खानेपानी, मन्दिर निर्माण लगायतका विभिन्न सामाजिक तथा रचनात्मक काम गर्नुभएको थियो । सामजिक काममा सर्वप्रथम म बुवावाट प्ररित भएँ । त्यसपछि श्रीमती छोराहरुको साथ मिल्यो झन् उर्जा प्राप्त मिल्यो । काम गदै गएपछि सबैको साथ पाएँ । अहिले धेरै ठाउँवाट फोन आउँछ । हजुर जस्ता संञ्चारकर्मीहरुको साथ मिलेको छ । आफ्नो बाल्यकालदेखि नै समाजमा पीरमर्का र समस्या बुझेको भएर पनि होला मलाई यो क्षेत्रमा लाग्ने अवसर प्राप्त भयो ।
परदेशमा बसेर स्वदेशमा सामाजिक काम गर्न सजिलो छैन होला नि ?
सबैभन्दा पहिलो कुरा इच्छा शक्ति हो । त्यो इच्छा शक्ति मनवाट आउनु पर्दछ । परदेशी जीवन स्वदेशमा भएजस्तो त किन हुन्थ्यो र रु मेरो अधिकांश समय काम गर्दैमा बित्छ । बाँकी रहेको समय साथीभाई भेटघाट तथा सामजिक सेवामा खर्च गर्छु । मलाई काम गर्न अप्ठ्यारो छैन । सामाजिक काम गर्दा आनन्द प्राप्त हुन्छ । दुःखी गरिवको ओठमा मुस्कान देख्दा खुशी लाग्छ । त्यसैले पनि होला मैले काम गर्दा अप्ठ्यारो लाग्दैन । समाजसेवामा समर्पित हुँदा जीवनमा सबै भन्दा बढि उर्जा प्राप्त भएको महसुस गरेको छु ।
