Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2330




पर्वतको समृद्धिमा देशबिदेशबाट लगानी जुटाउनु पर्छ : केदारनाथ शर्मा
पर्वतको समृद्धिमा देशबिदेशबाट लगानी जुटाउनु पर्छ : केदारनाथ शर्मा



पर्वत उद्योग बाणिज्य संघको हालै सम्पन्न १६ औँ अधिबेशनबाट अध्यक्षमा निर्वाचित केदारनाथ शर्माका योजना,व्यवसायिक हकहित, पर्वतको विकासमा उहाँले गर्ने कार्यहरुको बारेमा धेरैले चासोको रुपमा हेरेका छन् । उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग बाणिज्य संघले पर्वतको बदलिँदो अवस्थामा धेरै काम गर्नुपर्ने दायित्व छ । ति दायित्व बोकेर अध्यक्षमा निर्वाचित शर्मासंग रोशन तिवारीले गर्नुभएको संवाद । 

तपाईँ उद्योग बाणिज्य संघ पर्वतको अध्यक्ष बन्नुभएकोमा कस्तो लाग्दैछ । 

स्वभाविक रुपमै खुशी लागेको छ । त्यो मात्रै हैन म माथी ठुलो जिम्मेवारी थपिएको महशुस गरेको छु । व्यवसायीहरुको ठुलो बिश्वास आर्जन गरेको छु यसलाई जिवन्त तुल्याउनुपर्ने दायित्व पनि मेरो काँधमा आएको छ । पर्वतको व्यवसायीक विकास र जिल्लाको विकास पनि संगै गर्नुपर्ने दायित्वमा मैले आफुलाई समर्पित गर्नुपर्ने भएकाले म हिजो जस्तो हैन अझै भारी दायित्व वोक्न आएको छु भन्ने ठानेको छु । 

यहाँका प्राथमिक योजना के के हुन् ।

मैले भन्दै आएको छु कि ‘एकतामा सबैभन्दा ठुलो बल हुन्छ‘ म व्यवसायिक एकतामा जोड दिएर काम गर्नेछु । उद्योग बाणिज्य संघको नयाँ नेतृत्वलाई यहाँका व्यवसायीहरुले आशाको नजरले हेरेका छन् । त्यसैले मैले खास गरि समग्र व्यसायीको हकहित संरक्षण गर्ने, व्यवसायको प्रवर्दन गर्दै आर्थिक समृद्धिमा लाग्ने मेरो योजना छ । स्थानीय, प्रदेश, केन्द्र संग सहकार्य गरि ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाका महत्वको उजागार गरि पर्वतमा पर्यटन प्रवर्दन गर नयाँ ढंगले पर्यटन क्षेत्रको विकास गर्ने मेरो कार्यकालका महत्पूर्ण योजना हुन् । त्यसका अलवा कुश्मामा एक शाखा र जलजलामा उपशाखा रहेको उद्योग बाणिज्य संघको ७ वटै स्थानीय तहमा उपशाखा बिस्तार गर्ने मेरो लक्ष्य रहेको छ । 

पर्वतका व्यवसायीका समस्या के के देख्नुभएको छ । 

कर प्रणालीमा समस्या छ । पोखरामा कर तिर्न जानुपर्छ । पर्वतमा संघीयता संगै व्यापार, व्यवसाय खस्कँदो छ । ७७ जिल्लामा संक्रमण भएजस्तै कुश्मामा पनि त्यस्तै प्रभाव छ  । बढि मात्रामा होहल्लाले पनि यहाँका व्यवसायीहरु आत्तिएका छन् । तर आत्तिनुपर्ने अवस्था छैन् । कालिगण्डकी लोकमार्ग बन्दे छ । कालिगण्डकी करिडोर बनिसकेको छ । हामीले बलेवाको कैया बाट कुश्मा जोड्ने बेलिव्रिज बनाउन पहल गर्नेछौँ । यसो भएमा सडकको समस्या रहन्न । आन्तरिक राजस्व कार्यालय पोखराको शाखा पर्वतमा स्थापना गर्न हामीले पहल गरिरहेका छौँ । कर तिर्न पोखरामा जानुपर्ने बाध्यता टर्नेछ । कालिगण्डकी लोकमार्ग र करिडोर चीन संग जोडिएमा पर्वतको सदरमुकाम कुश्मा पारवाहनको हव वन्ने निश्चित छ । चिनिया सामान उत्तर हुँदे दक्षिण सम्म ओहोरदोहोर हुँदैछन् । कुश्मामा थोक सामानको भण्डारण केन्द्र बनाउने हाम्रो सोच छ । यहाँ निकासीको समस्या रहेको छ । यहाँका उद्यमीलाई गुणस्तर उत्पादन गरेर निर्यातलाई हामीले बढाउन पहल गर्नेछौँ । यसो भयो भने समस्याहरु समाधान हुनेछन् । तत्कालका लागि समस्या देखिएजस्तो भएपनि भविष्यमा कुश्मा व्यापार र व्यवसायको हव वन्दैछ त्यसैले समस्या ठुलो हैन तर हाम्रो योजना पुरा कसरी गर्ने भन्नेमा हामी बढि ध्यान दिनुपर्छ भन्ने लाग्छ । 

तपाईले चुनावको बेला गरेका बाचा कति पुरा होलान कति अधुरा ?

हो, साँच्चै मैले चुनावको बेला मत माग्नका लागि नभएर सबै पर्वतबासीहरुले चाहेको योजना बाँडेको हो । र सबै काम हामीले गर्न सक्ने खालका छन् । कतिपय सम्पन्न हुने चरणमा रहेका छन् र कतिपय भविष्यमा हामीले पुरा गर्र्दैछौँ । हामी आफैँले त्यो काम गर्ने हैन हामीले समन्वय गर्ने हो । मैले त्यहि भनेको छु । मैले भनेको थिएँ । पोखरालाई पर्वत सम्म जोड्ने गरि हामीले सुरुङमार्ग बनाउने योजना अवको केहि वर्ष पछि पुरा हुँनेछ । कुश्मा बलेवा यान्त्रिक पुललाई विस्तार गरि बलेवाको शिर भैरवस्थानसम्म पुराउने योजना भविष्यमा पुरा हुनेछ । पोखरामा अन्तराष्टिय विमानस्थल बन्दै गरेको अवस्थामा त्यहाँबाट विस्थापित प्यराग्लाइडिङ सञ्चालन गर्न सकिन्छ त्यसको संभावना हामीले खोजी गर्नुछ । हामीले हरेक पालिकामा एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेका छौँ । 

तपाईले सबैको सहयोग जुटाउन के गर्नुहुन्छ । 

मलाई त सबैले सहयोग गर्नुभएको कुरा मत दिएको कुराले प्रमाणित गर्छ । सबै व्यवसायीहरु संग मेरो सहकार्य हुनेछ । म कुनै पार्टिले मन पराएको भन्दा पनि व्यवसायीले मन पराएको व्याक्ति हो । मैले कुनै पनि व्यवसायीहरुलाई राजनीतिको आँखाले हरेको छैन् । चुनावमा दुई खेमामा प्रतिस्पर्धा गरेका साथीहरु पनि अनुभवी हुनुहुन्छ । खारिएका हुनुहुन्छ । उहाँहरुलाई पनि मैले संधै सम्मान गरेर अगाडी बढ्ने छु । उहाँहरुको पनि सहयोग मलाई जरुरी छ । 

विदेशमा वस्ने नेपालीहरुलाई के भन्नुहुन्छ । 

बिदेशमा बस्ने नेपालीलाई म पर्वत फर्किन आग्रह गर्छु ।अव विदेशमा मात्रै वस्ने हैन । आउनुहोस पर्वतमा लगानी गर्नुहोस् । एन. आर. एन साथीहरुले पर्यटनको थुप्रै संभावना छ यसमा लगानी गर्नुहोस भन्छु । पर्यटनको क्षेत्रमा, व्यवसायको क्षेत्रमा लगानी गर्नुहोस, पारवाहनमा लगानी गर्न सक्नुहुन्छ । ¥याफटिङको व्यवस्थापन गन सकिन्छ । यसमा एन. आर. एनले लगानी गर्नुहोस, पोखरामा विमानस्थल वन्दै छ । प्याराग्लाइृडि पर्वतमा ल्याउन उद्योग बाणिज्य संघ संग लगानी गर्नुहोस तपाईको लगानी सुरक्षित हुनेछ । हाईड्रोको पनि उस्तै संभावना रहेका मोदी र कालीगण्डकी नदी हामीसंग छ । यसमा लगानी गरेमा लगानीको सुरक्षा देखिन्छ । कालिगण्डकी करिडोर प्रसारण लाईनको सवस्टेशन खुर्कोटमा बनेकाले विद्युतको समस्या हुने छैन । सुरक्षाको व्यवस्था समेत यहाँ रहेको छ ।  

अन्तमा केहि भन्नु छ कि 

अन्तमा मैले त्यसै लहटमा मात्रै मेरा योजना सुनाएको छैन् । फेरि पनि भन्छु यो मेरा व्याक्तिगत योजना हैनन् । सबै पर्वतबासीहरुको सपना हो यो । अघिल्लो कार्यकालमा नभएका काम यस कार्यकालमा हामीले गर्नुपर्नेछ । अहिले स्थीर सरकार बनेको छ । हामी स्थिर सरकारवाट पक्कै पनि लाभ लिन सक्नुपर्छ । उद्योगी व्यवसायीको तर्फबाट हामीले जनप्रतिनिधीहरुलाई उद्योग, करिडोर, पर्यटन, कृषि, पारवाहान, प्याराग्लाइडिङ,¥याफटिङ जस्ता क्षेत्रमा लगानीमैत्री निती र उद्योगमन्त्री निति ल्याउन आग्रह गर्छु । अव पर्वत समृद्ध बनाउनुपर्छ भन्नेमा सबै देशबिदेशमा रहेका जिल्लाबासीहरु एकताबद्ध भएर लाग्नुपर्छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( अन्तर्वार्ता)