Latest Articles
बिजय पौडेल
अघिल्लो पटक घर आउदा गाउकै एक जना व्यक्तित्वले फलेवास नगरपालिकाले क्लिन फलेवास ग्रीन फलेवास कार्यक्रमको नाममा रुख काटेर फलेवासलाई मरुभुमिकरणको दिशामा अगाडि बढेको बताउदै नगरपालिकाको नेतृत्वमाथी भिम उपाध्यायकै हाराहारिमा गालिग्लोज गर्नुभयो सगै खराव नेतृत्वको तिमिहरुले बिरोध गर्न सक्दैनौ यस्तो परिस्थिति निर्माणमा तिमिहरु पनि जिम्वेवार छौ भन्दै मलाई समेत बाकी राख्नुभएन।
यो पटक बन्दाबन्दिको कारणले होला उहांसग बल्ल हिजो भेट भयो कोरोना,लकडाउ...
समिर शर्मा, जनरल मेडिसिन
चैत्र २४, पर्वत । नोबल कोरोना भाईरस (कोभिड १९) चीनको वुहान शहरबाट शुरुवात भई विश्वभरि माहामारीको रुपमा विश्वको २०८ देशमा फैलिसकेको र हालसम्म ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना भाईरसका मुख्य लक्षणहरुमा १००.४ डिग्री भन्दा बढि ज्वरो, छाति दुख्ने, स्वास प्रश्वासमा गाह्रो हुने, सुख्खा खोकी लाग्ने, माँसपेशी दुख्ने, र कमजोरी महसुस हुने ।अस्पतालका चुनौतिहरुः१) पर्याप्त मात्रामा विशेषज...
Pragya Paudyal
कोरोना भाइरस के हो ?यो एक नयाँ प्रकारको श्वासप्रश्वास सम्बन्धी रोग हो जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ। यो भाइरस COVID-19 को रूपमा पनि चिनिन्छ। COVID-19 लाई निम्त्याउने भाइरस गम्भिर तीव्र प्रश्वासन सिन्ड्रोम (SARS) र मध्य पूर्व प्रश्वासन सिंड्रोम (MERS): दुबै कोरोनाभाइरसका प्रकारहरू हुन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई महामारीको रूपमा घोषणा गरेको छ। COVID-19 कसरी फैलिन्छ ?COVID-19 एक व्यक्ति देखि अर्को व्यक्ति...
भरत पौड्याल
गैर आवसिय नेपाली संघ (एनआरएनए)को अधिवेशन गत हप्ता सम्पन्न भएको छ । काठमाडौँमा भएको निर्वाचनमा करिव ८० भन्दा बढि मुलुकमा आवद्ध एनआरएनएकर्मीहरुको उपस्थिती रह्यो अनि बिबादमुक्त रहन नसकेको अधिवेशनले अध्यक्ष पदमा गोर्खामा जन्मिएका जर्मन निवासी कुमार पन्तलाइ निवार्चित गरे पनि चर्चित भए उनका प्रतिद्धन्द पर्वतमा जन्मिएका कुल आचार्य। सरल, शितल र भलद्मि स्वाभावका आचार्य सवैको नजरमा हाईहाई थिए । तर, एनआरएनएको निर्वाचनमा उनी झिनो मतले...
प्रकाश न्यौपाने
एन आर एन युके अधिवेशन तथा वर्ष १९/२१ कार्यसमिति निर्वाचन दिन प्रतिदिन नजिकिदै छ।फाट्टफुट्ट उम्मेद्बारी को घोषणा सुन्नमा आइ रहेकोे पाइन्छ। कोहि आफ्नै बल, बुद्धि, क्षमता तथा अनुभव को आधारमा अघि बढेका छन त कोहि अरुले उचालेको भरमा उठेका छन। कोहि संस्था लाई केही गर्छु भन्ने उद्देश्य लिएर हिडेका छ्न त कोहि पुगे पछि देखि जाला सोचेका छन।समाजिक संजालमा उम्मेद्बारी दिने आधुनिक प्रचलनले समाजिक संजाल प्रयोगकर्ता ले के कति उमेदवार थपिएको जानकारी लिन समाज...
के.वि.मसाल
नेपालका भूगोललाई ३५ जिल्लामा विभाजन हुने समयमा पर्वत र स्याङजा एउटै जिल्लामा पर्दथियो । जस्लाई पश्चिम ४ नंम्वर भन्ने गरिन्थो । यसको सदर मुकाम स्याङजा नुवाकोटमा रहेको थियो । अहिले पर्वत प्रदेश नम्वर ४ मा पर्दछ । पर्वतमा अहिले दुई नगरपालिका कुस्मा र फलेवास भएको छ भने जलजला, पैयुँ, महाशिला, मोदी र विहादी समेत पाचँ गाउँपालिका भउको छ ।पर्वत जिल्लाको पाङमा भेटिएका अवशेष नेपालको सबैभन्दा पुरानो पाषणकालीन भएको प्रमाणित भएको छ । पर्वत जिल्लाको पाङ ऐतिहासि...
ल्यामवहादुर दर्जि
‘सुखी नेपाली, समृद्ध नेपाल’– वर्तमान सरकारको नारा। जुन नारा सुन्दै पनि आनन्द आउँछ र जपिरहन मन लाग्छ। अनि कामना पनि गर्न मन लाग्छ कि यो नारा चाँडै सफल होस्। तर सबै कुरा कामनाले मात्र कहाँ पूरा हुँदोरहेछ र रु त्यसका लागि त सरकारमा बस्नेक...
दिपिका भुसाल
‘प्रवासमा नेपाली राजनीतिक आवश्यक वा अनाआवश्यक ?’ त्यो बहसको बिषय हुन सक्छ । नितान्त रोजगारीका लागि प्रवासिएका नेपालीहरु नेपालबाट बाहिरिदा राजनीतिक सोच बोकेर बाहिरिएका हुदैनन् । सबैभन्दा सुरुवाती सोच भनेको सकेसम्म आर्थिक अवस्था कसरी सुधार गर्ने भन्ने नै हुन्छ । बिस्तारै आर्थिक अवस्था सुधारिदै गएपछि समाजसेवातर्फ मन जानु अथवा आस्था राखिएको पार्टीमा क्रियाशील हुने रहर पलाउनु स्वाभाविक नै हो । नेपालमा हुदा सकृयतापुर्वक राजनीति गरेका कार्यकर्ताहर...
यश जोशी
न कुनै सफलता न असफलता बिच मन्डारिरहेको मेरो जिबन गुमनाम छ यहा लाखौका बिच रुमल्लिरहेको मेरो जिबन कहिले वार कहिले पार बिना यात्रुको डुङ्गा झै अलपत्रखै के को प्रतिक्षामा मझधारमा अड्किरहेछ मेरो जिबन
एक्लै अाउनु एक्लै जानुको यर्थातलाई बिर्सी सम्बन्धको खोजीको अाफ्नो को बिरानो चिनजान मै अल्झीरहेछ मेरो जिबन
अाशा र भरोसाका सिमानाहरु नाघ्दै सहनशक्तीको परिक्षामाक्षितिजमा डुब्न लागेको घामसरि मनमोहक छ मेरो...
प्रेम मगर
यहाँ विद्वान बन्छु भन्ने छोरो चोर भैदियो
यही कुराले `बा´को मन कमजोर भैदियो
हिउँदमा हेर्यो बर्खा हेर्यो फरक देखिदैन
सरकार पनि बागमती झै फोहोर भैदियो
मैले मेरो झुपडीलाई दरबार देख्छु मित्र
तिमीलाई कसरी झुपडी खोर भैदियो
हिजोसम्म निष्ठुर निर्दयी ढुङ्गा मात्रै थियो
आज अर्को मान्छेको मन कठोर भैदियो
जसले प्रेमको अपेक्षा ज्यादा गर्यो म बाट
यार यो प्रेम पनि उसैलाई धेरथोर भैदियो
