Correspondent, ParbatNepal
7 years ago
3704
आगामी फेब्रुअरी २८ र मार्च १ तारिखका दिन युएईको दुवईमा हुन गईरहेको अन्तराष्ट्रिय पर्वत समाजको बृहत भेलाका लागि तयारी तिब्र पारिएको छ। "आजको आवश्यकता ,प्रवासी पर्वेतेलिहरुको एकता ,समुन्नत समाज ,समृद्ध पर्बत निर्माणमा हाम्रो अभियान " भन्ने नारा सहित बृहत छलफलका साथै आपसी चिनजान र सद्भाव बढाउने उदेश्यले आयोजना हुन लागेको उक्त कार्यक्रमको लागि नेपालबाट आउने कलाकारको टुंगो लागिसकेको छ भने ब्यानर पनि सार्बजनिक भएको छ।
भेला को पहिलो दिन फेब्रुअरी २८ मा बर दुबईको क्रुजमा अन्तराष्ट्रिय पर्वत समाजको नियमित बैठक र संसारभरबाट जम्मा भएका पर्वतेलीहरुको बिशेष भेला गरिने छ भने दोश्रो दिन मार्च १ तारिखका दिन नेपाल बाट आएका पर्बतेली कलाकारहरुले को स्थानिय कलाकारले देहरा दुबई स्थित काल्टोंन टावरमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिने छन्। पछिल्लो समय को चर्चित लोकगीत ‘सालको पातको टपरी हुने हे बरै सल्लैको नहुने' गीतका गायक कुलेंद्र बिक , ख्याति प्राप्त गायक विमलराज छेत्री को साथमा , लोकदोहोरी, आधुनिक गायक एवं कार्यक्रम प्रस्तोता कृष्ण समीप सुवेदी र लोक दोहोरिमा उदियमान गायिका सुश्मा लोहनीले आफ्नो सांगीतिक कोशेलीले सो भेलालाइ तताउने छन्।
कार्यक्रमको लागि पर्बत जिल्लाका सभासद, नगरपालिकाका मेयर , गाउपालिकाका अध्यक्ष र उहाहरु मार्फत वडा अध्यक्षहरु , पर्वतका सामाजिक ब्यक्तित्व लगायत संस्थाका अभियान्ता ,संरक्षक एव सल्लाहकारलाई निमन्त्रणा पठाइसकिएको जानकारी सो संस्थाले दिएको छ। नेपालबाट पनि सो भेलाको लागि आउन इच्छुक ब्यबसाशी ,सामाजिक अभियान्ताले संस्थाकी नेपाल प्रतिनिधि मुना भुसाललाइ सम्पर्क गर्न समेत भनिएको छ
समाजको आगामी सेप्टेम्वर अक्टोवरमा नेपालमा हुने अधिबेशनको पूर्व तयारि , अहिले सम्म गरिएका कार्यहरुको समिक्षा , मध्यपुर्वमा पर्वेतेलीको हितका लागि संभावना , पर्वत जिल्लामा रोजागारी अभिबृद्धिका लागी लगानी र त्यसका लागी अबसर चुनौती र लगानीका क्षेत्रहरु लगायत बिबिध बिषयमा छलफल हुने उक्त भेलालाई अर्थपुर्ण रुपमा हेर्ने गरिएको छ।
