Author
ParbatNepal

Contributor, ParbatNepal

4 years ago

3373




समाजसेवी झलक केसीद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग
समाजसेवी झलक केसीद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

कोरोना महामारीको दोश्रो लहरबाट आक्रान्त बनेको पर्बत जिल्लालाई अन्तराष्ट्रिय पर्वत समाजका बरिष्ठ उपाध्याक्ष, बेल्जियमका सफल व्यवसायी समाजसेवी झलक केसीले  जलजला गाउपलिकमा रहेको कोभिड अस्पताललाइ व्यक्तिगत रुपमा अक्सिजन कन्सटेटर मेशिन सहयोग गर्नुभएको छ ।

"कोरोना महामारीको भयावह चपेटामा परेको देखेर अनि जिल्ला अस्पतालमा अक्सिजन प्लान्टबाट सिलिन्डरमा रिफिल गर्ने सिस्टम नभएको सुनेर व्यक्तिगत रुपमा आफ्नो जन्मस्थानमा सानो सहयोग मात्र गरेको हु" पर्बत नेपाल संग को कुराकानीमा केसीले बताउनु भयो।  साथै आफ्नो पहलमा बेल्जियमबाट सहयोग संकलन सुरु भएको र छिट्टैनै  नेपाल पठाउने जानकारी पनि गराउनु भयो। 

उक्त मेशिन जलजला वार्ड नं ८ का  वडा अध्यक्ष हरि विकास जिसीलाई अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार एवम्  गैर आबसिय नेपाली संघका सल्लाहकार अर्जुन श्रेष्ठले हस्तान्तरण गर्नु भयो।  




na
सम्बन्धित समाचार ( बेल्जियम )
सम्बन्धित समाचार ( प्रवास)