Author
ParbatNepal

Contributor, ParbatNepal

4 years ago

1939




पर्वत समाज जापानद्वारा पर्बत अस्पताललाइ सहयोग
पर्वत समाज जापानद्वारा पर्बत अस्पताललाइ सहयोग

नेपालमा कोरोना सङक्रमण भयावह बन्दै जादा पर्बत अस्पतालमा अक्सिजन प्लान्टबाट सिलिन्डरमा रिफिल गर्ने सिस्टम नभएकोले पोखराबाट सिलिन्डर भरेर ल्याउनु पर्ने अबश्था रहेको र जिल्लाका अन्य भागमा अक्सिजन सिलिन्डरको पुर्याउन नसकिएको खबर सुने पछी जापानमा रहेका पर्वतेलीहरुले आफ्नो जिल्लामा सहयोग रकम पठाएका छन  ।

पर्बत जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट पहिल्यै बाट रहेको थियो । अक्सिजन सिलिन्डरमा रिफिल गर्ने सिस्टम राख्नको लागी यो रकम पठाइयको हो । कोरोना भाइरसको महामारीविरुद्ध लड्नको लागी अक्सिजनको अभावको कारण कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उध्यश्यले सहयोग अभियान चलाईएको पर्वत समाज जापानका प्रवक्ता रबिन शर्माले हामीलाइ जानाकारी दिनुभयो । जिल्ला अस्पताल सहयोग समितीमा रकम जम्मा गरियको अध्यक्ष सुजन जोशीले  बताउनु भयो । 

घरदेश निकै पिडामा छट्टपटियको छ । हाम्रो आफ्नै प्यारो जिल्ला पनि यसबाट अछुतो छैन । निकै घटनाहरु बढिरहेका छन । कति बेलाको बोली अन्तिम हुन्छ र भेट अन्तिम हुन्छ कुनै अत्तो पत्तो छैन । पर्बतमा कोरोना महामारीको भयावह स्थितिमा अक्सिजन सिलिन्डर रिफील सिस्टम सहज गर्न पर्वत  जिल्ला अस्पताल लाई सहयोग गर्न पर्वत समाज जापानले  चलायको अभियानलाई सहयोग गर्नु हुने सम्पूर्णमा पर्वत समाज जापानको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गर्दछौ । सहयोगी दाताहरुको नाम निम्न उल्लेखित छन् 

na
सम्बन्धित समाचार ( जापान )
सम्बन्धित समाचार ( प्रवास)