Correspondent, ParbatNepal
7 years ago
2231
पर्वत
नेपाल–संवाददाता । ‘छोरी पढाऔँ अभियान’मा
पर्वत समाज जापानले
सहकार्य गर्ने भएको छ
। विभिन्न कारण
विद्यालय जना नसकेका
बालबालिकालाई विद्यालयमा ल्याउने उद्देश्यले
स्थापना भएको अभियानमा
पर्वत समाज जापानले
सहकार्य गर्ने भएको हो
।
छोरी पढाऔँ अभियान’ले आर्थिक अभावका कारण विद्यालय जानवाट बञ्चित भएका बालबालिकालाई सहयोग गदै आएको छ । उक्त अभियान कुश्मा नगरपालिका–३ दुर्लुङ निवासी सामजिक अभियान्त प्रेम विश्वकर्माले संञ्चालन गदै आउनु भएको छ ।
पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीको अध्यक्षतामा सम्पन्न बैठकले हाल तिन जना बालिकालाई सहयोग गर्ने भएको छ । संस्थाका सल्लाहकार महेश श्रेष्ठले २ जना र अध्यक्ष जोशीले १ जना किशोरीको पढाईमा सहयोग गर्ने बताउनु भयो । अन्य सहयोगका लागि दाताहरुको खोजी भईरहेको अध्यक्ष जोशीले बताउनु भयो ।
सहयोग गर्न चाहाने महानुभावले पर्वत समाज जापानमा सम्पर्क गर्न संस्थाले आग्रह गरेको छ ।‘छोरी पढाऔँ अभियान’ अन्तरगत सहयोगदाताले मावि स्तरिय (+2) सम्मको सम्पूर्ण पढाई खर्च बहन गर्ने जिम्मेवारी लिनु पर्नेछ।
