Correspondent, ParbatNepal
7 years ago
2989
पर्वत–पर्वत वयलफेयर सोसाइटी यूकेले निवर्तमान कार्य समितीलाई विदाई गरेको छ । संस्थाका अध्यक्ष नेत्र आलेको अध्यक्षतामा सम्पन्न बैठकले निवर्तमान कार्य समितीलाइ बिदाई गरेको छ भने, नवनियुक्त सल्लाहकारहरुलाई स्वागत तथा सम्मान गरेको हो ।
बैठकले पर्वत वयलफेयर सोसाईटी यूकेले नवनियुक्त सल्लाहकार एवम् संस्थापक अध्यक्ष हितकाजी गुरुङ, अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, सल्लाहकार ग्याम गुरुङ, क्याप्टेन चित्रवहादुर गुरुङ, क्याप्टेन जिवनवहादुर गुरुङ, नारायण कोन्मे , शिवराम गुरुङ, नर गुरुङ लगायतकालाई स्वागत तथा सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष हितकाजी गुरुङले पर्वत वयलफेयर सोसाईटी यूके शसत्तढंगले अगडी बढ्नुपर्ने बताउनु भयो । उहाँले जन्मभूमिप्रति वयलफेयर सोसाईटी यूकेले खेलेको भूमिका प्रशंसनिय योग्य रहेको बताउँदै अझै शसत्तढंकले अगडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
