
Correspondent, ParbatNepal
5 years ago
2065

पर्वत– रोजगारीको शिलशिलामा कतार पुगेका पर्वतेलीहरुको साझा संस्था पर्वत समाज कतारको सम्मान तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । ‘निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत’ मुल नाराका साथ वि.स २०६० सालमा स्थापना भएको उक्त संस्थाले शु्क्रवार नेपालकै झल्को दिनेगरि पञ्चेबाजा सहित कार्यक्रम आयोजना गरेर सवैलाई चकित पारेको छ ।
भातृत्व स्थापित सँगै प्रवासी पर्वतेली नेपालीहरुलाई एकतावद्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पर्वत समाज कतारका सचिव शेषराज तिमिल्सीनाले जानकारी दिनुभयो ।
वर्षभरी आफ्नो कार्यक्षेत्रमा व्यस्त रहेका पर्वतेलीहरुको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले सांस्कृतिक कार्यक्रम सहितको बनभोज आयोजना गरिएको तिमिल्सीनाको भनाई छ ।
पर्वत समाज कतारका अध्यक्ष सविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख आतिथ्य तथासंस्थापक भुपती भट्टाराइले संस्थाले विगत र वर्तमान गरेका कामहरुको जानकारी दिँदै संस्थाले कतारमा रहेका पर्वतेलीहरुसँग भाईचारको सम्वन्ध स्थापित गराएको बताउनु भयो ।
कार्यक्रममा संस्थाका संरक्षक छविलाल भट्टाराई, अजय वि.क, प्रमुख सल्लाहकार चिन्तामणि पौडेल, आर्थर डाँडाखर्क समाजका अध्यक्ष लेखनाथ रिमालले बोल्नुभएको थियो । उक्त कार्यक्रममा प्रथम उपाध्याक्ष श्याम न्यौपाने र अर्का उपाध्याक्ष विक्रम कुवँरले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाले निर्वतमान कार्य समितिलाई सहित संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो ।