Correspondent, ParbatNepal
7 years ago
2397
पर्वत–चार भञ्ज्याङ समाज बेलायतले ‘कल्याणकारी रात्रीभोज’ कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजले बर्षर्नी ‘कल्याणकारी रात्रीभोज’ कार्यक्रम आयोजना गदै आएको छ । ३० मार्च २०१९ मा हुन लागेको कार्यक्रमले पर्वत जिल्लाको शिक्षा र स्वास्थ्यमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको चार भञ्ज्याङ समाज बेलायतका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो । ३० मार्चमा हुन लागेको कार्यक्रमले जिल्लाका दुई स्थानमा संचालित आधारभूत विद्यालयमा कम्पाउण्ड निर्माण गर्ने गुरुङले बताउनु भयो ।
विद्यालयमा कम्पाउण्ड नभएकै कारण कतिपय बालबालिकाको मृत्यु समेत हुने गरेकोे अवस्थामा कार्यक्रमले कम्पाउण्ड निर्माणमा सहयोग पुग्ने उहाँको विश्वास छ । साथै ‘कल्याणकारी रात्रीभोज’ कार्यक्रमवाट साविकको ठानामौला गाविसमा सञ्चालित टेलिमेडिसिन स्वास्थ्य केन्द्रमा समेत सहयोग गर्ने लक्ष्य लिईएको गुरुङको भनाई छ । पर्वत नेपाल अनलाईन सँग कुराकानी गदै गुरुङले भन्नुभयो–‘रात्रीभोज कार्यक्रमवाट संकलित रकमवाट हामीले टेलिमेडिसीनलाई पनि सहयोग गछौँ । स्थापना कालदेखी कर्मचारीको तलब भत्ता, निशुल्क औषधी तथा मर्मत संभार सवै खर्च हामीले व्यहोदै आएका छौँ ।’
सन् २०१३ सालमा स्थापना भएको टेलिमेडिसीनवाट १८ हजार भन्दा बढि विरामीले स्वास्थ्य उपचार लिएको उहाँको भनाई छ । ‘कल्याणकारी रात्रीभोज कार्यक्रमले सहयोग संकलन मात्र नभई नेपाली बिच भातृत्व स्थापना गराउने कार्यक्रम हो ,गुरुङले भने,‘कार्यक्रम सवैको साझा भएकाले उपस्थिती सँगै सहयोगको गरिदिनुहुन उहाँको अपिल छ ।
साथै सहयोग गर्न चाहानेहरुले
Account name: CBTS UK
Account No: 97714435
Sort code: 09-01-27
char Bhanjyang website मा जानु justgiving.com मार्फत पनि सहयोग पु¥याउन सक्नुहुने छ ।
चार भञ्ज्याङ समाज बेलायतले ‘कल्याणकारी रात्रीभोज’ कार्यक्रम मार्फत १८ लाख संकलन गर्ने लक्ष्य लिएको छ ।
