Correspondent, ParbatNepal
6 years ago
2243
साजन
परियार–पर्वत
। बरिष्ठ समाजसेवी तथा व्यवसायी महेश श्रेष्ठ लाई बेल्जियममा स्वागत गरिएकोछ । पर्वत समाज बेल्जियमले आईतवार एक रात्रीभोजको
आयोजना गरि श्रेष्ठलाई स्वागत तथा सम्मान गरिएको हो ।
अन्तराष्ट्रिय
पर्वत समाजका संरक्षक, गैर आवसिय नेपाली संघ विधान समितिका सह–संयोजक एवम् जापानका प्रतिष्ठित
व्यापारी समेत रहेका श्रेष्ठलाई भव्य रुपमा सम्मान गरिएको पर्वत समाज बेल्जीयका समाजसेवी
राकेश कर्माचार्यले जानकारी दिनुभयो । श्रेष्ठले पर्वत जिल्लाको विकास सँगै समस्यामा
पु¥याएको योगदानको उच्च मुल्याङन गदै सम्मान गरिएको बताउनु भयो ।
सम्मान कार्यक्रममा बोल्दै श्रेष्ठले पर्वत जिल्लाको विकास र समृद्धिमा आफु निःस्वार्थ भावनाले लागि परेको बताउनु भयो । विगतमा पनि पर्वत जिल्लाका विभिन्न ठाउँमा सहयोग गरेको र आवश्यक परे फेरी पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले सम्मान गर्नुहुने पर्वत समाज बेल्जीयमका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिनुभयो ।
युरोप
भ्रमणमा रहनु भएको श्रेष्ठ बेलायत, जर्मन पोर्चुगल, बल्जियम, नेदरल्याण्डका गैर आवसिय
नेपाली संघ सँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा पर्वत समाज बेल्जियमका सल्लाहकार श्रीप्रसाद गुरुङ,
सल्लाहकार सुवास जोशी, निर्वतमान अध्यक्ष केदार जोशी, सल्लाहकार भीम जोशी, गैर आवसिय नेपाली संघ बेल्जीयमका कोषाध्यक्ष दर्शन गुरुङ बिराट जोशी हिक्मत श्रेष्ठ
रिम रेग्मी लगायतका अग्रह तथा बरिष्ठ पर्वतेहरुको सहभागिता रहेको थियो ।
पर्वत समाज बेल्जीयमका अध्यक्ष झलक केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संचालन राकेश कर्माचार्यले गर्नुभएको थियो ।
