Correspondent, ParbatNepal
6 years ago
2614
गैरआवसीय नेपाली संघ बेलायत इङ्गल्याण्ड राज्य समन्वय परिषदको प्रवक्तामा प्रकाश न्यौपाने चयन हुनुभएको छ । परिषद्को १५ डिसेम्बर २०१९ मा बसेको तेस्रो बैठकले निर्वाचित सदस्य न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
निडर र प्रखर वक्ताका रुपमा परिचित न्यौपाने विश्वको सवैभन्दा ठुलो एनआरएन राज्य परिपद् इङ्गल्याण्ड राज्य परिषदको प्रथम प्रवक्ता बन्नुभएको छ । पर्वतको बिहादी गाउँपालिमा जन्मिनुभएका न्यौपाने एक दशकदेखि परिवार संगै बेलायतमा बस्दै आउनु भएको छ ।
रुपन्देही र बुटवलमा हुर्किएका उनी पर्वत जिल्लाको विकास र समृद्धिका निम्ति काम गदै आउनु भएको छ । विभिन्न सामजिक संस्थामा आवद्ध न्यौपाने पर्वत वेलफेयर सोसाइटीका सचिव सँगै प्रवक्ता समेत हुन् ।
लायन्स क्लब अफ लण्डन हेन्डनका अध्यक्ष समेत रहेका न्यौपाने नेपाल भ्रमण बर्ष २०२० प्रवद्र्धनका लागी नेपाली राजदुतावास बेलायतबाट गठित सामाजिक संजाल समन्वय परिषदको सचिब पनि हुनुहुन्छ ।
