Correspondent, ParbatNepal
6 years ago
2379
यूके–पर्वत
वेलफेयर सोसाइटी यूकेले नयाँ बर्षमा आयोजना गर्न लागेको साँस्कृतिक तथा विविध कार्यक्रम
स्थागित भएको छ । विश्वभर फैलिएको कोरोना भाईरसका
कारण यतिबेला विश्व समुदाय नै आतंकित बनिरहेको बेला यसको प्रभाव बेलायत (यूके) मा पनि
देखिएको छ ।
विश्वमा
फैलदो रुपमा बढ्दै गएको कोरोना भाईरस (कोभिड – १९) लाई मध्यानजर गर्दै पर्वत वेलफेयर
सोसाइटी यूकेले अप्रिल १८ मा आयोजना गरेको कार्यक्रम स्थागित गरेको हो । कार्यक्रम
अर्को निर्णय नहुँदासम्म स्थागित भएको संस्थाले जनाईएको छ । संस्थाले आज सूचना प्रकाशित
गदै मनोरञ्जन भन्दा पनि स्वास्थ्यलाई मध्येनजर गदै सम्पूर्ण तयारी हुँदाहुँदै पनि कार्यक्रम स्थागित
गरिएको जनाएको छ ।
संस्थाले
असाधारण परिस्थितिमा गरिएको निर्णयलाई सहज रुपमा बुझिदिन अनुरोध गरेको छ । साथै कारोना भाईरस नियान्त्रणमा आइसकेपछि कार्यक्रम गरिने
कुरा पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष नेत्र आलेले जानकारी दिनुभयो । स्पोन्सर
र टिकट लिएर सहयोग गर्ने सम्पूर्ण महानुभावलाई धन्यवाद दिँदै अध्यक्ष आलेले स्पोन्सर
रकम अर्को कार्यक्रममा प्रयोग गर्न सकिने जानकारी समेत दिनुभयो ।
‘प्रतिकुल निर्णयले दर्शकहरुलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ,’अध्यक्ष आलले भन्नुभयो । बेलायतमा १३७२ मानिसहरु प्रभावित भएका छन् भने ३५ जनाको मृत्यु भईसकेको छ ।
