Author
ParbatNepal

Contributor, ParbatNepal

6 years ago

1549




स्वीडेनमा रहेका नेपालीहरु एकजुट भएर कोरोना नियन्त्रणमा लाग्न एनआरएनए स्वीडेनका निवर्तमान अध्यक्ष श्रेष्ठको आग्रह
स्वीडेनमा रहेका नेपालीहरु एकजुट भएर कोरोना नियन्त्रणमा लाग्न एनआरएनए स्वीडेनका निवर्तमान अध्यक्ष श्रेष्ठको आग्रह

स्वीडेन– गैरआवासीय नेपाली संघ स्वीडेनका निर्बतमान अध्यक्ष तथा आइसीसी सदस्य अर्जुन कुमार श्रेष्ठलले विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन स्वीडेनमा रहेका नेपालीहरु एक जुट हुनुपर्ने बताउनु भएको छ । कोरोना भाइरस तिव्र रुपमा फैलिएको बताउँदै स्वीडेनमा रहेका सम्पूर्ण नेपाली र सामजिक संघसंस्था एक जुट भएर संक्रमण रोकथाममा लाग्नुपर्ने उहाँले आग्रह गर्नुभयो ।  संघका आइसीसी सदस्य समेत रहेका श्रेष्ठले एक विज्ञप्ती जारी गदै मानवीय जीवनको महत्वपूर्ण सुरक्षामा सबैको रचनात्मक सहयोगको अपेक्षा गरिएको बताउँदै यस संवेदनशील घडीमा एनआरएनए स्वीडेन र नेपालीहरूको हकहितमा काम गदै आएका सामाजिक संघसंस्थाहरू सबै एकजुट भएर काम गर्नपर्ने उहाँको भनाई छ ।


‘विश्वव्यापी महामारीको यो संबेदनशील घडीमा प्रत्येक देशबासी नागरिकको स्वास्थ्यको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व र जिम्मेवारी हो । संवेदनशील विषयलाई स्वीडेस सरकारले हल्का रूपमा लिएको छ । युरोप भरीनै अरु छिमेकी देशहरूले लकडाउन गर्दा पनी स्वीडेनमा लकडाउन नगर्नुले सम्पूर्ण जनता त्रसित र चिन्तित छन,’ श्रेष्ठले विज्ञप्तीमा भन्नुभएको छ ।


महामारीको जोखिमपूर्ण घडीमा नागरिकको स्वास्थ्य सुरक्षालाई महत्व नदिएर आफनो देशको अर्थतन्त्रलाई बलियों बनाउने  स्वीडेन सरकारको नीति रहेको र जनता बिनाको राज्य र राजाको कुनै अर्थ नभए जस्तै गरेको श्रेष्ठको भनाई छ । स्वीडेन सरकारका कारण दैनिक काम (जागीर) गरेर जीवनयापन गर्दै आएका श्रमजीवि, बिद्यार्थी, दाजुभाई तथा दिदीबहिनीहरुको दैनिकी निकै कठिन र मार्मिक हुँदै गएको गएको बताउँदै श्रेष्ठले आफु बचें र आफनो परिवार र समाज बाँच्ने भएकाले कोरोना भाइरसवाट सतर्कता हुन नेपाली दाजुभाई दिदिबहिनीहरुलाई आग्रह गर्नुभयो । 


विश्वव्यापी महामारीको यो संबेदनशील घडीमा प्रत्येक देशबासी नागरिकको स्वास्थ्यको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व र जिम्मेवारी हो । तर यो संवेदनशील विषयलाई स्वीडिस सरकारले हल्का रूपमा लिएको श्रेष्ठको गुनासो छ । युरोप भरीनै अरु छिमेकि देशहरूले लकडाउन गर्दा पनि स्वीडेनमा लकडाउन नगर्नुले सम्पूर्ण जनता त्रसित र चिन्तित भएकाले आफु सुरक्षित भएर बस्न  श्रेष्ठले अपिल गर्नुभएको छ । 

पर्वत जिल्लामा जन्मिएका श्रेष्ठले कोरोना भाइरसले नेपालमा पनि ग्रसित भएको बताउँदै नेपालको समस्या निरकण गर्न गैरआवसिय नेपाली संघ स्वीडेनले सहयोग गर्ने बताउनु भएको छ । 


यस्तो छ श्रेष्ठको अपिल

आदरणीय स्वीडेनबासी तथा बिश्वभर छरिएर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु १ यतिबेला सिंगो विश्व जगत नै कोरोना भाइरस कोभिड १९ को महामारीबाट आक्रान्त छ । विश्वव्यापी महामारीको यो संबेदनशील घडीमा प्रत्येक देशबासी नागरिकको स्वास्थ्यको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व र जिम्मेवारी हो । तर यो संवेदनशील विषयलाई स्वीडिस सरकारले हल्का रूपमा लिएको छ । युरोप भरीनै अरु छिमेकि देशहरूले लकडाउन गर्दा पनी स्वीडेनमा लकडाउन नगर्नुले सम्पूर्ण जनता त्रसित र चिन्तित छन ।विगत केहि महिना देखि नै कोरोना विरूद्धको सचेतना अभियान कार्यक्रममा बिश्व भरीका सरकारसामाजिक संघ संस्था सक्रिय रहेको यहाँहरूमा विदितै छ ।यो महामारीको जोखिमपूर्ण घडीमा नागरिकको स्वास्थ्य सुरक्षालाई महत्व नदिएर आफÞनो देशको अर्थतन्त्रलाई बलियों बनाऊन स्वीडिस सरकारको जून नीति छ यो जनता बिनाको राज्य र राजाको कुनै अर्थ नभए जस्तै हो । हामि दैनिक काम -जागीर_ गरेर जीवनयापन गर्दै आएका श्रमजीविबिद्यार्थीदाजुभाई तथा दिदीबहिनीहरुको दैनिकी निकै कठिन र मार्मिक हुँदै गएको छ । आफु बचें र आफÞनो परिवार र समाज बाँचे नै बल्ल दाम र काम चहिने हो ।बाच्नको लागी काम गर्नु परेको हो काम गर्नको लागि बाँचेको होईंन त्यसकारण हामी आफ्नो जिवनपरिवार र समाजको लागी वाच्नु र बचाऊनु छ । सबै जना सकेसम्म आफ्नै घरमा बसौ र स्वास्थ्यकर्मीहरूले दिएको सल्लाह पालना गरौ । यो मानवीय जीवनको महत्वपूर्ण सुरक्षामा यहाँहरूको रचनात्मक सहयोगको अपेक्षा गर्दछु । साथै यो संवेदनशील घडीमा एनआरएनए स्वीडेन र नेपालीहरूको हितका लागी स्वीडेन भरी जे जति सामाजिक संघ संस्थाहरू छन् सबै एकजुट भई नेपाली समुदायलाई भई परी आऊन सक्ने हरेक समस्यामा हातेमालो गरी सहयोग गरिदिन विनम्रतापूर्वक अनुरोध गर्दछु । सबैले आआफ्नो स्वास्थ्यको ख्याल गर्ननआत्तिनआत्मबल बलियो बनाउनविनाकारण घरबाहिर ननिस्कनसरसफाईमा ध्यान दिन र भीडभाड हुने कुनै पनि कृयाकलापहरु नगर्न हुन समेत हार्दिक अपिल गर्दछु । कोरोनाभाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकोले घर बाहिर नजाऊँ । अत्यावश्यक सामान किन्न जाँदा कम्तीमा ३ फिटको दूरी कायम गरौं । आफूआफ्नो परिवारसमुदाय र देशलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन जिम्मेवार बनौं । घरमै बसौं १ यो महामारी कोरोना भाइरसबाट दिबंगत हुनु भएका सम्पूर्ण मा हार्दिक श्रद्धान्जली अर्प्रण गर्दछु साथै सम्पूर्ण संक्रमित बिरामीहरुको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु ।

अर्जुन कुमार श्रेष्ठ

आइ सी सी सदस्य तथा निवर्तमान अध्यक्ष

एन आर एन एस्वीडेन परिवार

सम्बन्धित समाचार ( प्रवास)