Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2473




भूकम्प प्रभावित विद्यालयलाई पर्वत यूवा सेवा समाज कतारको सहयोग
भूकम्प प्रभावित विद्यालयलाई पर्वत यूवा सेवा समाज कतारको सहयोग


रोशन तिवारी माघ १० पर्वत । भूकम्पले क्षती भएको यहाँको एक् विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । मोदी गाउँपालीका ७ को पशुपती माविको विद्यालय पुननिर्माणका लागि पर्वत यूवा सेवा समाज कतारले सहयोग गरेको हो । २०७२ वैशाख १२ को भूकम्पले विद्यालयका अधिकाँश भवन भत्किएपछि टहरामा रहेका वालवालिकालाई छानामुनी ल्याउन ५६ हजार ७ सय ८० रुपैयाँ सहयोग गरिएको पर्वत यूवा सेवा समाज कतारका पूर्व अध्यक्ष दिपेन्द्रजंग लामिछानेले वताए । 

उक्त विद्यालयले भूकम्पले सबैभन्दा वढि प्रभावित भएको विद्यालय हो । ६ वटा पक्कि भवन वाहेक सबै कक्षाकोठा भताभुङग भएपछि उक्त विद्यालयका विद्यार्थीहरु अहिले पनि टहरामा पढ्दै आएका छन् । भूकम्प लगतै राहात संकलन थालेको समाजले हालैमात्रै उक्त रकम विद्यालयलाई हस्तान्तरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश शर्मा गौतम र प्रअ लक्ष्मण शर्मालाई रकम हस्तान्तरण गरिएको छ । तत्कालिन अध्यक्ष एवं हालका सल्लाहकार दिपेन्द्रजंग लामिछाने,उपाध्यक्ष धन सुनार खाती,महासचिव सन्तोष कुमार गुरुङ,आर्थिक सयोजक लेखनाथ रिमाल,सदस्य दीपेन्द्र तिमिल्सिनाक टोलीले विद्यालयमै पुगेर रकम हस्तान्तरण गरेको हो । 

विद्यालयमा हालै भएको ४९ औँ वार्षिकोत्सवको अवसरमा सहयोग रकम हस्तान्तरण गरिएको समाजले जानकारी दिएको छ ।  पर्वत यूवा सेवा समाज कतारले विभिन्न सामाजिक कृयाकलाप सहित आर्थिक सहयोग संकलन गरेर सहयोग गर्दै आएको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)