Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

2049




तमुधिं यूकेको अध्यक्षमा पर्वतका गुरुङ निर्बाचित , पर्बत वेलफेर सोसाइटी द्वारा बधाई
तमुधिं यूकेको अध्यक्षमा पर्वतका गुरुङ निर्बाचित , पर्बत वेलफेर सोसाइटी द्वारा बधाई

बेलायतको सबभन्दा ठुलो जातीय संस्था तमुधिं यूकेको अध्यक्षमा पर्वतका हित काजी गुरुङ निर्विरोध निर्वाचित भएका छन्। पर्बतको दुर्लुङ्गमा  जन्मिएका गुरुङ पर्बत वेलफेर सोसाइटी युकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार  एबम अन्तरास्ट्रिय पर्बत समाजको प्रमुख संरक्षक हुन्। ११ औं महाधिवेशनका लागि दिइएको समयअवधिमा अध्यक्ष हित काजी गुरुङको मात्रै उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन् । यसअघि उनी  सो संस्थाको  उपाध्यक्ष को जिम्मेबारी बहन गरेका थिए। 

यसैगरी संस्थाको  उपाध्यक्षमा पर्वतका हरि गुरुङ र जुमकाजी गुरुङ निर्बाचित भएका छन्।  दुवै जना पर्बत वेलफेर सोसाइटी युकेका सल्लाहकार हुन्।  निर्वाचन समितिले यसको औपचारिक घोषणा २० डिसेम्बर अधिवेशनको दिनमा गर्ने जनाएको छ । ल्होछार/ल्होसारदेखि मात्रै नयाँ कार्यसमितिले आफ्नो पदभार ग्रहण गर्ने तमु धिं यूकेको चलन छ ।

यसैबीच पर्वत वेलफेर सोसाइटी यूकेले तमुधिं यूकेका नबनिर्वाचित अध्यक्ष  हित काजी गुरुङलाई बधाई ज्ञापन गरेको छ।  अध्यक्ष नेत्र आलेले आज शुभकामना संदेश दिदै तमुधिं यूके जस्तो ठुलो संस्थाको जिम्मा काँधमा बोक्न सफल हुनु भएका अध्यक्ष गुरुङको कार्य सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको छ।  यसैगरि गैह्रआवासीय नेपाली संघका निबर्तमान केन्दिय उपाध्यक्ष कुल आचार्य, अन्तरास्ट्रिय पर्बत समाजका अध्यक्ष पुरन गिरि एबम पर्वत वेलफेर सोसाइटी यूकेका निबर्तमान अध्यक्ष एबम नेपलिज सेफ एसोसिएसन युकेका  अध्यक्ष दधि आचार्य  समेतले  गुरुङलाई बधाई ज्ञापन गर्नु भएको छ।  



na
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)