Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2884




अन्तर्राष्ट्रिय पर्वत समाजको च्यारिटी कार्यक्रमको प्रोमो सार्बजनिक
अन्तर्राष्ट्रिय पर्वत समाजको च्यारिटी कार्यक्रमको प्रोमो सार्बजनिक

अन्तराष्ट्रिय पर्वत समाजले आगामी जुन ३ मा बेलायतमा आयोजना हुने च्यारिटी कार्यक्रमको प्रोमो सार्बजनिक भएको छ।  यसै गरि कार्यक्रमको तयारी पनि तीव्र पारिएको छ।  

च्यारिटी कार्यक्रमका लागि नेपालबाट आउनु हुने अथितिहरुले भिसा निबेदन बुझाउनु भएको  र भिसा चाहिने अन्य पाहुना र अथिति हरुको भिसा प्रक्रिया सुरु भैसकेको जानकारी समाजका महासचिव गुणराज शर्माले दिनु भयो।  यसको साथै युरोप र अन्य ठाउँबाट आउनुहुने पाहुनाहरुको होटेल बूकिंगको व्यवस्था समेत भैसकेको जानकारी ब्यवस्थापनको जिम्मेवारी लिनु भएका पर्वत समाज युकेका महासचिव भरत पौड्यालले  पर्बतनेपाल डटकम लाई जानकारी दिनु भयो। 

बेलायतको अल्डरशटस्थित द एम्पायर हलमा हुने उक्त कार्यक्रमको लागि बेलायतमा रहेका पर्बतेली संघसंस्था र अन्य संघसंस्था लाइ निमन्त्रणा  दिईसकिएको जानकारी पर्वत वेलफेयर सोसाईटी युकेका अध्यक्ष दधि आचार्यले जानकारी दिनु भयो। 

यो च्यारिटी कार्यक्रमबाट समाजले एक करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ । उनले यो कार्यक्रमबाट संकलित रकमले पर्वतको कुनै ठाउँमा दीर्घकालीन लाभान्वित हुने एक विशेष योजना बनाएर लगानी गरिनेछ।  

सो च्यारिटी कार्यक्रमको प्रोमो हेर्नुस


NA
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)