Correspondent, ParbatNepal
4 years ago
1957
फागुन २५, पर्वत । ख्याली विशेष चाडपर्वमा वा पूजाआजामा खैंजडी, मुजुरा आदि बजाउँदै गाइने लोकगीत चुड्का हो । ख्याली श्रृङ्गारप्रधान र भक्तिप्रधान गरी दुई प्रकारको हुन्छ । तन्नेरीतरुनीहरू भेला भई गाइने एक प्रकारको जुवारी श्रृङ्गारप्रधान हुन्छ भने जात्रा, देवाली पूजा जस्ता विशेष चाडपर्वमा वा पूजाआजामा भक्तिप्रधान ख्याली गाउने गरेको पाइन्छ । खैँजडी र मजुराको प्रयोग गरी विशेष प्रकारको थेगोलाई दोहो¥याउँदै लय र तालमा फेरबदल गर्दै गाइने ख्याली लोक गीतको एउटा प्रसिद्ध भाका हो । ‘खेली गीत’ नेपाली लोकगीतको एउटा महत्वपूर्ण प्रकार हो । ‘खेली’ शब्दको व्युत्पत्ति खोज्दै गयो भने ‘खेल’ मूल शब्दमा ‘ई’ प्रत्यय लागेर ‘खेली’ बनेको हो । तर लोकगीतका सन्दर्भमा भने यसको अर्थ ‘नेपाली लोकगीतको एक प्रकार’ भन्ने बुझिन्छ । हाँसखेलका रूपमा व्यक्त हुने अर्थात् कुनै पूजा–आजा, रोदी आदिमा युवायुवतीहरू जम्मा भएर व्यक्त गर्ने सरस र प्रेमपूर्ण अभिव्यक्तिलाई खेली भनिन्छ ।
नेपालको पुरानो संस्कृति झल्काउने ‘खेली गीत’ पछिल्लो समय कमै मात्रामा सुन्न पाइन्छ । खासगरी गण्डकी प्रदेशका पर्वत, बागलुङ, कास्की र स्याङ्जा लगायतका जिल्लामा गाइने यो गीत अहिले संकटमा परेको छ । नेपाली गीत–सङ्गीतको खस्कँदो बजारसँगै अहिले खेली गित सङ्कटमा परेको हो । पश्चिमाञ्चलका बूढापाकाले गाउने रोइला अर्थात् खेली गीतलाई नयाँ पुस्ताले निरन्तरता दिँदै आए पनि गीत–सङ्गीतको घट्दो बजारले लोप हुने अवस्थामा पुगेको छ । तर, पछिल्लो समयमा यो गितको संरक्षणमा पर्वते गायक युवराज भुषाल लागेका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिकामा जन्मिएका गायक युवराज भुषालले खेली गितको प्रवद्र्धन र विकासमा लागेका हुन् । लामो समयदेखी सांगितिक दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएका गायक तथा सर्जक युवराज भुषालकोे ‘के पिर प¥यो बैनी’ बोलको खेली गितले अहिले यूटुवमा राम्रो भ्यूज पाएको छ । गितको अडियो केही समय पहिला बजारमा आएपछि गितको म्युजिक भिडियो तयार पारेका हुन् । गायक भुषालको शव्दसंगित र स्वरमा आउन लागेको गितमा लक्ष्मी न्यौपानेले साथ दिएकी छन् । कुनै समय निकै चर्चित मानिएकी गायिका न्यौपानेलाई उक्त गितले स्थापित गर्ने धेरैले आँकलन छ ।
गितको संगित संयोजक गायक बिमलराज क्षेत्रीले गरेका हुन् । म्युजिक भिडियोलाई चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोको अभिनयमा भट्टलाई चर्चित नायक आयुष्मा कार्कीले साथ दिएकी छन् । भिडियोको सम्पादन बिष्णु शर्माले गरेका हुन् । पर्वतको बिहादी गाउँपालिका–४ वहाकीमा जन्मिएका भुषालले सोही गाउँमा गितको छाँयाकन गरेका छन् । बिहादी गाउँपालिकाको पर्यटकिय गन्तव्य गन्तव्यलाई क्यामरामा कैद गरिएको छ । गितको छाँयाकन राजेश घिमिरले गर्नुभएको छ । ड्रोन क्यामरावाट कैद गरिएको उक्त दृश्यले बिहादीको पर्यटन क्षेत्रलाई मद्दत पुग्ने विश्वास गरिएको छ । सुन्दा भजनजस्तै लाग्ने तर दोहोरीजस्तै सवाल जवाफ गरिने रोइलाको वास्तविक नाम खेली हो । यो गीत विशेष गरी पहिला पहिला ब्राह्मण र क्षेत्री जातिले धार्मिक पर्व, पूजापाठ, वर्तबन्ध, वनपाखामा घाँसदाउरा गर्दा र रोधी बस्दासमेत गाउने प्रचलन थियो ।