Correspondent, ParbatNepal
4 years ago
2484
२४ असार, पर्वत । गायक, सर्जक तथा संगितकार कस्तुप पन्तको नयाँ तिज गित सार्वजानिक भएको छ । महिलाहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरेर गायक पन्तले ‘डाली लरक्कै’ बोलको गित बजारमा ल्याएका हुन् । विगतमा पनि तिजलाई लक्षित गरेर बजार ल्याएका उनका गित निकै रुचाईएको थियो । दर्शक तथा स्रोतहरुको मागलाई मध्येनजर गदै यसपाली ‘डाली लरक्कै’ बोलको गित बजारमा ल्याएको पन्तको भनाई छ । उक्त गित माया प्रेममा आधारित छ । सामजिक संजाल फेसबुक मार्फत जोडिएको मायाप्रेमको विषयवस्तुलाई गितमा उतारेको पन्त बताउँछन् । गित मौलिक भाकामा तयार गरेको उनको दाबी छ ।
पन्तकै शव्द, संगित र स्वरमा सजिएको गितमा लोकसाँगितिक क्षेत्रीकी चर्चित लोकदोहोरी गायिका देवी घर्ती मगरको समधुर स्वर रहेको छ । गितको म्युजिक भिडियो पनि तयार पारिएको छ । म्युजिक भिडियोमा हाँस्यव्यङग क्षेत्रमा चर्चित कलाकार बेगम नेपाली ‘भटभटे माईलो’, रबिना अधिकारी, मनोहरी अधिकारी र अनिता गिरीले अभियान गरेका छन् । सारथी म्युजिक प्रालि मार्फत बजारमा आएको यस गितको म्युजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । म्युजिक भिडियो छाँयाकन दिपक गिरीले गरेका हुन् ।
गित सार्वजानिक भएको छोटो समयमै चर्चा बटुल्न सफल भएको छ । यो गितले छोटो समयमा नै लोकप्रियता हासिल गर्ने संगीत क्षेत्रका पारखीहरु बताउँछन् ।