Correspondent, ParbatNepal
4 years ago
2058
पर्वत–‘कतार गाका साईला दाईनी गाउँ फर्किएर आए ।
बाँझोबारी जोत्न थाले भैसी पाल्न लाए ।
दुःख पाइदोँ रैछ
दुःख पाइदोँ रैछ, हजुर
दुःख पर्दा जहाँ पुगेपनि गाउँ नै चाहिँदो रैछ ।’
माथि उल्लेखित शव्द भर्खरै मात्र बजारमा आएको बहुप्रतिक्षित लोकगित ‘साईला दाई’को अंश हो यो । क्षणिक सन्तुष्टि र सुबिधालाई ध्यानमा राखेर शहर पसेका र जिवन धान्नकै लागि विदेशतिर भौतारिरहेका युवाहरुलाई स्वदेश फर्किएर आफ्नै गाउँलाई हरभर बनाउन गितमा आग्रह गरिएको छ । गायक तथा सर्जक शिव हमाल, चर्चित गायक चोलेन्द्र पौडेल, घनश्याम रिजाल, गायिका तुलसा जिसी, पार्वती जिस र ज्याती लोहनीले संयुक्त रुपमा बजारमा ल्याएको माईला दाई बोलको गितले गाउँको माया र महत्व दर्शाएको छ ।
कामको खोजीमा विदेश पलायन भएका युवाहरुलाई स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने मार्गदर्शन यस गितमा भेटिन्छ । उक्त गित हिजो (आईतवार) संगित दिवसको अवसरमा भिडियो सहित सार्वजानिक गरिएको हो । शिव हमालको शव्द संगितमा बजारमा आएको गितमा हमाल सहित चर्चित गायक चोलेन्द्र पौडेल, घनश्याम रिजाल, गायिका तुलसा जिसी, पार्वती जिस र ज्याती लोहनीको संयुक्त आवाज रहेको छ । गितको म्युजिक भिडियोमा पनि उनै कलाकारहरुको अभिनय रहेको छ ।
गित हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।