Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2167




कुश्माका कलाकारले बनाएको लम्फू फिल्ममा तरकारीवालीको हट डान्स
कुश्माका कलाकारले बनाएको लम्फू फिल्ममा तरकारीवालीको हट डान्स

पर्वत । बैशाख २८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लम्फू’को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने’को भिडियो रिलिज भएको छ। केही समयअघि अडियो रिलिज गरिएको यस गीतलाई धेरैले रुचाएका थिए। अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा सुरेश लामा र अप्सरा घिमिरेको स्वर रहेको छ। रामजी लामिछानेको नृत्य निर्देशन रहेको यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू कवीर खड्का, मरिष्का पोखरेल, चाँदनी शर्मा र सञ्जित भण्डारी फिचरिङ छन्। भिडियोमा तरकारीवालीको नामले चर्चित कुसुम श्रेष्ठलाई पनि देख्न सकिन्छ। गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा सलोन बस्नेतको पनि प्रमुख भूमिका रहेको छ। फिल्ममा कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मि भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्कीलगायतको अभिनय रहेको छ। ‘पपुलर मल्टिमिडिया’को व्यानरमा निर्माण भएको फिल्ममा शक्तिबल्लभ घोरासैनीको लगानी रहेको छ। भूपतिको लेखन रहेको ‘लम्फू’मा दीपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन रहेको छ।

हेर्नुहोस् भिडियो :
https://www.youtube.com/watch?v=LFmKu8bMDnU

newsdabali
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मनोरंजन)