Contributor, ParbatNepal
7 years ago
2717
कात्तिक ३०, पर्वत । बेलायत भ्रमणमा रहेका नेपाल सरकारका पराराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई पर्वत वेल्फफेयर सोसाइटी यूकेले स्वागत गरेको छ । लण्डनको साउथ हारोमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । साथै पर्वत वेल्फफेयर सोसाइटी यूके र एनआरएन युकेको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बेलायतस्थित एज.आर.एनका सम्पूर्ण पदाधिकारी, भूतपूर्व गोर्खा र अन्य संघसंस्थाका लगायत विभिन्न प्रतिनिधीहरुको सहभागितो थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै वैरागीले पर्वत वेल्फफेयर सोसाइटी यूके र एन.आर.एन युके विभिन्न माध्यमवाट आफ्नो मातृभूमिका लागि गरेको योगदानको नेपाल सरकारले उच्च मुल्यांकन गरेको बताउनु भयो । उहाँले संविधानमै आर्थिक, समाजिक र साँस्कृतिक अधिकार सहितको नागरिकताको व्यवस्था गरिसकेको बताउनु भयो ।
अहिले विकास र समृद्धि नै देशको प्रमुख एजेण्डा रहेका बताउँदै बैरागीले त्यसलाई दिगो बनाउन सवैको सहयोग आवश्यकता रहेको औल्याउनु भयो । उहाँले देश तथा विदेशमा रहेको सम्पूर्ण नेपालीहरु एकजुट भए मात्र सरकारले दिगो विकासको लक्ष्य हाँसिल गर्ने बताउनु भयो । सरकारले भूतपूर्व गोर्खालीले बेलायतमा पु¥याएको योगदानको उच्च कदर गर्नुपर्नेमा जोड दिएको छ ।
कार्यक्रममा बोलायतका लागि नेपाली राजदुत डाक्टर दुर्गावहादुरसुवेदीले बेलायतस्थित सम्पूर्ण नेपाली समुदाय नेपालको सहयोगको लागि अग्रस्थानमा उभिदै आएको भन्दै प्रशंसा गर्नुभयो । एन.आर.एन आइसिसिका उपाध्याक्ष कुल आचार्यले आफ्नो मातभुमिसँगको नातालाई निरन्तरता दिने बताउँदै नेपाल सरकारले एन.आर.एनहरुको भावनालाई कदर गर्नुपर्नेमा जोड दिनुभयो । देशले लिएको दिगो विकासको लक्ष्यमा सहयोग गर्न एन.आर.एन तत्पर रहेको बताउँदै आचार्यले सरकारको यो यात्रामा सम्पूर्ण एन.आर.एनहरुलाई समेट्न सुझाव दिए ।
कार्यक्रममा गोर्खा अभियन्ता ज्ञानराज राई,सोलिसिटर राजु थापा र डाक्टर मिन रानाभाट लगायतले बोल्नुभएको थियो । एन.आर.एन युकेको अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सहित पर्वत वेल्फयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्य, धन्यवाद मन्तव्य एन.आर.एन यूकेका उपाध्यक्ष शेर सुनार र कार्यक्रमको सञ्चालन एन.आर.एन यूकेका महासचिव आरके त्रिपाठीले गरेका थिए । सोही अवसरमा एनआरएन यूकेका एनआरएन नागरिकता, गोर्खाका समस्या लगायतका मामो उचित सम्वोधनको लागि पहल गर्न माग गदै परराष्ट सचिव बैरागी मार्फत नेपाल सरकारलाmई एक ज्ञापनपत्र पनि बुझाएका थियो ।
कार्यक्रममा पर्वत वेलफेयर सोसाइटी युकेका संस्थापक अध्यक्ष हितकाजी गुरुङ लगायत सम्पूर्ण पर्वतवासी दाजुभाई तथा दिदीबहिनी सँगै गैर आवासीय नेपालीहरूको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुलाई पर्वत वेल्फयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्य,र एन.आर.एन युकेको अध्यक्ष योगकुमार फगामी लगायतले स्वागत तथा सम्मान गरेका थिए ।
