Author
ParbatNepal

Contributor, ParbatNepal

2 months ago

426




एनआरएनए निर्वाचनमा पर्वते उम्मेदवार जिताउन पर्वतेहरु कस्सिए
loading...
एनआरएनए निर्वाचनमा पर्वते उम्मेदवार जिताउन पर्वतेहरु कस्सिए

पर्वतगैरआवासिय नेपाली संघ -एनआरएनए_ यूकेको निर्वाचनमा पर्वते उम्मेदवारीलाई बिजय गराउन बेलायतवासी पर्वतेहरु एकजुट भएका छन् पर्वत वेलफेयर सोसाईटी यूकेको आज बसेको बैठकले बेलायतमा हुन लागेको एनआरएनएको निर्वाचनमा सम्पूर्ण पर्वते उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको हो साथै एनआरएनएको केन्द्रिय निर्वाचनमा पनि पर्वते उम्मेदवारलाई जिताउन सहयोग गर्ने निर्णय गरेको पर्वत वेलफेयर सोसाईटी यूकेका महासचिव भरत पौडेलले जानकारी दिनुभयो

विश्वभरका गैरआवासीय नेपालीको विश्व सम्मेलन अन्तराष्ट्रिय नवौं महाधिवेशन असोजको २८ देखि ३० सम्म काठमाडौंमा हुने भएको पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेको अध्यक्षतामा बसेको बैठकले एनआरएनए यूकको निर्वाचनमा सदस्य पदमा उम्मेदवारी दिनुभएका पर्वतका भिमलाल भट्टाराई, सरस्वती केसी याम आचार्य सँगै इङल्याण्ड राज्य परिषद् समितिको सदस्य पदमा उम्मेदवारी दिनुभएको प्रकाश न्यौपानेलाई जिताउन सबैलाई अपिल गरेको न्यौपाने वेलफेयर सोसाईटी यूकेका सचिव एवम् प्रवक्ता समेत हुन्

त्यस्तै गरि एनआरएनएको केन्द्रिय अध्यक्षमा उम्मेदवारी दिनुभएका अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक एवम् एनआरएनएका केन्द्रिय उपाध्याक्ष कुल आचार्यलाई अध्यक्ष पदमा बिजय गराउन सम्पूर्ण बेलायतवासी पर्वतेलाई अनुरोध गरेको बैठकले एनआरएनएको केन्द्रिय उपाध्याक्षमा उम्मेदवारी दिनुभएका अर्जुन श्रेष्ठ, कोषाध्याक्षमा उम्मेदवारी दिनुभएका महेशकुमार श्रेष्ठ, सहकोषाध्याक्षमा उम्मेदवारी दिनुभएका गोविन्द गौत्तमलाई बिजय गराउन पर्वतवासीलाई आग्रह गरेको

साथै बैठकले एनआरएनएको निर्वाचनलाई लक्षित गरि नेपालमा जान चाहाने समर्थकहरुको नामलिष्ट तयार पार्न उपाध्याक्ष विनोद पुरीलाई जिम्मेवारी दिएको बैठकले अक्टोवर १० तारिख अन्तराष्ट्रिय पर्वत समाजको अधिवेशनको लागि पर्वतको हुवास जान पनि सम्पूर्ण बेलायतवासी पर्वतेहरुलाई अपिल गरेको

बैठकमा अध्यक्ष नेत्र आले, उपाध्याक्ष विनोद पुरी, कोषाध्याक्षमा सुरज पौडेल, सचिव प्रकाश न्यौपाने, सदस्य भिमलाल भट्टाराई, यामवहादुर थापा, सल्लाहकार एवम् निवर्तमान अध्यक्ष दधि आचार्य, सल्लाहकार एवम् चार भञ्जाङ तमू समाजका निवर्तमान अध्यक्ष मेजर कृष्णवहादुर गुरुङ सल्लाहकार याम गुरुङले आफ्ना धारण राख्नुभएको थियो

 बैठकले सेप्टेम्वर २२ तारिखमा एनआरएनए यूकेको निर्वाचनमा विजय हुनेलाई सम्मान गर्ने साथै एनआरएनए अन्तराष्ट्रिय पर्वत समाजको अधिवेशनमा जाने व्यक्तिहरुलाई विदार्ई गर्ने भएको संस्थाले जनाएको     

सम्बन्धित समाचार ( बेलायत )
सम्बन्धित समाचार ( प्रवास)