Author
ParbatNepal

Contributor, ParbatNepal

10 months ago

329




पर्वत मञ्च हङकङको बैठक सम्पन्न
loading...
पर्वत मञ्च हङकङको बैठक सम्पन्न

पर्वत–पर्वत मञ्च हङकङको बैठक सम्पन्न भएको छ । पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’को अध्यक्षतामा सम्पन्न भएको बैठकले सल्लाहकार नियुक्ति गरेको छ ।

बैठकले दुर्गा गुरुङ‘एण्डी’, विषन गुरुङ, काजीकुमार गुरुङ, मिन गुरुङ,श्यामप्रसाद गुरुङ, मिन गुरुङ, तिर्थ गुरुङ,धरमकुमार गुरुङ, मिनवहादुर गुरुङ, बल गुरुङ, इन्द्र पुन मगर, देवीरास गुरुङ, पदमकुमारी गुरुङ र विकास गुरुङलाई चयन गरेको छ । साथै पर्वत मञ्च हङकङले नेपाली नयाँ बर्ष(२०७६) मनाउने निर्णय गरेको छ । कार्यक्रमलाई भव्य रुपमा मनाउने निर्णय गरिएको पर्वत मञ्च हङकङले जनाएको छ ।

कार्यक्रममा पर्वतमा जन्मिएका राष्ट्रियस्तरका कलाकार बोलाउने निर्णय भएको छ । कलाकारमा कसलाई बोलाउने भन्ने निर्णय नभएको पर्वत मञ्च हङकङका उपाध्याक्ष भिम गुरुङले जानकारी दिनुभयो । साथै अन्तराष्ट्रिय पर्वत समाजले फेब्रुवारी २८ देखी मार्च १ सम्म दुबईमा आयोजना गरेको सम्मेलनमा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ र उपाध्याक्ष भिम गुरुङ सहभागि हुने बैठकले निर्णय भएको छ ।

बैठकले मृगौला पीडित मन्जित गुरुङ हाल बुटुवाल बस्ने बिरामीलाई कार्यसमितिवाट रकम सहयोग गर्ने निर्णय गरेको छ । साथै उहाँलाई चार झञ्ज्याङका अध्यक्ष गंगा गुरुङ मार्फत आर्थिक सहयोग गर्ने बताईएको छ ।

बैठकको सभापन गदै अध्यक्ष दुर्गा गुरुङले कार्यक्रमलाई सभ्य र भव्य रुपमा मनाउन सबैलाई आग्रह गर्नुभयो । उहाँले नेपाली कला सँस्कृतिको जर्गेना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।  

सम्बन्धित समाचार ( बेलायत )
सम्बन्धित समाचार ( प्रवास)