Author
ParbatNepal

Contributor, ParbatNepal

5 months ago

580




नयाँ वर्ष कार्यक्रम ४ मे मा कुलेन्द्रले नचाउने
loading...
नयाँ वर्ष कार्यक्रम ४ मे मा कुलेन्द्रले नचाउने

पर्वत वेलफेयर सोसाईटी युकेले आयोजना गरेको नयाँ वर्ष २०७६ यही मे ४ मा अल्डर्सटको एम्पाएर हलमा हुने भएको छ । सो कार्यक्रमको लागि नेपालका चर्चित गायक कुलेन्द्र विश्वकर्मा आउने भएका छन् । उनको भिसा प्रक्रिया सकिईसकेको छ भने भिसा पनि लागिसकेको जानकारी पर्वत वेलफेयर सोसाईटी युकेका अध्यक्ष नेत्र आलेले पर्वतनेपाललाई जानकारी दिए ।

उक्त कार्यक्रममा कुलेन्द्र विकसहित अन्य स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहनेछ । बेलायतमा विशिष्ट योगदान पु¥याउने व्यक्तिहरुलाई पनि उक्त कार्यक्रममा सम्मान गरिने संस्थाका महासचिव भरत पौड्यालले जानकारी दिए ।

अध्यक्ष आलेले कार्यक्रममा उपस्थित भई युकेमा रहने सम्पूर्ण नेपालीहरुलाई उपस्थित भई मनोरञ्जन लिन तथा भाईचारा बढाउन अनुरोध गरेका छन् । कार्यक्रम पर्वत नेपाल डटकमको फेसबुकबाट प्रत्यक्ष लाईभ समेत हुने जनाईएको छ ।

Na
सम्बन्धित समाचार ( बेलायत )
सम्बन्धित समाचार ( प्रवास)