
Contributor, ParbatNepal
1 year ago
491

पर्वत वेलफेयर सोसाईटी युकेले नयाँ वर्षमा आयोजना गरेको कार्यक्रम सफल तथा व्यवस्थित बनाउन विभिन्न पाँचबुँदे निर्णय गरेको छ । सोसाईटीले आगामी अप्रिल २१ मा नेपाली नयाँ वर्षको आयोजना गरेको छ । उक्त कार्यक्रमको लागि १७ मार्चमा बसेको कन्फ्रेन्स बैठकले नेपाली नयाँ वर्ष भव्यताका साथ मनाउने निर्णय गरेको छ । सोसाईटीका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम सफल बनाउन विभिन्न उपसमितिहरु पनि बनाएको छ ।
जसअन्तर्गत उपाध्यक्ष सन्जीव गुरुङ्गलाई नयाँ वर्षको कार्यक्रमको संयोजक बनाएको छ । यस्तै सदस्य अंग गर्बुजालाई राफल ड्रको जिम्मा दिएको छ । कोषाध्यक्ष नेत्र आलेले स्पोन्सर र टिकट व्यवस्थापनको जिम्मा लिएका छन् ।
महासचिव भरत पौडेलले विभिन्न संघसंस्थाहरुलाई निमन्त्रणा पठाएको तथा पर्वत घर भई बेलायतमा बसोबास गर्ने पर्वतेलीहरुलाई पनि आमन्त्रण गरिएको बताए । नयाँ वर्षमा पर्वतबाट आमन्त्रित कलाकारको भिषा प्रक्रिया पनि अगाडि बढाईएको उनले जानकारी दिए ।
बैठकमा एनआरएन उपाध्यक्ष कुल आचार्य, अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष तथा पूर्वाध्यक्ष तथा सल्लाहकार पुरण गिरी, सोसाईटीका संस्थापक अध्यक्ष हितकाजी गुरुङ्ग, र उपाध्यक्ष एकबहादुर पुन उपस्थित रहेका थिए ।
बैठकको अन्त्यमा अध्यक्ष आचार्यले सबैलाई धन्यवाद दिएका थिए । सोसाईटीको अर्को बैठक अप्रिल १४ मा बस्नेछ ।
सोही कार्यक्रममा बेलायतमा रहेर पर्वतको नाम उच्च राख्ने व्यक्तिहरुलाई सम्मान समेत गरिने भएको छ ।