Contributor, ParbatNepal
8 years ago
2145
पर्वत वेलफेयर सोसाईटी युकेले नेपाली नयाँ वर्षमा आयोजना गरेको शुभकामना साँझ कार्यक्रमको तयारी तीव्र पारिएको छ । अप्रिल २१ अर्थात वैशाख २१ गते बेलायतको अल्डरसल्टस्थित एम्पाएर हलमा हुने कार्यक्रमको तयारी पुरा भईसकेको कार्यक्रमका संयोजक सञ्जीव गुरुङले जानकारी दिए ।
कार्यक्रममा पर्वतबाट आएर जिल्लाको नाम उच्च राख्न योगदान पु¥याउने मिस युके सिर्जना गुरुङ, व्यवसायी रवि लामिछाने, मेजर धिर पुन, मेजर तथा डाक्टर जगनाथ शर्मा, एनआरएन उपाध्यक्ष कुल आचार्य, ग्लोबल पर्वतका अध्यक्ष पुरन गिरी, समाजसेवी चन्द्रबहादुर गुरुङ, मिठुलाल विश्वकर्मा, पत्रकार तथा व्यवसायी हरिकाजी गुरुङ, अभिनेता ध्रुव दत्त, व्यवसायी गोलमान गुरुङलाई सम्मान गरिने सोसाईटका अध्यक्ष दधि आचार्यले जानकारी दिए ।
शुभकामना कार्यक्रममा नेपाली कलाकारहरुले मनोरञ्जन दिनेछन् । कलाकारको विषयमा अर्को हप्तासम्म सम्पूर्ण काम सकिने सोसाईटीका महासचिव भरत पौड्यालले जानकारी दिए ।
यस्तै, सोसाईटीले पर्वतबाट बेलायतमा गई बसोबास गर्ने नेपालीहरुलाई कार्यक्रममा उपस्थितीको लागि अनुरोध समेत गरेको छ ।
सम्बन्धित समाचार
नेपाली नयाँ वर्षमा आयोजित कार्यक्रम भव्य बनाउन उपसमितिहरु गठन
