Author
ParbatNepal

Contributor, ParbatNepal

10 years ago

1829




पर्वत वेलफेयर सोसाइटी यूकेले आठवटा स्कुल बनाइदिने
पर्वत वेलफेयर सोसाइटी यूकेले आठवटा स्कुल बनाइदिने

पर्वत वेलफेयर सोसाइटी यूकेले भूकम्पबाट क्षतिग्रस्त पर्वतका आठवटा स्कुल पुनर्निर्माणमा सहयोग गर्ने भएको छ । सोसाइटीले प्रत्येक विद्यालयलाई ५० हजार रुपैयांका दरले कुल ४ लाख रुपैयां प्रदान गर्ने निर्णय गरेको हो ।
पर्वत जेसिसको समन्वयमा पुनर्निर्माण अगाडि बढाइने सोसाइटीले जनाएको छ ।

सोसाइटीले सहयोग गर्ने विद्यालयमा टुलोदय मावि, जन नेत्र उच्च मावि, पशुपति उच्च मावि, सिद्ध मावि, पल्लुस्थान मावि, चन्द्र उच्च मावि, नेपाल तारा उच्च मावि र जनता निमावि छन् । पर्वतबाट यूके आइ बसोवास गर्ने पर्वतेहरुले चन्दा दिएर उक्त रकम प्रदान गर्न लागिएको हो ।

सम्बन्धित समाचार ( बेलायत )
सम्बन्धित समाचार ( प्रवास)